५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुक्ला विमानस्थलबाट फर्किने यात्रुको चाप बढ्यो



अ+ अ-

सोलुखुम्बु । तेन्जिङ हिलारी विमानस्थल लुक्लाबाट फर्किने यात्रुको चाप बढेको छ । मौसममा आएको खराबीका कारण यही पुस १४ गते यता उडान रहेको र मौसममा सुधार आएसँगै अहिले लुक्लाबाट फर्किने यात्रुको चाप बढेको नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाले जनाएको छ ।

तेन्जिङ हिलारी विमानस्थलबाट अहिले दैनिक सातभन्दा बढी उडान भइरहेका छन् भने अधिकांश विमानमा फर्किने यात्रुको चाप अधिक रहेको जनाइएको छ ।

प्राधिकरण प्रमुख महेश श्रेष्ठका अनुसार काठमाडौँ तथा मन्थलीबाट अधिकांश विमानले कार्गो लिएर आउने गरेका छन् । ती विमानले फर्किंदा लुक्लाबाट यात्रु लिएर जाने गरेका छन् । चिसो अत्यधिक बढेकाले चिसो छल्न खुम्बु छाड्नेको सङ्ख्या बढेसँगै फर्किने यात्रुको चाप अधिक भएको हो ।

त्यसका कारण एयरलाइन्सहरुका टिकट काउन्टरमा पनि यात्रुको चाप अधिक रहेको प्रमुख श्रेष्ठले बताउनुभयो । मौसममा सुधार भएसँगै सोमबारदेखि नियमित उडान भइरहेको प्राधिकरणले जनाएको छ ।