९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar काठमाडौं उपत्यकासहित देशभर अविरल वर्षाः तटीय क्षेत्रमा उच्च शतर्कता (तस्बिरसहित) News Polar मनसुनजन्य विपद् अझै तर्सिरहन्छ टीकाभैरव News Polar नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध News Polar विश्व फार्मासिस्ट दिवस : स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाउन जोड News Polar उच्च सतर्कता अपनाउन मुख्यमन्त्री थापाको अपिल News Polar कुलेखानी ड्याममा पानी बढे साइरन बजाएर पूर्वसूचना दिइने News Polar वर्षाका कारण फोहर व्यवस्थापन प्रभावित हुन सक्ने, घरमै राख्न महानगरको आग्रह News Polar कृष्णभीरमा वैकल्पिक सडकमाथि थपियो जोखिमः त्रिशूलीको कटानले नयाँ ट्रयाक पनि संकटमा News Polar विपद् प्रतिकार्यका लागि उच्च सतर्कता अपनाउन लुम्बिनी प्रदेश सरकारकाे आग्रह News Polar काठमाडौँ तथा भरतपुर जाने खण्डमा पहिरोः यातायात प्रभावित News Polar भोटेकोशी बाढी विश्वकै लागि पनि चेतावनी होः प्रधानमन्त्री News Polar बेनी–जोमसोम–कोरला सडकमा राति गाडी चलाउन नपाइने News Polar मकवानपुरको सिमातखोलाले बगाउँदा स्याङ्तानको मृत्यु News Polar महिला कबड्डीमा नेपाललाई कम्तीमा कांस्य पदक पक्का News Polar बालेनको राष्ट्रसंघ सम्बोधनको अन्तरवस्तु र प्रस्तुती सही छ : बाबुराम भट्टराई News Polar ‘राष्ट्रसंघमा जलवायु न्यायको मुद्दा उठाउनु सकारात्मक, अब देशभित्र गृहकार्य आवश्यक’ News Polar बालेनको राष्ट्रसंघ सम्बोधनबारे बाँस्कोटा : ‘देशको भावना बोले’ News Polar यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल News Polar लगातार वर्षापछि तीन राजमार्गमा यातायात रोक, त्रिभुवन राजपथ सुचारु News Polar शाहको राष्ट्रसंघ सम्बोधनलाई योगेश भट्टराईले दिए सकारात्मक प्रतिक्रिया

राजनीतिक दलले आफन्तलाई राजदुत बनाउँदा परराष्ट्र सम्बन्ध बिग्रियोः सांसदहरु

राजनीतिक दलले आफन्तलाई राजदुत बनाउँदा परराष्ट्र सम्बन्ध बिग्रियोः सांसदहरु
अ अ+ अ-

काठमाडौँ । सांसदहरुले वैदेशिक रोजगारीमा गएका नेपालीहरुको समस्या समाधानका लागि सरकारसँग आग्रह गरेका छन् ।

बिहीवार सिंहदरबारमा बसेको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै सांसदहरुले वैदेशिक रोजगारीमा गएका श्रमीकहरुको समस्या समाधानलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

सांसदहरुले कुटनीति जानेको व्यक्ति राजदुतमा नियुक्त गर्न नसक्दा परराष्ट्र सम्बन्ध राम्रो बन्न नसकेको बताए । उनीहरुले राजदुत नियुक्ति गर्दा आफन्तहरु छान्नु नहुने धारणा राखे । बैठकमा बोल्दै नेकपा (एकीकृत समाजवादी) की सांसद राजेन्द्रलक्ष्मी गैरेले वैदेशिक रोजगारीमा गएकाहरुको निधन हुँदा शव ल्याउन किन ढिलाइ भइरहेको छ ? भन्दै सरकारलाई प्रश्न गर्नुभयो । उहाँले वैदेशिक रोजगारीमा गएको समस्या छिटो र छरितो ढंगबाट गर्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘वैदेशिक रोजगारीमा गएका युवाहरुलाई धेरै समस्या आउने गरेको सुनिरहेका छौँ । जुन वैदेशिक रोजगारीमा जाँदा मृत्यु भएकाहरुको शव ल्याउन पनि धेरै समय लाग्ने समस्या भइरहेक छन् । यसलाई कसरी हटाउने, छिटो छरितो गर्ने भन्ने सोच्नुपर्छ ।’

