८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar प्याब्सनद्वारा भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि २० करोड ८९ लाख राहत सहयोग News Polar भारी वर्षाको जोखिमपछि पृथ्वी राजमार्गमा राति ९ घण्टा सवारी आवागमन बन्द News Polar भाषाविद् डा बन्धु सम्मानित News Polar दलितको समुदायको अधिकार तथा विकाससम्बन्धी छुट्टै कानून निर्माण गर्दै सरकारः वर्गविहीन र जातविहीन समाज निर्माणमा सांसदहरुको जोड News Polar विष्टले उठाए सरकारको सुशासनमाथि प्रश्न, भ्रष्टाचार छानबिनदेखि बाढीपीडितलाई राहतसम्म माग News Polar सांसद शेर्पाको आक्रोशः ‘ब्युरोक्रेसीलाई विदेश भ्रमणको हतार, पीडितलाई ६ महिनासम्म पनि रिपोर्ट छैन’ News Polar प्रतिनिधिसभा बैठक : निःशुल्क कानुनी सहायता सम्बन्धी विधेयक, २०८३ प्रस्तुत News Polar विपद्मा परेका बालबालिकाका लागि दीर्घकालीन स्याहार योजना ल्याइने News Polar अविरल वर्षासँगै सतर्क रहन मौसमविद्को आग्रह News Polar सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो News Polar राष्ट्रिय सभामा सांसद खातीको प्रश्नः ‘सरकार फेरिन्छ तर जनताका समस्या किन उस्तै ?’ News Polar राष्ट्रिय सभाको शुन्य समयः भ्रष्टाचार, कुटनीतिक नियुक्ति र सुरक्षा चासोबारे सरकारको ध्यानाकर्षण News Polar रुसमा रहेका नेपालीका समस्या समाधान गर्न सरकारसँग राप्रपा सचेतक ओलीको माग News Polar भारी वर्षा र विपद्को जोखिममा उच्च सतर्कता अपनाउन यातायात महासंघको अपिल News Polar संवैधानिक पदाधिकारी र न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्न सांसद न्यौपानेको माग News Polar राजनीतिक नियुक्तिमा पेन्सन र उपदान नपाउने व्यवस्था गर्ने कानुनमन्त्री गौतमको प्रतिबद्धता News Polar दैलेखको मिथेन ग्यास उत्खननदेखि माथिल्लो कर्णाली निर्माणसम्म सरकारलाई एमाले सांसद पोखरेलको माग News Polar सम्भावित भारी वर्षा र बाढीको जोखिमप्रति उच्च सतर्कता अपनाउन नेपाली कम्युनिस्ट पार्टीको अपिल News Polar संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिकसम्बन्धी संशोधन विधेयक सर्वसम्मत पारित News Polar तलबसँगै बैठक र अन्तर्वार्ताको छुट्टै भत्ता दिने व्यवस्था हटाउन सांसद सिंहको माग

माघीकै दिन सेती खोँचमा बिलायो सुरक्षित मानिएको एटिआर

माघीकै दिन सेती खोँचमा बिलायो सुरक्षित मानिएको एटिआर
फोटोः रासस
अ+ अ-

काठमाडौँ । ‘पुसमा पाकेको माघमा खाने’ पर्वका रूपमा देशभर माघे सङ्क्रान्तिको रौनक थियो । मौसम सफा थियो । सरकारले सार्वजनिक बिदा दिएका कारण अधिकांश सरकारी वा गैरसरकारी कार्यालय बन्द थिए । चिसो मौसम धेरै जसो मानिस घाम ताप्न व्यस्त थिए । केही मानिस आफ्नो काममा व्यस्त थिए ।

कतिपय माघी मनाउन र अन्य काममा काठमाडौँबाट पोखरातर्फ जानेहरू आफन्त भेटने अपेक्षामा थिए । तर उनीहरूको सबै चाहना सेती खोँचमा बिलाउन पुग्यो ।

