२३ जेष्ठ २०८३, शनिबार
,
Latest
मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्ततः म्याच फिक्सिङबारे बोल्यो क्यान, प्रमाणसहित उजुरी बुझाउन आग्रह



अ+ अ-

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले जारी टि–२० लिग क्रिकेट प्रतियोगिताका बारेमा सामाजिक सञ्जाल तथा पत्रपत्रिकामा आएका समाचारका विषयमा ध्यानाकर्षण जनाएको छ ।

क्यानले बुधबार एक विज्ञप्ती जारी गर्दै नेपाली क्रिकेट र राष्ट्रकै नाममा ठेस पुर्याउने गरी फैलाइएको यस्ता गतिविधि अन्त्य गर्नेमा प्रतिवद्धता समेत जनाएको छ ।

क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लद्वारा जारी विज्ञप्तीमा भनिएको छ – नेपाली क्रिकेट र राष्ट्रकै नाममा ठेस पुर्याउने गरी फैलाइएको यस्ता गतिविधि अन्त्य गर्नेमा नेपाल क्रिकेट संघ प्रतिवद्धता जनाउँदै यस प्रकारका म्याच फिक्सिङका बारेमा जानकारी भएमा प्रमाणसहित नेपाल क्रिकेट संघको केन्द्रीय कार्यालय वा हाल चलिरहेको नेपाल टी–२० लिगको एन्टी करप्शन युनिटमा उजुरी बुझाउन यस संघ विनम्र अनुरोध गर्दछ ।’

यस्तै, क्यानले संघ र राष्ट्रको नाममा मिथ्यता तथा भ्रामक सूचनाहरु नफैलाउन अनुरोध समेत गरेको छ । क्यानको आयोजनामा काठमाडौंमा चलिरहेको लिगमा विदेशी खेलाडीदेखि नेपाली राष्ट्रिय खेलाडीले सहभागिता जनाएका छन् ।

पारिश्रमिकदेखि आयोजना र फिक्सिङसम्म भएको चर्चा प्रतियोगितामा चलिरहेको छ । मंगलबार काठमाडौं नाईट्सका कप्तान ज्ञानेन्द्र मल्लले आफ्नो टोलीका कुनै खेलाडीलाई फिक्सिङको प्रस्ताव आएको बताएका थिए ।

कप्तान मल्लले फिक्सिङ नै भएको भन्न नसक्ने बताउँदै कुनै ठाउँबाट टिमको एक खेलाडीमा प्रस्ताव आएको तर त्यो विषयमा आइसिसीको एन्टी करप्सन युनिट (एसियु) लाई जानकारी गराएको बताएका थिए । क्यानले भारतीय कम्पनी सेभेन थ्री स्पोट्र्सलाई आयोजनाको जिम्मा दिएको छ ।

विदेशी खेलाडी असन्तुष्ट हुँदै तालिका अगावै स्वदेश फर्किनु, पारिश्रमिक सहमति अनुसार उपलब्ध नहुनाले प्रतियोगिताबारे धेरै प्रश्न उठ्न थालेका छन् । पारिश्रमिकको विषय सहभागि क्लबका मालिक र क्यानले समयमा नै समाधान नगरे लिग थप पेचिलो हुने देखिएको छ ।




भर्खरै