२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचक ३२ दशमलव ७२ अङ्कले बढ्यो



symbolic picture
अ+ अ-

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्ज ९नेप्से०का अनुसार नेप्से परिसूचक ३२ दशमलव ७२ अङ्कले उकालो लागेर दुई हजार एक सय ८२ दशमलव ११ मा पुगेको छ ।

यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक चार दशमलव ५८ ले वृद्धि भई चार सय १५ दशमलव ८३ मा पुगेको छ । कूल १३ उपसमूहमध्ये १२ उपसमूहको शेयर मूल्य उकालो लाग्दा बैङ्किङ उपसमूहको भने ओरालो लागेको छ ।

कारोबार भएकामध्ये आज एक सय ६९ कम्पनीको शेयर मूल्यमा वृद्धि भएको छ भने ३० वटा कम्पनीको शेयर मूल्यमा घटेको छ । साथै छ वटा कम्पनीको शेयर मूल्य स्थिर छ ।

आजको कारोबारमा कूल एक करोड १८ लाख ८३ हजार दुई सय ८७ कित्ता शेयर रु तीन अर्ब ७२ करोड ४७ लाख ९४ हजार पाँच सय ८७ मूल्यमा कारोबार भएको छ । मङ्गलबारको कारोबारपछि बजार पुँजीकरण रू ३१ खर्ब ५० अर्ब ४० करोड २२ लाख ८३ हजार दुई सय नौ पुगेको छ ।

यो दिनको कारोबारमा जलविद्युत् कम्पनीको शेयर मूल्यमा वृद्धि भएको छ । कारोबार रकमका आधारमा अपि पावर कम्पनी शीर्ष स्थानमा छ । कम्पनीको शेयर रू २३ करोड २६ लाख आठ हजार तीन सय ८८ कारोबार भएको छ । त्यस्तै माथिल्लो तामाकोसीको शेयर रू११ करोड ३८ लाख ३८ हजार एक सय ५९, ङादी ग्रुप अफ पावरको शेयर रू १० करोड ४८ लाख ४७ हजार तीन सय १६, रिडी पावर कम्पनीको शेयर रू नौ करोड चार लाख दुई हजार छ सय १५ र हिमालयन डिस्टिलरी शेयर रू आठ करोड १७ लाख १५ हजार नौ सय ७३ मा कारोबार भएको छ ।

नेप्सेका अनुसार ग्रीन भेञ्चर्स, आदर्श लघुवित्त र पिपल्स हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । बाराही हाइड्रोपावर नौ दशमलव ९७ र घलेम्दी हाइड्रोपावरका लगानीकर्ताले नौ दशमलव ९६ प्रतिशतले कमाएका छन् ।

त्यस्तै, प्रभु सेलेक्ट फन्ड आठ दशमलव ४५, एनआइबिएल समृद्धि फन्ड दोस्रो छ दशमलव २१, आरबिबी म्युचुअल फन्ड पहिलो पाँच दशमलव ५४, एनआइसी एसिया फन्ड पाँच दशमलव शून्य एक र सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य चार दशमलव २४ प्रतिशतले घटेको छ । रासस