२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागमति प्रदेशको सभामुखमा राप्रपाका पाठक निर्वाचित



अ+ अ-

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रदेशसभा सदस्य भुवन पाठक बागमती प्रदेशको सभामुखमा नियुक्त हुनुभएको छ । शुक्रबार बसेको प्रदेशसभाको बैठकमा निर्वाचन हुँदा सत्ता गठबन्धनका साझा उम्मेदवार पाठक निर्वाचित हुनुभएको हो । उहाँ राप्रपाका महामन्त्रीसमेत हुनुहुन्छ ।

पाठकले ६२ मत पाउनुभएको थियो भने उहाँको विपक्षमा ४९ मत परेको थियो । निर्वाचनमा ७ जना प्रदेशसभा सदस्य तटस्थ बसेका थिए ।

पाठक निर्वाचित हुनुअघि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका शिवराज अधिकारी र नेपाल मजदुर किसान पार्टी ९नेमकिपा० की सृजना सायजुलाई सभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो ।

तस्बिर -अञ्जली थापा -रासस