बैठकमा नेकपा (माओवादी केन्द्र) का सांसद जगतबहादुर पार्कीले विदेशी लगानी नभित्र्याइकन देशलाई समृद्ध बनाउन नसकिने बताउनु भयो । उहाँले वैदेशिक लगानी भित्र्याउने सन्दर्भमा धेरै समस्याहरु रहेको भन्दै समस्याको समाधान गरेर अघि बढ्न सरकारलाई सुझाव दिनुभयो । उहाँले एउटा सरकारले गरेका निर्णयहरु अर्को सरकारले तोड्ने गरेकै कारण कतिपय विकास निर्माणका गतिविधिहरुमा समस्या हुने गरेको बताउनु भयो । उहाँले राजनीतिक चलखेल नगरी विकासका काम अघि बढाउनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले विदेशी लगानी नल्याकन देशलाई समृद्धिको दिशामा बढाउन सक्दैनौँ । तर वैदिशक लगानी भित्र्याउने सन्दर्भमा धेरै खालका समस्या भइरहेका छन् । झापाको औद्योगिक पार्क निर्माण गर्ने भनेर केपी ओली सरकारको पालामा निर्णय भयो । अर्को सरकार आएपछि अघि बढ्न सकेन । डिपिआरसमेत भइसकेको अवस्थामा अहिले सम्झौता पनि हुन सेकन । चीनको लगानी आउने भइसकेपछि भारतले रोक्यो, शेरबहादुर देउवाले रोक्नुभयो भन्ने प्रचार बाहिर आएको छ । यसो गर्दा विदेशी लगानी कर्ताहरु नेपालमा लगानी गर्न आकर्षित हुन्छन् र रु चलखेलका कारण यस्तो किन भइरहेका छन् ।’

बैठकमा बोल्दै नेकपा एमालेकी सांसद दीपा गुरुङले उत्पादन गर्न नसकेसम्म लगानी गर्नसक्ने अवस्था नहुने बताउनु भयो । उहाँले उत्पादन गर्दा आउने समस्यालाई समाधान गरेर अघि बढ्दै कर्मचारीहरुको पूर्णता दिइ कामहरुमा छिटो र छरितो बनाउनुपर्ने बताउनु भयो
उहाँले भन्नुभयो, ‘जबसम्म हामीले उत्पादन गर्न सक्दैनौँ । तबसम्म लगानी गर्न सक्दैनौँ । समस्या आउँछन् तर त्यसलाई निराकरण गर्ने बाटो पत्ता लगाउनु पर्छ । त्यसमा कमजोरी छ । कर्मचारीलाई काम गर्ने सहज वातावरण मिलाउनु पर्छ । वैदशिक समस्याको समाधानको बाटो पत्ता लगाउनु जरुरी छ ।’

बैठकमा नेकपा (एकीकृत समाजवादी) की सांसद जयन्तीदेवी राईले लगानी गर्न उद्यमीहरु उत्साहित नदेखिएको भन्दै उद्योगीहरुलाई लगानीमैत्री वातावरण सिर्जना गर्न सरकारसँग आग्रह गर्नुभयो । उहाँले विदेशी लगानी भित्र्याउने कुरामा परराष्ट्र मन्त्रालयले नै आवश्यक नीति बनाएर अघि बढ्नुपर्ने बताउनु भयो । उहाँले नेपालसँग आयात मात्रै गर्ने तर निर्यात गर्ने कुरा केही नरहेको भन्दै उत्पादन बढाउने कुरामा ध्यान दिन जरुरी रहेको बताउनु भयो । उहाँले विदेशमा मृत्यु भएका नेपालीहरुको शव ल्याउन ढिलाइ भइरहेको बारे सरकारको ध्यानाकर्षण गराउनु भयो ।

उहाँले भन्नुभयो, ‘लगानी गर्ने कुरामा नेपालीहरु त्यत्ति धेरै उत्साही देखिँदैनन् । यहाँ उद्यमीहरु । निर्यात गर्नेकुरामा परराष्ट्र मन्त्रालयले नै त्यसलाई नीति बनाउने कुरामा समन्वय र पहल गर्नुपर्ने छ । हामी धेरै सामान आयात गर्छौं तर पठाउने कुरा केही छैन । हामीले विदेशसँग उत्पादनमा प्रतिष्पर्धा गर्नसक्ने आधार नै छैन । विदेशमा मृत्यु भएकाहरुको शव नेपालमा ल्याउन धेरै नै समस्या भएको छ । विदेश गएका महिलाहरुमा पनि धेरै नै समस्या भएको देखिएको छ ।’

