२ आश्विन २०८३, शुक्रबार Friday, September 18, 2026
२ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar नोर्डक्याप यात्रा, उत्तरी नर्वेको आकर्षक गन्तव्य News Polar विदेशी विद्यार्थीलाई नेपालमा अध्ययनका लागि वातावरण बनाउनुपर्छः मुख्यमन्त्री कार्की News Polar कृषिमन्त्री चौधरीसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट News Polar मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा News Polar पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन News Polar बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति News Polar फ्लाइ दुबईले पोखराका लागि दैनिक प्रत्यक्ष उडान सञ्चालन गर्ने घोषणा News Polar धनधान्यकी देवी महालक्ष्मीको आजदेखि १६ दिनसम्म विशेष आराधना सुरु News Polar सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि १४ कार्यक्रम सञ्चालनमा News Polar अर्थमन्त्री डा स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा एस जयशङ्करबीच भेटवार्ता News Polar रेग्मीको अध्यक्षतामा नेफेजमा नयाँ कार्यसमिति चयन News Polar स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न ऐन संशोधनको तयारी News Polar देशमा द्रुत आर्थिक वृद्धिका लागि कृषि क्षेत्रमा लगानी वृद्धि गर्नुपर्छः संयोजक दाहाल News Polar स्रोत नखुलेको ३४ लाखसहित दुई जना पक्राउ News Polar शव व्यवस्थापन गरिएको स्थानमा स्मृति उद्यान बनाइने News Polar पाकिस्तानी राजदूत खानद्वारा रासस परिवारप्रति सहानुभूति प्रकट News Polar बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने News Polar बाढीको पानी घट्यो, जोखिम घटेन News Polar जुम्ली स्याउको बजार विस्तार र शीतभण्डारमा जोड दिन सभामुखसमक्ष आग्रह News Polar साउनमा महँगी बढ्यो,मुद्रास्फीति ५.९६ प्रतिशतमा

अन्नपूर्ण पदमार्गमा १६ हजार पर्यटकले घुमफिर गरे

अन्नपूर्ण पदमार्गमा १६ हजार पर्यटकले घुमफिर गरे
अ+ अ-

लमजुङ । यहाँस्थित विश्व चक्रिय अन्नपूर्ण पदमार्गमा सन् २०२२ मा १५ हजार नौ सय विदेशी पर्यटकले घुमेका छन् ।

ती मध्ये १० हजार तीन सय ६४ पुरुष र पाँच हजार पाँच सय ३६ महिला रहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच केन्द्र धारापानीले जनाएको छ ।

पर्यटकमध्ये सबैभन्दा धेरै फ्रान्सका दुई हजार १२ पर्यटक आएको बताइएको छ । यस केन्द्रका पर्यटन सहायक क्षेत्रबहादुर गुरुङका अनुसार सन् २०२१ मा भन्दा सन् २०२२ मा १३ हजार छ सय २७ जना बढी पर्यटक आएका थिए । सन् २०२१ मा एक हजार पाँच सय ६२ पुरुष र सात सय ११ जना महिला गरी दुई हजार दुई सय ७३ जना पर्यटक आएको थियो ।

कोरोना सङ्क्रमका कारण प्रभावित हुँदै आएको यस पदमार्गमा अघिल्लो वर्षहरुमा भन्दा गत वर्षमा पर्यटक वृद्धि भएको उनको भनाइ छ । उनले भने, “लामो समय कोरोना सङ्क्रमणका कारण प्रभावित भएपनि विस्तारै सङ्क्रमणको जोखिम कम भएसँगै पर्यटक आगमन हुन थालेको छ । ” सरकारले आवश्यक प्रचारप्रसार गर्न नसक्दा सन् २०२२ मा उक्त सङ्ख्यामा मात्र आयो नत्र त्योभन्दा दब्बल तेब्बर नै हुने थियो ।

त्यस्तै, सन् २०२० मा एक हजार नौ सय ७६ जना पर्यटक आएको थियो । त्यस्तै, केन्द्रका अनुसार सन् २०१९ मा ३६ हजार छ सय ४७ जना पर्यटक, सन् २०१८ मा २९ हजार चार सय ८४ जना पर्यटक, सन् २०१७ मा २१ हजार ६८ जना पर्यटक पदमार्गमा आएका थिए ।

सन् २०१७ बाट पर्यटक आगममा वृद्धि हुँदै गर्दा सन् २०२० मा कोरोना सङ्क्रमणको पहिलो लहर आएयता पदमार्ग क्षेत्र नै प्रभावित भएको थियो । यस पदमार्गमा आउने पर्यटकमध्ये, छिमेकी मुलुक चीन, भारत, जापान, अष्ट्रेलिया, बेलायतलगायतबाट आउने पर्यटक बढी रहेको उक्त केन्द्रका पर्यटन सहायक गुरुङले बताए । केही समयसम्म दैनिक एक सय ५० जनाभन्दा बढी आउने गरे पनि चिसो बढेसँगै यति बेला भने एक दुई विराएर दुई चार जना मात्र आउने गरेको उक्त केन्द्रले जनाएको छ ।

अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर नगरपालिका–७ मनाङे चौतार रहेको छ । यस पदमार्ग लमजुङ, मनाङ, कास्की, मुस्ताङ र म्याग्दी गरी पाँच वटा जिल्ला जोडिएको छ । पर्यटक हिमाली, पहाडका दृश्य, उच्च पहाड, मनाङवासीको रीतिरिवाज, प्राकृतिक सुन्दरता हेर्नलाई साथै मनाङबाट थुम्रापास गरी मुस्ताङ कोही पोखरा जानका लागि अन्नपुर्ण पदमार्गमा पर्यटक आउने गर्छन् ।

साथै मनाङमा रहेको विभिन्न हिमाल चढ्न तथा हेर्नका लागि आउने गरेको पाइन्छ । यस पदमार्ग आसपासमा रहेका पर्यटन व्यवसायी पर्यटक आगमन हुँदा व्यवसाय राम्रो सञ्चालन हुन्छ तर पर्यटक घट्न व्यवसाय नै घट्ने गर्दा उनीहरु चिन्तित हुने गर्दछन् । रासस