२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

गठबन्धन गरेपछि किन पार्टी चाहियो?– वामदेव गौतम



अ+ अ-

काठमाडौँ । राष्ट्रियसभा सदस्य वामदेव गौतमले राजनीतिक दलहरुले गठबन्धन गरेर नागरिक स्वतन्त्रताको हनन गरेको टिप्पणी गर्नुभएको छ ।

आज बसेको राष्ट्रियसभाको बैठकको विशेष समयमा बोल्दै उहाँले भन्नुभयो, “गठबन्धन गरेपछि किन पार्टी चाहियो रु विसं २०७४ को निर्वाचन र हालै सम्पन्न निर्वाचनमा पनि गठबन्धन गरियो, जसले गर्दा जनताले कुन दल र कस्ता एजेण्डालाई छनोट गर्ने भन्ने अधिकार हनन भएको छ ।” उहाँले ठूला दलले गठबन्धन गर्दा नागरिक स्वतन्त्रताको अधिकार हनन भएको दाबी गर्नुभयो ।

सांसद गौतमले कांग्रेसले सरकारलाई विश्वासको मत दिएर प्रतिपक्षमा बस्ने निर्णय सकारात्मक रहेको बताउनुभयो । उहाँले पछिल्लो राजनीतिक परिस्थिति र गठबन्धन सरकारलाई राजनीतिको महाभूकम्पको संज्ञा दिनुभयो । रासस




भर्खरै