काठमाडौँ । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा बालुवाटारस्थित प्रधानमन्त्री निवास छाड्नु भएको छ ।
बुढानिलकण्ठमा रहेको निजी निवास मर्मत सम्भारको अबस्थामा रहेका कारण उहाँ धुम्बाराहीस्थित एक निजी घरमा भाडामा बस्न लाग्नु भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि आजै साँझ बालुवाटारमा सर्न लाग्नु भएको छ ।