८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar एमालेद्वारा पुरानो संसद् पुनस्र्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्चलाई आग्रह News Polar २२ वर्षपछि काठमाडौंमा सम्यक् महादान आयोजना हुँदै News Polar स्रोतबाटै फोहोर वर्गीकरण अनिवार्य गरिने News Polar कुटीको जग्गाबाट विस्थापित गर्न खोजिएको भन्दै जनकपुरधाममा प्रदर्शन हुने News Polar ओलीले अध्यक्षबाट सम्मानजनक रूपमा नेतृत्वबाट विदा लिनुपर्ने प्रश्ताव केन्द्रिय कमिटीले स्वीकार गरेनः योगेश भट्टराई News Polar महिला कबड्डीमा नेपालले लगातार दोस्रो पटक काँस्य जित्यो News Polar असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अध्यक्ष दाहालको आग्रह News Polar विपद्मा बेपत्ता व्यक्तिको न्यायिक घोषणासहितका व्यवस्था गर्न विधेयक तयार News Polar राष्ट्रिय सभामा लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar कांग्रेसको १५औँ महाधिवेशनको लोगोमा बीपीदेखि देउवासम्मका तस्बिर, यस्तो छ नारा News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा चुस्तः ८ हजारभन्दा बढीले पाए उपचार News Polar पेट्रोलियममा परनिर्भरता घटाउन दीर्घकालीन पूर्वाधार निर्माणलाई प्राथमिकता : मन्त्री साह News Polar पेट्रोलियम आपूर्ति सुधार्न ‘फिसबोन डायग्राम’ र ‘क्रिटिकल पाथ मेथड’ प्रयोग गर्दैछौँ : मन्त्री साह News Polar टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन News Polar अत्यधिक वर्षाको सम्भावनापछि ट्रक व्यवसायीलाई सतर्क रहन महासंघको आग्रह News Polar भारी वर्षाको जोखिमपछि नारायणगढ–मुग्लिन सडकमा राति सवारी आवागमन बन्द News Polar ईश्वर पोखरेलसहित सात नेता एमालेको स्थायी कमिटीमा News Polar एमालेले विद्या भण्डारीलाई सम्मानित वरिष्ठ नेता बनाउने प्रस्ताव News Polar ओलीको राजनीतिक प्रतिवेदन तल्लो तहसम्म संप्रेषण गर्ने एमालेको निर्णय News Polar नामियाद्वारा भोटेकोशी बाढीपीडितका दोस्रो चरणको सहयोग कोषको खातामा

अठार पुराणको अध्यायगत सारांश नेपालीमा प्रकाशित

अठार पुराणको अध्यायगत सारांश नेपालीमा प्रकाशित
अ+ अ-

काठमाडौँ । वेद व्यासले संस्कृत भाषामा रचना गर्नुभएको १८ पुराणको नेपालीमा भाव बुझ्न चाहनेका लागि अध्यायगत सारांश सार्वजनिक भएको छ । लामो समय निजामती सेवामा रहेर २०७१ सालमा सेवा निवृत्त हुनुभएका डा बद्री पोखरेलले १० वर्ष लगाएर १८ वटै पुराणको नेपाली भाषामा अध्यायगत सारांश लेख्नुभएको हो ।

शिव पुराणको भने अध्यायगत अङ्ग्रेजी सारांशसमेत उहाँले प्रकाशन गरिसक्नुभएको छ । त्रिभुवन विश्वविद्यालय, संस्कृत अध्ययन संस्थानबाट २०४३ सालमा सर्वदर्शनमा आचार्य ९स्नातकोत्तर० गर्नुभएका पोखरेलले यसको प्रयोग जीवनको लामो समयसम्म गर्न पाउनुभएको थिएन । त्रिभुवन विश्वविद्यालयबाटै अर्थशास्त्रमा पनि स्नातकोत्तर गर्नुभएका उहाँले लामो समय अर्थ मन्त्रालयमा काम गर्नुभयो ।

पिताजी र दाजुको प्रेरणामा तीनधारा पाठशालामा बसेर वाल्मीकि विद्यापीठमा संस्कृत अध्ययन गर्नुभएका पोखरेलले जागिरे जीवनमा यसको उपयोग गर्न पाउनुभएको थिएन । संस्कृत अध्ययन गरेका छोरालाई आमाले बेला–बेलामा घरमा पुराण सुनाउ भन्ने गर्नुभएको थियो । जागिरे जीवनमा त्यो अवसर नपाएपछि सेवा निवृत्त भएर उहाँले आमालाई एकादशी माहात्म्य र केही पुराण सुनाउन थाल्नुभयो ।

आमालाई पुराण सुनाउने क्रममा पोखरेललाई लेखेर सबैले पढ्न सक्ने गरी किन प्रकाशन नगर्ने भन्ने सोच पलायो रु आमालाई पुराण सुनाउँदा फूरेको योजनाले १८ पुराणको नेपाली अध्यायगत सारांश लेखेर प्रकाशन गर्ने उत्प्रेरणा जगाएको उहाँले बताउनुभयो । चार वटा पुराण सुनाउँदैमा विसं २०७२ मा पोखरेलकी आमाको निधन भएपछि पुराण अब अरुलाई बताउँछु भनेर उहाँले सङ्कल्प गर्नुभयो । यही सङ्कल्पले १८ पुराणको नेपाली भाषामा अध्यायगत सारांश सार्वजनिक भएको छ ।

