७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

स्वार्थ द्वन्द हुने गरी लामिछानेलाई गृह मन्त्रालयको कार्यभार दिएकोमा निगरानी समितिको आपत्ति

स्वार्थ द्वन्द हुने गरी लामिछानेलाई  गृह मन्त्रालयको कार्यभार  दिएकोमा निगरानी समितिको आपत्ति
अ+ अ-

काठमाडौं । जवाफदेहिता निगरानी समितिले स्वार्थ द्वन्द हुने गरी रवि लामिछानेलाई  गृह मन्त्रालयको कार्यभार सम्हाल्नु दिएकोमा निगरानी समितिको आपत्ति जनाएको छ ।

समितिले आज एक बिज्ञप्ति जारी गर्दै नेपाल प्रहरीले नागरिकता तथा पासपोर्ट दुरुपयोगको बिषयमा अनुसन्धानको दायरामा परेका राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) सभापति रवि लामिछानेलाई उक्त छानविन तथा अनुसन्धानको कार्य टुंगो नलाग्दै नेपाल सरकारको उपप्रधानमंत्री तथा गृहमंत्री नियुक्त गरिएको प्रति जवाफदेहीता निगरानी समितिको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

प्रेस विज्ञप्तिको पूर्णपाठ

नेपाल प्रहरीले नागरिकता तथा पासपोर्ट दुरुपयोगको बिषयमा अनुसन्धानको दायरामा परेका राष्ट्रिय स्वतन्त्र पार्टीका ९रास्वपा० सभापति रवि लामिछानेलाई उक्त छानविन तथा अनुसन्धानको कार्य टुंगो नलाग्दै नेपाल सरकारको उपप्रधानमंत्री तथा गृहमंत्री नियुक्त गरिएको प्रति जवाफदेहीता निगरानी समितिको गम्भिर ध्यानाकर्षण भएको छ ।

रवि लामिछानेको गृह मंत्रालयमा भएको नियूक्तिले स्पष्टरुपमा स्वार्थको द्वन्द्व (कन्फ्लिक्ट अफ् इन्ट्रेसट) को स्थिति पैदा तथा यसले नवगठीत पुष्पकमल दाहालको नेतृत्वको मंत्रीपरिषदको पहिलो बैठकले ‘सुशासनलाई प्राथमिकता’ दिने भनी गरेको निर्णय र रास्वपाका सभापति रवि लामिछानेले लामो समयदेखि सुशासनका पक्षमा चलाउँदै आएको अभियानको समेत विपरित छ । ‘स्वार्थ द्वन्द’का कारणबाट उक्त अनुसन्धान प्रकृया प्रभावित हुँने मन्त्रालय र प्रहरी संगठनको वैधता र विश्वस्नियतामा पनि गम्भीर आँचआई कानुनी शासन गहिरो क्षति पुग्ने निगरानी समितिको ठहर छ ।

साथै नेपाल प्रहरी गृहमंत्रालय अन्तर्गतको संगठन भएको र यसका अनुसन्धानको नेतृत्व पनि गृहमंत्रीको प्रत्यक्ष वा परोक्ष नियन्त्रण वा प्रभावमा हुने तथा संबन्धीत उजुरीमाथि विनाभय निष्पक्ष एवं स्वतन्त्र छानविन गर्ने वातावरण नरहने अवस्था श्रृजना हुने भएकाले आमनागरिकलाई नेपाल सरकारले न्याय तथा सुशासनकाप्रति आश्वस्त पार्न छानविन तथा अनुसन्धानको कार्य टुंगो नलाग्दासम्म गृह मन्त्रालयको जिम्मेवारीबाट अलग राख्न एवं यस्तो गल्ति भविष्यमा दोहोरिन नदिन नेपाल पक्ष भएको भ्रष्ट्राचार विरुद्धको महासन्धि अन्तर्गत सृजित दायित्व अनुरुप ‘स्वार्थको द्वन्द’ संबन्धी नयाँ कानुन निर्माण गरी लागु गर्न समेत निगरानी समिति नेपाल सरकारसंग अपील गर्दै यसको कार्यन्वयनका लागि नयाँ गठवन्धनका प्रमुख घटक एमालेका अध्यक्ष पूर्वप्रधानमन्त्री केपीशर्मा ओली समेतलाई आग्रह गर्दछ ।

जवाफदेहिता निगरानी समितिको तर्फवाट
चरण प्रसाई, संयोजक
सम्पर्क– ओम प्रकाश सेन ठकुरी,

जवाफदेहिता निगरानी समितिमा आवद्ध सदस्यहरुः सह–संयोजकः प्रा।कपिल श्रेष्ठ, संस्थापक संयोजकः डा। मन्दिरा शर्मा, सदस्यहरु ः डा.गौरीशंकर लाल दास, कनकमणि दिक्षित, डा. गोपाल सिवाकोटी, सुमन अधिकारी, देवी सुनवार, विरेन्द्र थपलिया, दिनेश त्रिपाठी, राजु प्रसाद चापागाई, सवित्री श्रेष्ठ, जनक राउत, ईन्द्र प्रसाद अर्याल, महामनिुश्वर आचार्य, बाबुराम गिरी, राजन कुईकेल, बिकास बस्नेत, अनिता थपलिया, भक्त विश्वकर्मा, बद्रि भुसाल, रुकमनी महर्जन, रणधिर चौधरी