१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar राष्ट्रिय सभाको संवैधानिक अस्तित्व र संसद्को गरिमा सरकारले उपेक्षा गर्‍यो : कमला पन्त News Polar लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा News Polar असोज पहिलो १५ दिनको करदाता उपहार सार्वजनिक, लालबाबु साहले पाए १० लाख बम्पर News Polar करदाता प्रोत्साहन उपहारमा १६ जना विजेता, एक जनाले जिते १० लाख News Polar ‘डोजरे विकास’ ढाँचाले हिमाली पर्यावरण बिगार्‍योः सचेतक परियार News Polar कांग्रेस महाधिवेशनमा बाबु–छोरा नै महाधिवेशन प्रतिनिधि News Polar आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मत पारित News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar बाढीमा हराएकाहरुको जीवन खोज्ने जवान News Polar सभामुख डीपी अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar सभामुख अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, शहरमा पर्चा नटाँस्ने News Polar आन्तरिक वायुसेवा दायित्व विधेयकमा १३ बुँदा संशोधन News Polar आधारभूत अस्पतालका भवन बने पनि सेवा सञ्चालन हुन सकेन : सांसद केरुङ News Polar ग्यास आपूर्ति प्रणालीको मुख्य अवरोध कृष्णभीरको पहिरो रहेछ, आपूर्ति सहज हुँदैछः मन्त्री साह News Polar पुराना पुस्तालाई अयोग्य करार गर्ने भाष्यप्रति एमाले सांसद घतानीको असन्तुष्टि News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना तथा सञ्चालन विधेयक सर्वसम्मतिले पारित News Polar ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई अत्याधुनिक बनाइने : मन्त्री पुन News Polar बाढी प्रभावित नुवाकोटका १५० गर्भवती तथा सुत्केरी महिलालाई पोषण सामग्री

सरकार चिन्ताजनक अवस्थामा रहेको अर्थतन्त्रको शुद्धीकरण गरिरहेको छः अर्थमन्त्री पौडेल

सरकार चिन्ताजनक अवस्थामा रहेको अर्थतन्त्रको शुद्धीकरण गरिरहेको छः अर्थमन्त्री पौडेल
अ अ+ अ-

काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले अहिले सरकार चिन्ताजनक अवस्थामा रहेको अर्थतन्त्रको शुद्धीकरण गरिरहेको बताउनुभएको छ ।

बुधवार नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको अर्थतन्त्र अबको बाटो विषयक कार्यक्रममा सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले अर्थमन्त्री भएर अर्थमन्त्रालमा आएको दिनदेखि अर्थतन्त्रमा देखिएका चुनौति र समस्या समाधानको लागि अर्थतन्त्रको शुद्धिकरण गरिरहेको बताउनुभएको हो ।

उहाँले सबै किसिमले आर्थिक अवस्था सामान्य हुँदा अर्थतन्त्र समस्यामा परिरहेको भन्दै समस्याग्रस्त अर्थतन्त्रको समाधान आफ्नो पहिलो प्राथमिकता रहेको बताउनु भयो । मन्त्री पौडेलले अर्थतन्त्रका समस्या पहिचान गरेर समाधानको बाटो पहिल्याउन सरकारले प्रयत्न गर्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले भूकम्पले ढाल्न नसकेको र नाकाबन्दीले झुकाउन नसकेको कोरोना महामारी पार गरेको नेपाली अर्थतन्त्र अहिले दुर्घटना हुने अवस्थामा पुग्नु चिन्ताको विषय भएको बताउनु भयो ।

उहाँले सबै अफ्ठ्याराहरु पार गरेको अवस्था अर्थतन्त्रलाई माथि उठाएर हिँड्न सक्षम पाइलट खोज्ने अवस्थामा किन पुग्नुपरेको भन्दै प्रश्न उब्जिएको बताउनु भयो । मन्त्री पौडेलले अर्थमन्त्री भएर आएदेखि मन्त्रालयको कार्यसम्पादन, अभ्यास र अनुभवहरु मुलुकको अर्थतन्त्रका बारेमा सुक्ष्म ढङ्गले अध्ययन गरिरहेको अर्थतन्त्रको समस्याको सार्थक र निर्णायक प्रहार गर्दै समाधानका साथ उपायहरु खोजिरहेको बताउनु भयो ।
उहाँले अर्थमन्त्री भएर आएपश्चात निजी क्षेत्रका समस्याहरु समाधान गर्ने प्रयासहरु गरिएको बताउनु भयो । उहाँले अर्थतन्त्रका समस्याका कारणहरु सुक्ष्म विवेचना र विश्लेषण गर्दै समाधान गरी नेपाली अर्थतन्त्रलाई अहिलेको अवस्थाबाट गतिशिल बनाएर अगाडि बढाउने संकल्पमा रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले भूकम्पको प्रभाव,नाकाबन्दी र कोरोना महामारीको प्रभाव छैन । भूकम्पपछिको पुनःनिर्माण धेरै हदसम्म पूरा भएको छ । नाकाबन्दी छैन । कोभिडलाई पनि धेरै हदसम्म पार गरेको अवस्था छ । तर हामी आर्थिक अवस्थामा चिन्ताजनक अवस्थामा छौं किन ? किन अर्थतन्त्रलाई माथि लिएर हिड्न सक्षम पाइलट खोज्ने अवस्थामा छौं । किन इन्जिन ठिक छ वा छैन भन्ने अवस्थामा छौं ।