सबै प्रक्रिया पूरा गरेर उडेको थियो जहाज । यति एयरलाइन्सका वरिष्ठ पाइलट एवं प्रशिक्षक चालकका रूपमा परिचित कमल केसीको नेतृत्वमा एनवाइटी– ६९१, नाइन एन–एएनसी कलसाइन भएको जहाज बिहान १०ः३३ मा उडेको थियो । करिब ११ बजेतिर विमान पोखराको घारीपाटन नजिकै सेतीको खोँचमा दुर्घटना भयो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार आज काठमाडौँबाट पोखराका कूल १६ उडान थिए । त्यसमा नौ वटा उडान बुद्ध एयरका थिए भने यतिका चार उडान । श्री एयरलाइन्सको एक र सौर्यको दुई उडान थिए । काठमाडौँ–पोखराको हवाई मार्ग अन्यत्रको तुलनामा सुरक्षित मानिन्छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरका अनुसार सबै प्रक्रिया पूरा गरेर जहाज उडेको थियो । अवतरणका लागि जहाजले पोखरा विमानस्थलबाट अनमुति पाइसकेको थियो । तर, जहाज एक्कासि दुर्घटना पर्दा मुलुक नै शोकमा प¥यो । देशविदेशका सञ्चारमाध्यममा नेपालको हवाई दुर्घटनाको समाचार खरमा आगो लागे जसरी फैलियो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार आन्तरिक उडानतर्फ डबल इञ्जिन जहाज दुर्घटनामा हालसम्मकै सबैभन्दा धेरै यात्रुको ज्यान गएको यो पहिलो पटक हो । विमान दुर्घटनामा परी ६९ को शव फेला परेको छ । त्यसमध्ये २३ जनाको सनाखत भइसकेको छ ।

सुरक्षित मानिएकै एटिआर जहाज दुर्घटनामा

संसारभर नै एटिआर सिरिजका जहाजलाई नागरिक उड्डयनमा सुरक्षित र भरपर्दो मानिन्छ । नेपालको भौगोलिक अवस्थिति अनुकूल सुरक्षित उडानको सुनिश्चितताका लागि पछिल्लो प्रविधिको एटिआर जहाज भित्र्याएर सेवा सञ्चालन गरिएको छ ।

वायुसेवा सञ्चालक सङ्घका प्रवक्ता योगराज शर्मा कँडेलका अनुसार एटिआर जहाज हवाई उडानका दृष्टिले निकै सुरक्षित मानिन्छ । विमानमा कुनै पनि समस्या देखिए ‘इन्डिकेटर’मा सङ्केत आउँछ । सोही सङ्केतका आधारमा चालक दलले विमानको सुरक्षित अवतरणका लागि आवश्यक प्रक्रिया अपनाउँछन् ।

वायुसेवा सञ्चालक सङ्घका प्रतिनिधि एवं सीता एयरका आधिकारिक व्यवस्थापक घनश्यामराज आचार्यले पनि तुलनात्मकरूपमा सुरक्षित मानिएको एटिआर सिरिजका जहाज दुर्घटनामा पर्नु आफैँमा दुर्भाग्य भएको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालमा साना जहाज बढी मात्रामा दुर्घटनामा परेका थिए । एटिआर नै दुर्घटनामा परेको भने यो पहिलो पटक हो ।”

यती एयरलाइन्सका हवाई सुरक्षा शाखाप्रमुख एवं प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार प्राविधिक हिसाबले एटिआर विमान निकै सुरक्षित मानिने भए पनि कसरी दुर्घटनामा प¥यो छानबिनपछि मात्रै भन्न सकिन्छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान० का पूर्वमहानिर्देशक त्रिरत्न मानन्धरले तुलनात्मकरूपमा एटिआर जहाज बढी सुरक्षित र भरपर्दो मानिने बताउनुभयो । उहाँले भन्नुभयो, “हुनै नहुने दुर्घटना हुन गयो, यो नेपाली उड्डयनकै लागि दुर्भाग्य हो । छानबिनपछि आधिकारिक निर्णय आउला अहिले म थप केही भन्न सक्दिनँ ।”