संस्कृतसँगै अर्थशास्त्रको पनि अध्ययन गरेर जीवनभर आर्थिक क्षेत्रमै काम गर्नुभएका पोखरेललाई आधुनिक अर्थशास्त्रका पिता मानिनुहुने एड्मस्मिथको ‘संसारमा समस्या भयावह छ, यसको समाधान कहिल्यै हुँदैन’ र माल्थसको ‘जनसङ्ख्या दोब्बरले बढ्छ तर खाद्यान्न क्रमिक रुपमा मात्र बढ्छ’ भन्ने आशयले आधुनिक ज्ञानले दीर्घकालीन समाधान नदिने रहेछ भन्ने परेको थियो । त्यही बेलादेखि उहाँ पूर्वीय दर्शनमा डुब्ने चाहना राख्नुभएको थियो ।

अर्थशास्त्रको यही समस्या समाधानका लागि उहाँले पुराण गहिरिएर अध्ययन गर्न थाल्नुभयो । पुराण अध्ययन गरेर अध्यायगत सारांश तयार भयो । प्रकाशनका लागि पोखरेलाई सहज भयो । अध्यात्मप्रेमीले उहाँका १८ वटै पुराण प्रकाशन गरिदिए । पोखरेलले प्रकाशक भेटेको घटना पनि रोचक छ । पुराणको अनुवाद गरिरहेका बेला आध्यात्मिक मासिक पत्रिका गौरीका सम्पादक अर्जुन लामिछाने उहाँको घरमा पुग्नुभयो । लामिछानेले नै प्रकाशक संस्था विश्वस्वतन्त्र सञ्चारका उद्धवकुमार घिमिरेसँग परिचय गराउनुभयो ।

अठार पुराणमध्ये धेरै घिमिरेले नै प्रकाशन गरिदिनुभएको छ । केही पुराणका लागि भने उहाँले अध्यात्मप्रेमी प्रकाशकको व्यवस्था गरिदिनुभएको हो । १८ वटै पुराणलाई नेपालीमा अनुवादका लागि रु ६० लाखभन्दा बढी खर्च भएको छ । पहिलो संस्करणमा सबै पुराण एक÷एक हजारप्रति प्रकाशन गरिएको छ । शिव, अग्नि, भागवत र मार्कण्डेय पुराण बजारमा सकिइसकेको जानकारी आएको उहाँले सुनाउनुभयो । ती पुराणका दोस्रो संस्करणको तयारीमा प्रकाशन संस्था लागेको छ ।

अमेरिकामा रहेका नेपाली समुदायले १८ पुराणका अध्यायगत नेपाली सारांशको माग धेरै गरेका छन् ।

पोखरेल यसलाई संस्कृतमा भएको लचकता बताउनुहुन्छ । नारद पुराणमा गणितका धेरै कुरा पाइएको बताउनुहुँदै उहाँ यो अत्यन्त वैज्ञानिक रहेको सुनाउनुहुन्छ । नारद पुराणमा गीत, सङ्गीतका विषय पनि समावेश गरिएको छ । “संसारका धेरै विश्वविद्यालयले किन संस्कृत भाषा अध्यापन गराउन थाले भन्ने कुराको रहस्य मैले पुराण गहिरिएर पढेपछि नै थाहा पाएको हुँ”, पोखरेलले भन्नुभयो ।

सेवा निवृत्त भएपछि जयतु संस्कृतम् संस्थामा समेत आबद्ध भएर उहाँले संस्कृत क्षेत्र र पूर्वीय दर्शनका लागि काम गर्दै आउनुभएको छ । हाल उहाँ जयतु संस्कृतम् संस्थाको अध्यक्ष हुनुहुन्छ ।

पुराणको गहिरिएर अध्ययन गर्ने क्रममा पोखरेलले स्कन्द पुराणका केही खण्ड भारतबाट प्रकाशन भएको मूल ग्रन्थमा नभएको तथ्य थाहा पाउनुभयो । सोही पुराणको हिमवत्खण्ड जहाँ नेपालका धेरै तीर्थस्थलको चर्चा छ । हिमवत्खण्ड योगी नरहरिनाथले प्रकाशन गर्नुभएको हो । मानसखण्ड नेपालका पश्चिमी भूभागका साथै भारतको कुमाउ, गढवाल लगायतक्षेत्रका तीर्थस्थलको वर्णन छ । मानसखण्ड पूर्व सचिव विष्णुप्रसाद खत्रीको नेतृत्वमा रहेको रामप्रसाद स्मृति संस्थाले प्रकाशन गरेको छ ।

यसैगरी राम जन्मभूमिको चर्चा भएको सरयुखण्ड पनि भारतले प्रकाशन गरेको मूल स्कन्द पुराणको ग्रन्थमा उल्लेख गरिएको छैन । स्कन्द पुराणका अन्य तीन खण्ड पनि रहेको भन्ने चर्चा सुनेकाले त्यस विषयमा खोजी जारी राखेको पोखरेल बताउनुहुन्छ । रासस