२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णाली प्रदेशसभामा महिला सभामुख



अ+ अ-

कर्णाली । विसं २०७४ को प्रदेशसभा र गठित प्रदेश सरकार ऐतिहासिक सङ्घीय संरचना कार्यान्वयनको प्रारम्भ थियो । सङ्घीयताको व्यवहारिक अभ्यासमा जाँदै गर्दा पहिलो कार्यकालमा सात प्रदेशमध्ये कुनै पनि सभामुख पदमा महिला पाउन सकेको थिएन ।

राज्यका जुनसुकै नीतिगत तहमा ३३ प्रतिशत महिला अनिवार्य हुनुपर्ने संविधानमा व्यवस्था छ । विसं २०७४ को निर्वाचनपश्चात प्रदेशसभामा निर्वाचित कुल सदस्य सङ्ख्याको ३३ प्रतिशत महिला सातै प्रदेशमा निर्वाचित हुनुभएको थियो । संसद्मा सभामुख र उपसभामुखमा पुरुष वा महिला अनिवार्य हुनुपर्ने संवैधानिक बाध्यताले सबै प्रदेशमा पहिलो कार्यकालमा महिला उपसभामुखमा मात्र चुनिनुभयो ।

विसं २०७९ को निर्वाचनपश्चात कर्णाली प्रदेशसभाले आइतबार मात्र सभामुख प्राप्त गरेको छ । यही माघ १ गते सम्पन्न भएको कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनको तेस्रो बैठकले प्रदेशसभा सदस्य नन्दा गुरुङलाई सभामुखमा निर्वाचित गरेको हो । सभामुखमा निर्वाचित उहाँ सङ्घीयताको इतिहासमा प्रदेशसभामा पहिलो महिला सभामुख हुनुहुन्छ ।

यस्तो छ नव नवनिर्वाचित सभामुख गुरुङको जीवनी

विसं २०२३ फागुन २ गते आमा कुमारी र बुवा लालबहादुर गुरुङको जेठी छोरीका रूपमा दैलेखको नारायण नगरपालिका–७ नयाँगाउँमा जन्मिनुभएको थियो । आमा बुवासहित परिवार बसाइँ सरेपछि उहाँको बाल्यकाल भने बर्दियाको बढैयाताल गाउँपालिकामा बित्यो । उहाँले प्रारम्भिक शिक्षा बर्दियाबाट लिनुभयो ।

घरमा दाजुहरू राजनीतिमा आबद्ध भएकाले गुरुङमा सानै उमेरदेखि राजनीतिक प्रभाव थियो । त्यही प्रभावले आठ–नौ कक्षा पढ्दा नै राजनीतिकबारे बुझ्न थालेकी उहाँले विसं २०४६ अघि प्रतिबन्धित अवस्थामा अनेरास्ववियू छैटौँमा आबद्ध भएर राजनीतिक यात्रा सुरु गर्नुभएकी गुरुङले विसं २०४६ पछि नेकपा ९एमाले०को राजनीतिमा जोडिनुभयो ।

एमालेको प्रारम्भिक कमिटी, वडा, क्षेत्र हुँदै जिल्ला कमिटीमा आबद्ध भएर सदस्यका रूपमा काम गर्नुभयो । त्यस्तै युवासङ्घको जिल्ला कमिटीमा दुई कार्यकाल सदस्य भएर काम गर्नुभयो । पछि विसं २०५४ मा हालको वीरेन्द्रनगर नगरपालिका–२ ९साविकको उत्तरगङ्गा गाविस–४ सुर्खेत०को वडासदस्यमा विजयी हुनुभयो । त्यही सालमा मेनिन्जाइटिस् रोगका कारण उहाँले पति धर्मबहादुर गुरुङलाई गुमाउनुप¥यो ।

एकल महिलाको सङ्घर्षपूर्ण जिन्दगीलाई उहाँले समाज सेवामा लगाउँदै पछि खुला शिक्षातर्फ वीरेन्द्रनगर–१२ अमरज्योति माविबाट विसं २०६५ मा एसएलसी, २०६६÷६७ मा जनमाविबाट प्रवीणता प्रमाणपत्र तह र २०७० मा सुर्खेत क्याम्पस शिक्षाबाट स्वास्थ्य विषय लिएर स्नातक पास गर्नुभयो ।

अखिल नेपाल महिला सङ्गठनको जिल्ला संयोजक र केन्द्रीय सदस्यका रूपमा काम गर्दै आउनुभएकी गुरुङ अहिले प्रदेश कमिटी सदस्य हुनुहुन्छ । उहाँ एकल महिला तथा महिलाहरूको हकहितका लागि पनि क्रियाशील हुनुहुन्छ । हाल मानवअधिकारका लागि एकल महिला समूह सुर्खेतको कोषाध्यक्ष पनि हुनुहुन्छ । तीन दाजु र आफूसहित एक बहिनी भएकी नव निर्वाचित सभामुख गुरुङका दुई छोरा र एक छोरी छन् । रासस




भर्खरै