२३ जेष्ठ २०८३, शनिबार
,
Latest
अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

रहेनन् महान ब्राजिलियन फुटबलर पेले



अ+ अ-

काठमाडौँ । महान ब्राजिलियन फुटबलर पेलेको निधन भएको छ । पेलेको ८२ वर्षको उमेरमा ब्राजिलकै एक अस्पतालमा बिहीबार राति निधन भएको हो ।

उनले ब्राजिललाई सन् १९५८, १९६२ र १९७० मा गरी तीन पटक फिफा विश्वकपको उपाधि दिलाएका थिए । तीन पटक विश्वकप उपाधि जित्ने पेले एकमात्र खेलाडी समेत हुन् ।

सन् २००० मा पेलेलाई फिफा प्लेयर अफ द सेन्चुरी घोषणा गरिएको थियो । पेलेले ब्राजिलका लागि ९२ खेलमा ७७ गोल गरेका छन् ।

पछिल्लो समय क्यान्सरबाट पीडित रहेका उनलाई नोभेम्बर २०२२ देखि साओ पाउलोको अल्बर्ट आइन्सटाइन हस्पिटलमा भर्ना गरिएको थियो । उनको निधनमा विश्वका खेलाडीदेखि प्रतिष्ठित व्यक्तिहरुले श्रद्धाञ्जली अर्पण गरेका छन् ।