८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar प्याब्सनद्वारा भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि २० करोड ८९ लाख राहत सहयोग News Polar भारी वर्षाको जोखिमपछि पृथ्वी राजमार्गमा राति ९ घण्टा सवारी आवागमन बन्द News Polar भाषाविद् डा बन्धु सम्मानित News Polar दलितको समुदायको अधिकार तथा विकाससम्बन्धी छुट्टै कानून निर्माण गर्दै सरकारः वर्गविहीन र जातविहीन समाज निर्माणमा सांसदहरुको जोड News Polar विष्टले उठाए सरकारको सुशासनमाथि प्रश्न, भ्रष्टाचार छानबिनदेखि बाढीपीडितलाई राहतसम्म माग News Polar सांसद शेर्पाको आक्रोशः ‘ब्युरोक्रेसीलाई विदेश भ्रमणको हतार, पीडितलाई ६ महिनासम्म पनि रिपोर्ट छैन’ News Polar प्रतिनिधिसभा बैठक : निःशुल्क कानुनी सहायता सम्बन्धी विधेयक, २०८३ प्रस्तुत News Polar विपद्मा परेका बालबालिकाका लागि दीर्घकालीन स्याहार योजना ल्याइने News Polar अविरल वर्षासँगै सतर्क रहन मौसमविद्को आग्रह News Polar सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो News Polar राष्ट्रिय सभामा सांसद खातीको प्रश्नः ‘सरकार फेरिन्छ तर जनताका समस्या किन उस्तै ?’ News Polar राष्ट्रिय सभाको शुन्य समयः भ्रष्टाचार, कुटनीतिक नियुक्ति र सुरक्षा चासोबारे सरकारको ध्यानाकर्षण News Polar रुसमा रहेका नेपालीका समस्या समाधान गर्न सरकारसँग राप्रपा सचेतक ओलीको माग News Polar भारी वर्षा र विपद्को जोखिममा उच्च सतर्कता अपनाउन यातायात महासंघको अपिल News Polar संवैधानिक पदाधिकारी र न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्न सांसद न्यौपानेको माग News Polar राजनीतिक नियुक्तिमा पेन्सन र उपदान नपाउने व्यवस्था गर्ने कानुनमन्त्री गौतमको प्रतिबद्धता News Polar दैलेखको मिथेन ग्यास उत्खननदेखि माथिल्लो कर्णाली निर्माणसम्म सरकारलाई एमाले सांसद पोखरेलको माग News Polar सम्भावित भारी वर्षा र बाढीको जोखिमप्रति उच्च सतर्कता अपनाउन नेपाली कम्युनिस्ट पार्टीको अपिल News Polar संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिकसम्बन्धी संशोधन विधेयक सर्वसम्मत पारित News Polar तलबसँगै बैठक र अन्तर्वार्ताको छुट्टै भत्ता दिने व्यवस्था हटाउन सांसद सिंहको माग

प्रभावित परिवारलाई आवश्यक सहजीकरण गर्न गृहमन्त्रीको निर्देशन

प्रभावित परिवारलाई आवश्यक सहजीकरण गर्न गृहमन्त्रीको निर्देशन
अ+ अ-

काठमाडौँ । कास्कीको पोखरामा भएको विमान दुर्घटनापश्चात् मृतकहरूको पहिचान, शव व्यवस्थापन, बीमा तथा पीडित परिवारलाई गर्नुपर्ने सहजीकरणलगायतका सम्बन्धमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको अध्यक्षतामा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको आकस्मिक बैठक सम्पन्न भएको छ ।

गृहमन्त्रालयमा आज साँझ भएको उक्त बैठकमा गृह मन्त्रालयसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारी तथा सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधिको सहभागिता थियो ।

बैठकमा गृहमन्त्री लामिछानेले उक्त घटनाप्रति दुःख व्यक्त गर्दै शवपरीक्षण, बीमाका प्रावधान आदिमा सहजीकरण गर्ने, दुर्घटनामा मृतकका पीडित परिवारलाई आवश्यक सूचना तथा जानकारी दिई शव व्यवस्थापनलगायतका काममा आवश्यक परामर्शलगायतका सहजीकरण गर्न सरोकारवाला सबैलाई निर्देशन दिनुभएको छ ।

सबै सरोकारवालाहरुले पीडित परिवार तथा मिडियामा सूचना तथा जानकारी सहज रूपमा दिन तीन किसिमले सूचना तथा जानकारी प्रवाह गर्नुपर्ने विषयमा समेत छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । पहिले मृतकका परिवारलाई, दोस्रो विदेशी नागरिकको सम्बन्धमा सम्बन्धित मिसन÷दूतावासलाई र तेस्रो सञ्चारकर्मीलाई सूचना प्रवाहमा सहजीकरण गर्न भनिएको छ ।

गृहमन्त्री लामिछानेले पीडित परिवारलाई आवश्यक सहजीकरणका लागि विमानस्थल क्षेत्रमा र शवपरीक्षण हुने शिक्षण अस्पतालमा समेत छुट्टै कक्षको व्यवस्था गर्न निर्देशन दिनुभएको छ । रासस