२ पुष २०८२, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अग्रता जोगाउन नसक्दा नटिङहम फरेस्टसँग बराबरीमा रोकियो चेल्सी



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत चेल्सीले बराबरी खेलेको छ । गएराति सम्पन्न खेलमा चेल्सीले नटिङहम फरेस्टसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।

खेलको १५ औं मिनेटमा रहिम स्टर्लिङले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, ६३ औं मिनेटमा सर्ज अरिएरले गोल गर्दै नटिङहम फरेस्टलाई १–१ को बराबरीमा ल्याए । त्यसपछि खेलमा थप गोल हुन सकेन ।

बराबरीसँगै चेल्सी १६ खेलबाट २५ अंकसहित तालिकाको आठौं स्थानमा रहेको छ भने फरेस्ट १७ खेलबाट १४ अंकसहित १८ औं स्थानमा छ ।