काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भेट्न एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन् । अध्यक्ष ओली मन्त्रिपरिषद विस्तारबारे छलफल गर्न बालुवाटार पुगेका हुन् ।
प्रधानमन्त्री प्रचण्डले आज सत्ता साझेदार दलको बैठक बोलाएका छन् । गठबन्धनका दलहरुसँगको संयुक्त बैठक बस्नुअघि प्रचण्ड र ओलीबीच छलफल भइरहेको बताईएको छ ।
वुधबार पनि प्रधानमन्त्री र ओलीबीच बालकोटमा छलफल भएको थियो ।