५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकताका लागि जसपा र एकीकृत समाजवादीबीच वार्ता हुँदै



अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) र नेकपा (एकीकृत समाजवादी) बीच एकता वार्ता हुने भएको छ । एकताका लागि दुवै पक्षले गठन गरेको कार्यदलबीच वार्ता हुन लागेको हो ।

कार्यदलमा एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालसहित नेताहरु विजय पौडेल, गंगालाल तुलाधर र प्रकाश ज्वाला रहनुभएको छ । त्यस्तै जसपाबाट नेताहरु राजेन्द्र श्रेष्ठ, रकम चेम्जोङ र गोविन्द चौधरी कार्यदलमा हुनुहुन्छ ।

एकीकृत समाजवादी नेकपा (एमाले) बाट अलग भएर माधव नेपाल नेतृत्वमा गठन भएको हो । गत मंसिर ४ को संसदीय निर्वाचनमा प्रतिनिधिसभामा एकीकृत समाजवादीले १० सिट हासिल गरेको थियो । यद्यपि उसले थ्रेसहोल्ड कटाउन नसक्दा राष्ट्रिय पार्टीको मान्यता पाउन सकेन ।

त्यस्तै उपेन्द्र यादव नेतृत्वको जसपाले संसदीय निर्वाचनमा प्रतिनिधिसभातर्फ १२ सिट ल्याएको छ । उसले प्रत्यक्षतर्फ ७ र समानुपातिकतर्फ ५ सिट ल्याएको छ ।

दुवै पार्टीबीच एकता भए नयाँ बन्ने पार्टीमा कुल २२ सांसद हुनेछन् र प्रतिनिधिसभामा चौथो ठूलो दल बन्नेछ ।