मेरो मनमा यी जबरजस्त प्रश्नहरु छन् । भूकम्पले ढाल्न नसकेको, नाकाबन्दीले झुकाउन नसकेको र कोरोना महामारीलाई समेत पार गर्दै अगाडि बढेको नेपाली अर्थतन्त्र परिस्थिति सामान्य अवस्थामा पुग्दै गरेको अर्थतन्त्र किन यो अवस्थामा फस्दै गएको छ । कि हामी गम्भिर समस्यामा छौं भनेर भनिरहेका छौं । सायद यो एउटा गम्भिर महत्वको प्रश्न हो । हामीले यी प्रश्नको सही जवाफ नखोजि मुलुकको अर्थतन्त्रलाई सहि दिशामा अगाडि बढाउन सक्छौं जस्तो लाग्दैन । म मन्त्रालयमा आएको पुस ११ गतेदेखि मन्त्रालयको कार्यसम्पादन, अभ्यास र अनुभवहरु मुलुकको अर्थतन्त्रका बारेमा सुक्ष्म ढङ्गले अध्ययन गरिरहेका छौं ।

निजी क्षेत्र तथा ज्ञापनपत्र बुझाउने देखि सबैसँग भेटिरहेको छु । मुख्य कुरा हामी कसरी यहाँ आइपुग्यौं भनेर समस्याग्रस्त बनेको अर्थतन्त्रको डायलसिस गर्ने फेजमा पुगेको छु । नेपाली अर्थतन्त्रले जुन प्रकारले समस्या भोगिरहेको छ । यो समस्यालाई यहि रुपमा रहन दिनुहुँदैन भन्ने मान्यतामा छु । म अर्थतन्त्रको समस्याको सार्थक र निर्णायक प्रहार गर्दै समाधानका साथ उपायहरु खोज्नुपर्छ भन्ने मान्यतामा छु । त्यस कारणले म अहिले अर्थतन्त्रको डायलसिस गर्ने फेजमा छु । अर्थमन्त्री भएर आएपश्चात निजी क्षेत्रका समस्याहरु समाधान गर्ने प्रयासहरु भएका छन् । तर निर्णायक प्रयास गरिएको छैन । अर्थतन्त्रका समस्याका कारणहरु सुक्ष्म विवेचना र विश्लेषण गर्दै समाधान गरी नेपाली अर्थतन्त्रलाई अहिलेको अवस्थाबाट गतिशिल बनाएर अगाडि बढाउने संकल्पमा रहेको छु ।’

मन्त्री पौडेलले राजश्व संकलन चिन्ताजनक अवस्थामा रहेको बताउँदै समस्या समाधानका लागि सरकारले तयारी गरिरहेको बताउनु भयो । उहाँले पुँजीगत खर्च नबढेको, निर्माण सामग्रीको अभाव लगायतका समस्या समाधान गर्ने बताउनु भयो । उहाँले उत्पादनमुलुक क्षेत्रको खर्च बढाउने, अनुत्पादक क्षेत्रको खर्च, साधारण खर्च घटाउने र आर्थिक अनुशासन कायम गर्नेतर्फ आफू सरकार लागेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ सरकारको राजश्व परिचालनको सन्दर्भमा जुन चिन्ता जनक अवस्था रहेको छ । यो समस्यालाई हामी कसरी समाधान गर्छौं । करको दायरा बढाउँछौं । राजश्व प्रशासनलाई प्रभावकारी बनाउँछौं । राजश्व परिचालनका देखिएको समस्या समाधान गर्ने प्रयासमा रहेको छु ।

पुँजीगत खर्चको सन्र्दभमा पनि हामी चिन्ताजनक अवस्थामा रहेका छौं । अर्कोतर्फ निर्माण सामग्रीको सप्लाईमा पनि समस्या देखिएको छ । अहिलको सरकारको सोच उत्पादन क्षेत्रमा खर्च बढाउने र अनउत्पादन क्षेत्रको खर्च घटाउने छ । मन्त्रीपरिषद्को पहिलो बैठकले नै सांकेतिक निर्णय गरेको छ । सरकारले नीजि क्षेत्रलाई मात्रै समस्या थुपारेर नभई निजी क्षेत्रका सल्लाह सुझाव सुनेर जायज सुझाव सम्बोधन गरेर नीजी क्षेत्रको आत्मविश्वास र मनोवल बढाएर मात्रै सरकार अगाडि बढ्नसक्छ ।’

मन्त्री पौडेलले सरकार निजी क्षेत्रको कुरा सुनेर अघि बढ्न तयार रहेको बताउनु भयो । उहाँले निजी क्षेत्रलाई आरोप प्रत्यारोप गर्नुभन्दा पनि सरकार निजी क्षेत्र मिलेर सबै समस्या समाधान गर्ने गरि अर्थतन्त्रलाई सही दिशामा ल्याउने बताउनु भयो ।

फोटो- रासस