बैठकमा लोकतान्त्रिक समाजावदी पार्टी, नेपालका सांसद शेखरकुमार सिंहले नेपाललाई आत्मनिर्भर बनाउन परराष्ट्र मन्त्रालयले आफ्नो भुमिका खेल्नुपर्ने बताउनु भयो । उहाँले ४५ वर्ष अगाडि स्थापना गरिएका दुतावासहरुमा जनशक्ति थपेर सबल बनाउनुपर्ने माग गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘नेपाललाई आत्मनिर्भर बनाउन परराष्ट्र मन्त्रालयले आफ्नो भुमिका खेल्नुपर्छ । कुनैपनि सरकारको अनुहार फेर्ने भनेकै यही मन्त्रालयले हो । परराष्ट्र नीति सफल भयो भने त्यो सरकार पनि सफल हुन्छ । ४५ वर्ष अगाडि स्थापना गरिएका दुतावासहरुमा जनशक्ति थपेर सबल बनाउनु पर्छ । पहिलाकैले अब पनि कसरी चल्न सक्छ ?’

बैठकमा नेकपा एमालेका सांसद रामचन्द्र राईले अझैपनि नीतिगत व्यवस्थामा भएका कुराहरुको कार्यान्वयन हुन नसक्नु दुःखद् भएको बताउनु भयो । उहाँले अन्तरमन्त्रालयको समन्वय पर्याप्त हुन नसकेको बताउनु भयो । उहाँले नीतिले भनेअनुसारको कुटनीतिक सम्बन्ध स्थापना गर्न नसक्दा विदेशी मुलुकसँग नेपालको सम्बन्ध बिस्तार हुन नसकेको बताउनु भयो । उहाँले नेपालमा रहेका विदेशी राजदुतहरुले नेपालका राष्ट्रपति प्रधानमन्त्रीसँग सिधा सम्पर्क स्थापना गर्न सक्ने भएपनि नेपाली राजदुतहरु भने सिधा सम्बन्ध बिस्तार गर्नसक्ने स्थितिमा नहुनु राम्रो नभएको बताउनु भयो ।

बैठकमा नेकपा (माओवादी केन्द्र) का सांसद गोपीबहादुर सार्कीले वैधानिक रुपमा वैदेशिक रोजगारीमा जानेहरुको समस्या खासै नरहेको भएपनि अवैधानिक रुपमा जाने नेपालीहरु भने धेरै समस्यामा पर्ने गरेको बताउनु भयो । उहाँले उनीहरुको उद्धार गर्नेकुरा चुनौतिको विषय बनेको बताउनु भयो । फरक प्रसंगमा उहाँले नेपालमा राहदानी लिनका लागि सर्भरको क्षमता विकास गर्नु जरुरी रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘वैदेशिक रोजगारीमा जानेहरुमा वैधानिक रुपमा जाने मानिसहरुमा त्यत्ति समस्या आएको छैन । तर अवैधानिक रुपमा विदेश जानेहरुको समस्या डरलाग्दो छ । उनीहरुलाई उद्धार गर्ने चुनौति हाम्रासामु छन् । राहदानी लिनका लागि सर्भरको क्षमता विकास नगरीकन समस्या समाधान हुने देखिँदैन ।’

बैठकमा नेकपा एमालेका सांसद सोनाम गोल्जेन शेर्पाले नेपालको परराष्ट्र कुटनीति धेरै नै कमजोर रहेको बताउनु भयो । उहाँले राजदुत नियुक्ति गर्दा कुटनीति जानेका व्यक्ति नभइ राजनीतिक दलहरुले आफन्तहरुलाई स्थान दिँदा परराष्ट्र सम्बन्धमा दरार पैदा भएको बताउनु भयो । उहाँले कस्तो व्यक्तिलाई राजदुत नियुक्त गर्ने भन्नेबारेमा स्पष्ट कानून बनाउनुपर्ने माग गर्नुभयो ।

सांसद शेर्पाले हरेक दुर्गम जिल्लामा इलाका प्रशासन कार्यालयमा अख्तियार प्रतियोजन गरी राहदानी उपलब्ध गराउनुपर्ने व्यवस्था गर्न आग्रह गर्नुभयो ।