नेपालको भूधरातलीय स्वरूप अनुरूप हवाई यातायात निकै सुलभ र भरपर्दो मानिन्छ । तर विमान दुर्घटनाको सिलसिला हेर्दा हवाई उडान सुरक्षामा विश्वासको सङ्कट पैदा भएको छ । पछिल्ला दुर्घटनाले हवाई सेवाप्रति नागरिकको विश्वास गिर्दो रहेको छ ।

पटक–पटक हवाई दुर्घटना भएपछि त्यसको समाधानका लागि नेपालमा पनि एटिआर सिरिजका जहाज भित्र्याइए । तर आजको दुर्घटनाले त्यसमा पनि आशङ्का थपिदिएको छ ।

क्यानका प्रवक्ता जगन्नाथ निरौला पनि एटिआर जहाज प्राविधिक हिसाबले राम्रो र सुरक्षित मानिने बताउनुहुन्छ । उहाँले भन्नुभयो, “दुर्घटनामा परेको जहाज प्राविधिक हिसाबले राम्रो हालतमा थियो । अनुभवी प्रशिक्षक पाइलटले चलाएको विमान कसरी दुर्घटनामा प¥यो क्यान पनि आश्चर्यमा परेको छ”, प्रवक्ता निरौलाले दुर्घटनाको कारण छानबिन समितिको निष्कर्ष नआएसम्म अहिले नै यसै हो भन्न नसकिने उल्लेख गर्नुभयो ।

नेपालमा कहिले भित्रियो एटिआर

नेपालमा पहिलो पटक नेकोन एयरले एटिआर जहाज भित्र्याएको थियो । कम्पनीले एटिआर–४२ जहाजमार्फत सेवा दिएको थियो । पछिल्लो पटक निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक बुद्ध एयर र यती एयरलाइन्सले एटिआर जहाजमार्फत उडान गर्दै आएका छन् ।

नेपालमा एटिआर–७२ र एटिआर–४२ सिरिजका जहाज सञ्चालनमा छन् । सबैभन्दा धेरै बुद्धसँग एटिआर–७२ का ११ वटा र एटिआर–४२ का तीन गरी कूल १४ विमान छन् ।

यस्तै, यती एयरलाइन्ससँग छवटा एटिआर–७२ मध्ये आज एउटा दुर्घटनामा परेको छ । मुलुकको आन्तरिक उडानमा ११ हेलिकोप्टर कम्पनी र नौ ‘फिक्स विङ्स’ गरी कूल २० हवाई सेवा प्रदायकले उडान गर्दै आएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फ दुईतर्फी दैनिक कूल दुई सय ६० उडान हुने गरेको विमानस्थल कार्यालयले जनाएको छ ।

एटिआर जहाजको विशेषता

यो जहाजको कूल वजन १२ हजार नौ सय ५० किलो हुन्छ । यो विमानले २२ हजार पाँच सय किलोग्राम बराबरको भारवहन गर्ने क्षमता राख्छ । एटिआर जहाज फ्रान्स र इटालीको संयुक्त उपक्रम रहेको अभिनस डी ट्रान्सपोर्ट रिजनलले उत्पादन गर्दै आएको छ । जहाज बनावटका हिसाबले पनि आकर्षक मानिन्छ । यो विमान छोटो दूरीको उडानका लागि प्रयोग गरिन्छ ।

विमान निर्माता कम्पनी, क्यान र अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को मापदण्डअनुरूप जहाज सञ्चालन हुने भएकाले पनि दुर्घटनाको कारण खोज्न छानबिन समितिको प्रतिवेदन नै कुनुपर्ने देखिन्छ । रासस