२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश १: माओवादीका दुई र एमालेका एक मन्त्रीले लिए शपथ



अ+ अ-

विराटनगर । प्रदेश १ मा मन्त्रिपरिषद् विस्तार भएको छ । मुख्यमन्त्री हिक्मत कार्कीले मन्त्रिपरिषद् विस्तार गरेर सात सदस्यीय मन्त्रिपरिषद् बनाउनुभएको छ । शुक्रबार तीन मन्त्रीले सपथ लिएका छन् ।

नेकपा (माओवादी केन्द्र)बाट तेह्रथुमका दुर्गा चापागाईं, मोरङका जीवन आचार्य र नेकपा (एमाले) बाट सोलुखुम्बुका बुद्धिकुमार राजभण्डारीले पद तथा गोपनीयताको सपथ लिनुभएको हो ।

केन्द्रीय सत्ता गठबन्धनले प्रदेश १ मा पूरै कार्यकाल एमालेलाई सत्ता सञ्चालन गर्न दिने गरेको सहमतिप्रति असन्तुष्ट प्रदेश माओवादी केन्द्र आजदेखि सरकारमा सहभागी भएको छ ।

नवनियुक्त मन्त्री आचार्य प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका ज्वाइँ हुनुहुन्छ । तीनै जना मन्त्रीको जिम्मेबारी तोक्न भने बाँकी छ । यसअघि मुख्यमन्त्री कार्कीसँगै सपथ लिएका तीन जना मन्त्री
पनि विनाविभागीय छन् ।

एमालेका तिलकुमार मेन्याङ्बो (तोप्लेजङ), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का भक्तिप्रसाद सिटौला (झापा) र जनता समाजवादी पार्टी (जसपा) की निर्मला लिम्बू (ताप्लेजुङं) यसअघि नै मन्त्री भइसक्नुभएको छ ।