२० मंसिर २०८२, शनिबार
,
Latest
दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभामुखमा उम्मेदवारी दर्तापछि कांग्रेस सांसद न्यौपाने भन्छिन् – सांसदकै मतले जित्छु



अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाको सभामुख पदका लागि नेपाली कांग्रेसका नेत्री ईश्वरीदेवी न्यौपानेले मनोनयन दर्ता गराएकी छन् । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा व्यवस्था गरिएको निर्वाचन अधिकृतकको कार्यालय पुगेर उनले मनोनयन दर्ता गराएकी हुन् ।

सभामुख पदमा मनोनयन दर्ता गरेपछि सांसद न्यौपानेले आफूले सभामुख जित्ने प्रतिक्रिया दिएकी छन् । उनले बुधबार अपरान्ह नयाँ बानेश्वरस्थित संसद भवनमा पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै सभामुखको चुनाव जित्ने बताइन् ।

‘म प्रजातान्त्रिक प्रणालीमा विश्वास गर्छु। चुनावमा हार र जित त हुन्छ नै,’ उनले भनिन्, ‘सांसदहरूले दिने मतकै आधारमा सभामुख जित्छु ।’

उनको प्रस्तावकमा पार्टीका महामन्त्री विश्वप्रकाश शर्मा र समर्थकमा नेकपा (एकीकृत समाजवादी)का नेता प्रकाश ज्वाला छन् । उनको जन्म २०१६ सालमा दाङमा भएको थियो । उनी समानुपातिक निर्वाचन प्रणालीबाट सांसद निर्वाचित भएकी हुन् ।

प्रतिनिधि सभामा कांग्रेसका ८९, एकीकृत समाजवादीका १०, जसपाका १२ र लोसपाका ४ जना सांसद छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारलाई विश्वासको मत दिएका तर सरकारमा सहभागी नभएका दलहरूको समर्थन जुटाएर सभामुखमा न्यौपानेलाई अघि सारेका छन् ।

यसअघि आजै सभामुख पदका लागि सत्ता साझेदार दलका तर्फबाट नेकपा (एमाले)का सांसद देवराज घिमिरेले पनि मनोनय दर्ता गराएका छन् । प्रतिनिधिसभाका सभामुखको निर्वाचन यही माघ ५ गते बिहान ११ बजे हुँदैछ । उक्त बैठकमा सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावकले प्रस्ताव र समर्थकले समर्थन गर्ने कार्यतालिका छ ।

त्यसलगत्तै उम्मेदवारीको सूचनामाथिको सामूहिक रुपमा छलफल हुने र दर्ता क्रमानुसार निर्णयार्थ प्रस्तुत गरिनेछ । प्रतिनिधिसभाको गत पुस २६ गतेको बैठकले माघ ५ गते सभामुखको निर्वाचन गर्न आज निर्वाचन तालिका प्रकाशित गर्न निर्देशन दिएको थियो ।

सङ्घीय संसद्को पहिलो बैठक बसेको १५ दिनभित्र प्रतिनिधिसभाका सदस्यमध्येबाट सभामुख निर्वाचित गर्ने संवैधानिक व्यवस्था छ ।