२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

समाजवादीका पार्टी सदस्यले एमालेमा रहन खुरुखुरु सदस्यता नवीकरण गरे हुन्छ: गोकुल बाँस्कोटा



file photo
अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का केन्द्रीय सदस्य गोकुल बाँस्कोटाले नेकपा (एकीकृत समाजवादी) का पार्टी सदस्य एमालेमा आउन मन भए सदस्यता नवीकरण गरे पुग्ने बताउनुभएको छ ।

उहाँले एक ट्विट गर्दै एमालेमा आउन चाहनेले खुरुखुरु सदस्यता नवीकरण गरे अहिलेको परिप्रेक्ष्यमा पार्टी एकताको सजिलो विधि त्यही नै हुने बताउनुभएको छ ।

सत्ता गठबन्धनमा सहभागिता र एमालेसँग एकताका विषयमा एकीकृत समाजवादीको स्थायी कमिटी र पोलिटब्यूरो बैठकले कुनै निष्कर्ष निकाल्न नसकेपछि नेता बाँस्कोटाले यस्ता विषयमा एकीकृत समाजवादीका पार्टी सदस्यले लम्बेचौडे कुरै गर्नु नपर्ने बताउनुभयो ।

उहाँले ट्विट गर्दै भन्नुभएको छ, “समाजवादीका पार्टी सदस्यले लम्बेचौंडे कुरै गर्नु पर्दैन ।जस्लाई एमालेमा रहन मन छ उस्ले खुरुखुरु सदस्यता नविकरण गरे भैहाल्छ।अहिलेको परिप्रेक्क्षमा त्यै हो पार्टी एकताको सजिलो बिधी।राम कुमारी झांक्रीले पनि तानेरै ल्याउन चै नखोज्नु नि१ब्यर्थै कारवाहीमा परिएला है।”