१ आश्विन २०८३, बिहीबार
,
Latest
फिफाको निलम्बन नफुके सोमबारदेखि नियमित गतिविधि सञ्चालन गर्ने एन्फाको चेतावनी सरकार राज्य सञ्चालनदेखि कृषि क्षेत्रसम्म असफल हुँदै गयो : सांसद भाट २०८३ को भैरव पुरस्कार आर.सी. रिजाललाई, प्रतिभा पुरस्कार चापागाईंलाई ग्सासको मूल्य प्रतिसिलिण्डर दुई हजार ६० मात्र लिन सङ्घको आग्रह राष्ट्रिय सेवा दल विधेयकसम्बन्धी राज्य व्यवस्था समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश महाधिवेशन एकतावद्ध रूपमा सम्पन्न गर्न आवश्यक लचकता अपनाउन तयार छु : गगन थापा बागमती प्रदेश सरकारले ल्यायो ‘हेलो सिएम’ सेवा, अब सोझै मुख्यमन्त्रीलाई समस्या राख्न सकिने  ‘बायोटेक्नोलोजिस्ट’ को दरबन्दी थप्न पहल गर्छुः मन्त्री चौधरी सम्हाल्ने र समेट्ने कुरामा ध्यान दिएर पार्टीलाई एकतावद्ध बनाएर राख्छौँः सभापति थापा देवानगञ्ज र गोलबजार घटनाको छानबिन प्रतिवेदन सार्वजनिक गर्न सांसद मण्डलको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचक ३२ दशमलव ७२ अङ्कले बढ्यो



symbolic picture
अ+ अ-

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्ज ९नेप्से०का अनुसार नेप्से परिसूचक ३२ दशमलव ७२ अङ्कले उकालो लागेर दुई हजार एक सय ८२ दशमलव ११ मा पुगेको छ ।

यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक चार दशमलव ५८ ले वृद्धि भई चार सय १५ दशमलव ८३ मा पुगेको छ । कूल १३ उपसमूहमध्ये १२ उपसमूहको शेयर मूल्य उकालो लाग्दा बैङ्किङ उपसमूहको भने ओरालो लागेको छ ।

कारोबार भएकामध्ये आज एक सय ६९ कम्पनीको शेयर मूल्यमा वृद्धि भएको छ भने ३० वटा कम्पनीको शेयर मूल्यमा घटेको छ । साथै छ वटा कम्पनीको शेयर मूल्य स्थिर छ ।

आजको कारोबारमा कूल एक करोड १८ लाख ८३ हजार दुई सय ८७ कित्ता शेयर रु तीन अर्ब ७२ करोड ४७ लाख ९४ हजार पाँच सय ८७ मूल्यमा कारोबार भएको छ । मङ्गलबारको कारोबारपछि बजार पुँजीकरण रू ३१ खर्ब ५० अर्ब ४० करोड २२ लाख ८३ हजार दुई सय नौ पुगेको छ ।

यो दिनको कारोबारमा जलविद्युत् कम्पनीको शेयर मूल्यमा वृद्धि भएको छ । कारोबार रकमका आधारमा अपि पावर कम्पनी शीर्ष स्थानमा छ । कम्पनीको शेयर रू २३ करोड २६ लाख आठ हजार तीन सय ८८ कारोबार भएको छ । त्यस्तै माथिल्लो तामाकोसीको शेयर रू११ करोड ३८ लाख ३८ हजार एक सय ५९, ङादी ग्रुप अफ पावरको शेयर रू १० करोड ४८ लाख ४७ हजार तीन सय १६, रिडी पावर कम्पनीको शेयर रू नौ करोड चार लाख दुई हजार छ सय १५ र हिमालयन डिस्टिलरी शेयर रू आठ करोड १७ लाख १५ हजार नौ सय ७३ मा कारोबार भएको छ ।

नेप्सेका अनुसार ग्रीन भेञ्चर्स, आदर्श लघुवित्त र पिपल्स हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । बाराही हाइड्रोपावर नौ दशमलव ९७ र घलेम्दी हाइड्रोपावरका लगानीकर्ताले नौ दशमलव ९६ प्रतिशतले कमाएका छन् ।

त्यस्तै, प्रभु सेलेक्ट फन्ड आठ दशमलव ४५, एनआइबिएल समृद्धि फन्ड दोस्रो छ दशमलव २१, आरबिबी म्युचुअल फन्ड पहिलो पाँच दशमलव ५४, एनआइसी एसिया फन्ड पाँच दशमलव शून्य एक र सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य चार दशमलव २४ प्रतिशतले घटेको छ । रासस