२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित)
तपाईं के खोज्दै हुनुहुन्छ ?

कृषि उत्पादन वृद्धि हुनेगरी काम गर्छुः कृषिमन्त्री साह(भिडियोसहित)



अ+ अ-

काठमाडौँ । कृषि तथा पशुपंक्षी विकास मन्त्री ज्वालाकुमारी साहले कृषि क्षेत्रमा कम खर्च गरी धेरै उत्पादन वृद्धि हुनेगरी काम गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।

बिहीवार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै किसानहरुले खर्च अनुसारको उत्पादन गर्न नसकेको भन्दै कम खर्च गरी धेरै उत्पादन वृद्धि गर्नेगरी काम गर्ने प्रतिवद्धता जनाउनुभएको हो ।

उहाँले प्रतिबिघा ४० हजार खर्च हुन्छ भने आम्दानी १५ हजार मात्र हुने बताउनु भयो । उहाँले आम किसान निराश भएकाले अब थोरै खर्चमा धेरै आम्दानी हुने वातावरण बनाउने बताउनु भयो । उहाँले उखुको मूल्य प्रतिक्विन्टल २० रुपैयाँ वृद्धि गर्ने, कृषि उत्पादनमा जोड दिँदै लगानी दशक घोषणा र कृषि बीमाको अनलाइन भुक्तानी गर्नेगरी निर्णय गरिरहेको बताउनु भयो । उहाँले किसानका पीडामा मलम लगाउने गरी काम गर्नुपर्ने अवस्था रहेको बताउनु भयो ।

उहाँले आफू स्वयं किसानको छोरी भएकाले आम किसानका मर्म र पीडा थाहा भएकाले मुख्य जिम्मेवारी आम किसानका पीडामा मलम लगाउनु पहिलो प्राथमिकता रहेको बताउनु भयो । उहाँले कागजी प्रक्रियाका कारण किसानले बीमा रकम भुक्तानी पाउन ढिलाइ भएको बताउनु भयो । उहाँले अब अनलाइन भुक्तानी हुनेगरी पहिलो निर्णय गराएको भन्दै राष्ट्रिय जैविक विविधता कृषि दिवस मनाउने र कृषि उत्पादनमा विशेष जोड दिएर लगानी दशक घोषणा गर्नका लागि अर्थ मन्त्रालयमा पठाउने निर्णय भएको पनि बताउनु भयो । उहाँले आफू मन्त्री भएपछि उखु ढुवानीको मूल्य प्रतिक्विन्टल ५९० रुपैयाँबाट बढाएर ६१० रुपैयाँ पु¥याएको बताउनु भयो । मन्त्री साहले दुग्धजन्य उत्पादन आयात नहुने गरी काम गर्नुपर्ने बताउनु भयो ।

मन्त्री साहले नेपालमा २५ मेट्रिक टन दुध उत्पादन हुने भन्दै दुधबाट दुध, घिउ, खुवा, चकलेट, छुर्पी, चिज, पनीर आदि उत्पादन गर्न सकिने बताउनु भयो । उहाँले स्वदेशमै रोजगारी सिर्जना हुनेगरी काम गर्न सरकार लागिरहेको बताउनु भयो । उहाँले अहिलेका चुनौति सामना गर्न सबै पक्ष एकै ठाउँमा उभिनुपर्ने आवश्यकता रहेको बताउनु भयो ।