२१ मंसिर २०८२, आईतवार
,
Latest
‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह ‘जेनजी’ आन्दोलनका अगुवाहरूले राखेका विषयमा सरकार सकारात्मक छः मन्त्री अर्याल ‘विभेदको भारी बोकेर क्याविन क्रु मेम्बरहरुले प्रभावकारी काम गर्न सक्दैनन्’ रसुवागढी विद्युत् गृह पुनः सञ्चालनमा सरकारले समयमै निर्वाचन गर्नेलगायत तीन कार्यभारसहित काम गरिरहेको छः अर्थमन्त्री खनाल हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित ‘जेरी अन टप’ ले पार गर्यो ५१औँ दिन महिला भलिबल प्रतियोगिताको उपाधि पुलिसलाई मेलमिलाप विवाद समाधानको उपयुक्त विधि होः मुख्य न्यायाधीश कुँवर शिभालीले ग्राण्डस्लाम अष्ट्रेलियन ओपन खेल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रभावित परिवारलाई आवश्यक सहजीकरण गर्न गृहमन्त्रीको निर्देशन



अ+ अ-

काठमाडौँ । कास्कीको पोखरामा भएको विमान दुर्घटनापश्चात् मृतकहरूको पहिचान, शव व्यवस्थापन, बीमा तथा पीडित परिवारलाई गर्नुपर्ने सहजीकरणलगायतका सम्बन्धमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको अध्यक्षतामा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको आकस्मिक बैठक सम्पन्न भएको छ ।

गृहमन्त्रालयमा आज साँझ भएको उक्त बैठकमा गृह मन्त्रालयसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारी तथा सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधिको सहभागिता थियो ।

बैठकमा गृहमन्त्री लामिछानेले उक्त घटनाप्रति दुःख व्यक्त गर्दै शवपरीक्षण, बीमाका प्रावधान आदिमा सहजीकरण गर्ने, दुर्घटनामा मृतकका पीडित परिवारलाई आवश्यक सूचना तथा जानकारी दिई शव व्यवस्थापनलगायतका काममा आवश्यक परामर्शलगायतका सहजीकरण गर्न सरोकारवाला सबैलाई निर्देशन दिनुभएको छ ।

सबै सरोकारवालाहरुले पीडित परिवार तथा मिडियामा सूचना तथा जानकारी सहज रूपमा दिन तीन किसिमले सूचना तथा जानकारी प्रवाह गर्नुपर्ने विषयमा समेत छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । पहिले मृतकका परिवारलाई, दोस्रो विदेशी नागरिकको सम्बन्धमा सम्बन्धित मिसन÷दूतावासलाई र तेस्रो सञ्चारकर्मीलाई सूचना प्रवाहमा सहजीकरण गर्न भनिएको छ ।

गृहमन्त्री लामिछानेले पीडित परिवारलाई आवश्यक सहजीकरणका लागि विमानस्थल क्षेत्रमा र शवपरीक्षण हुने शिक्षण अस्पतालमा समेत छुट्टै कक्षको व्यवस्था गर्न निर्देशन दिनुभएको छ । रासस