२१ मंसिर २०८२, आईतवार
,
Latest
राष्ट्रपति पौडेलसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस मुख्यमन्त्री यादवले मङ्सिर २४ गते विश्वासको मत लिने अलास्का–युकोन सिमानामा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प जनार्दनलाई गृह जिल्लामै कालोझन्डा अध्यक्ष अग्रवालको प्रश्नः सरकार निजी क्षेत्रको साथमा छ भन्नुहुन्छ, यो सरकारको आयु कति हो ? पश्चिमी मङ्गोलियामा अत्याधिक चिसो निजी क्षेत्रलाई टाढा राखेर अर्थतन्त्र सबल बन्न सक्दैनः अध्यक्ष ढकाल एआईले गर्दा समाचारको मूल्य र मान्यता मरेको छः सचिव अर्याल आर्थिक मुद्दालाई राजनीति भन्दा माथि राखौँः अध्यक्ष पाण्डे सुनचाँदीको मूल्यमा सामान्य गिरावट
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्ततः म्याच फिक्सिङबारे बोल्यो क्यान, प्रमाणसहित उजुरी बुझाउन आग्रह



अ+ अ-

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले जारी टि–२० लिग क्रिकेट प्रतियोगिताका बारेमा सामाजिक सञ्जाल तथा पत्रपत्रिकामा आएका समाचारका विषयमा ध्यानाकर्षण जनाएको छ ।

क्यानले बुधबार एक विज्ञप्ती जारी गर्दै नेपाली क्रिकेट र राष्ट्रकै नाममा ठेस पुर्याउने गरी फैलाइएको यस्ता गतिविधि अन्त्य गर्नेमा प्रतिवद्धता समेत जनाएको छ ।

क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लद्वारा जारी विज्ञप्तीमा भनिएको छ – नेपाली क्रिकेट र राष्ट्रकै नाममा ठेस पुर्याउने गरी फैलाइएको यस्ता गतिविधि अन्त्य गर्नेमा नेपाल क्रिकेट संघ प्रतिवद्धता जनाउँदै यस प्रकारका म्याच फिक्सिङका बारेमा जानकारी भएमा प्रमाणसहित नेपाल क्रिकेट संघको केन्द्रीय कार्यालय वा हाल चलिरहेको नेपाल टी–२० लिगको एन्टी करप्शन युनिटमा उजुरी बुझाउन यस संघ विनम्र अनुरोध गर्दछ ।’

यस्तै, क्यानले संघ र राष्ट्रको नाममा मिथ्यता तथा भ्रामक सूचनाहरु नफैलाउन अनुरोध समेत गरेको छ । क्यानको आयोजनामा काठमाडौंमा चलिरहेको लिगमा विदेशी खेलाडीदेखि नेपाली राष्ट्रिय खेलाडीले सहभागिता जनाएका छन् ।

पारिश्रमिकदेखि आयोजना र फिक्सिङसम्म भएको चर्चा प्रतियोगितामा चलिरहेको छ । मंगलबार काठमाडौं नाईट्सका कप्तान ज्ञानेन्द्र मल्लले आफ्नो टोलीका कुनै खेलाडीलाई फिक्सिङको प्रस्ताव आएको बताएका थिए ।

कप्तान मल्लले फिक्सिङ नै भएको भन्न नसक्ने बताउँदै कुनै ठाउँबाट टिमको एक खेलाडीमा प्रस्ताव आएको तर त्यो विषयमा आइसिसीको एन्टी करप्सन युनिट (एसियु) लाई जानकारी गराएको बताएका थिए । क्यानले भारतीय कम्पनी सेभेन थ्री स्पोट्र्सलाई आयोजनाको जिम्मा दिएको छ ।

विदेशी खेलाडी असन्तुष्ट हुँदै तालिका अगावै स्वदेश फर्किनु, पारिश्रमिक सहमति अनुसार उपलब्ध नहुनाले प्रतियोगिताबारे धेरै प्रश्न उठ्न थालेका छन् । पारिश्रमिकको विषय सहभागि क्लबका मालिक र क्यानले समयमा नै समाधान नगरे लिग थप पेचिलो हुने देखिएको छ ।