१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा

प्रधानमन्त्रीदेखि मुख्यमन्त्रीका नाममा रोजगार कार्यक्रमः कार्यान्वयनको अवस्था बेहाल

प्रधानमन्त्रीदेखि मुख्यमन्त्रीका नाममा रोजगार कार्यक्रमः कार्यान्वयनको अवस्था बेहाल
अ अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री रोजगार कार्यक्रमको अवस्था झनै बिजोग देखिएको छ ।

अघिल्लो पटक केपी शर्मा ओली प्रधानमन्त्री हुँदा शुरु भएको प्रधानमन्त्री रोजगार कार्यक्रम उद्देश्यअनुरुप चल्न नसक्दा यसको औचित्यमाथि प्रश्न उठ्न थालेको हो । प्रधानमन्त्री रोजगार कार्यक्रमको सचिवालयकाअनुसार यो वर्ष रोजगारीको आशमा करिव ८ लाखले आवेदन दिएका थिए । अहिलेसम्म ७ हजार ५ सयले मात्रै रोजगारी पाएका छन् । लाखौंको अवेदन पर्दा न्युन संख्यामा रोजगारी दिन सरकारले थालेपछि यसको आवश्यकता र औचित्यमाथि प्रश्न उठेको हो ।

बेरोजगार व्यक्तिलाई न्युनतम रोजगारीको प्रत्याभुति गर्न आवश्यक रोजगार सेवा र सहायता प्रदान गर्ने, दक्ष तथा सक्षम जनशक्ति विकास गरी आन्तरिक रोजगारीको प्रवद्र्धन र बिस्तार गर्ने, सरकारी, निजी, सहकारीतथा गैरसरकारी क्षेत्रहरु बीचको समन्वय र सहकार्यमा थप रोजगारीका अवसर सिर्जना गर्ने, आन्तरिक रोजगारी सिर्जनाका लागिआवश्यक नीतिगत र संरचनात्मक व्यवस्था गर्ने, सार्वजनिक पूर्वाधारहरुको निर्माण, स्तरोन्नति र बिस्तारमा योगदान गर्ने र आन्तरिक रोजगार सिर्जना सम्बन्धी अध्ययन अनुसन्धान गरी रोजगारीका नयाँ क्षेत्रहरुको पहिचान गर्ने उद्देश्यले यो कार्यक्रमको सुरुआत ओलीले गर्नुभएको थियो ।

प्रधानमन्त्री रोजगार कार्यक्रम लाखौंलाई सरकारले फर्म भराएर रोजगारी दिन सकेको छैन । यसवर्ष ७४३ ओटा स्थानीय तहले बेरोजगारहरुको सूची दर्ता गरेका थिए । प्रधानमन्त्री रोजगार कार्यक्रम अघि बढाउन सरकारले विश्व बैंकसँग ऋण समेत लिएको थियो । यही कार्यक्रम अन्तर्गत युवा रोजगारी प्रवद्धर्न गर्ने भन्दै रुपान्तरण पहल परियोजनाका लागि १३ अर्ब ६२ करोड रुपैयाँ अर्थात १ सय २० मिलियन अमेरिकी डलर ऋण लिइएको थियो । यो ऋण सकिनै लाग्दा पनि अहिलेसम्म कार्यक्रम कार्यान्वयनको अवस्था राम्रो देखिँदैन ।

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि यस वर्ष बजेट घटाइएकाले पनि कम रोजगारी सिर्जना भइरहेको राष्ट्रिय कार्यक्रम निर्देशक डण्डुराज घिमिरेले बताउनु भयो ।

उहाँले भन्नुभयो– ‘यो वर्षको बजेट अनुसार सुचीकृत धेरै भएपनि ६० हजारसम्मलाई रोजगारी दिने लक्ष्य छ । सूचिकृत भए जतिले रोजगारी पाउँदैनन् । यसवर्ष बजेट पनि कम छ । ४ अर्ब ५ करोड विश्व बैंकको ऋण खर्च गर्दैछौं । त्यसबाट तालिमका कार्यक्रमहरु पनि चल्दैछन । सरकारले २ अर्ब ४ करोड बजेट दिएको छ । यसबाट पनि रोजगारी सिर्जना गराइनेछ ।’

घिमिरेकाअनुसार रोजगारी सिर्जना गरेर तलब भुक्तानी भइसकेपछि मात्रै रोजगारी प्राप्त गर्नेको विवरण संकलन गरिने गरिएको छ । त्यसैले अहिले रोजगारी पाउनेको संख्यामा कमी देखिएको हो । त्यसो त कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७५÷७६ देखि प्रधानमन्त्री रोजगार कार्यक्रमको सिको गर्दै मुख्यमन्त्री रोजगार कार्यक्रम सुरु गरेको थियो ।

कर्णाली प्रदेशका बेरोजगार तथा कोभिडबाट प्रभावित युवालाई स्थानीयस्तरमा रोजगारी सृजना गर्न, आयआर्जनका क्रियाकलाप सञ्चालन गर्न र सामुदायिक पूर्वाधार निर्माण कार्यमा संलग्न गराई गरिबी निवारणमा योगदान पुर्याउन कर्णाली प्रदेश सरकारले मुख्यमन्त्री रोजगार कार्यक्रम अघि बढाइएको थियो ।

कार्यक्रम कार्यान्वयनका लागि कार्यविधि भने २०७८ सालमा बनाइयो । चालु आर्थिक वर्षमा मुख्यमन्त्री रोजगार कार्यक्रमका लागि १ अर्ब १५ करोड ४० लाख रुपैयाँ छुट्याइएको छ । यो कार्यक्रमबाट चालु आर्थिक वर्षको अहिलेसम्म कतिले रोजगारी पाए त्यसको समेत यकिङ हिसाव राख्न मुख्यमन्त्री कार्यालयले सकेको छैन ।

चालु वर्षमा आयोजनाहरुमा छुट्टाइएको बजेटको ५० प्रतिशत भन्दा बढी परिश्रमिकमा खर्च हुने गरेको मुख्यमन्त्री रोजगार कार्यक्रम सुर्खेतका प्रशासकीय अधिकृत नविन ढकालले बताउनु भयो ।

मुख्यमन्त्री रोजगार कार्यक्रमका प्रशासकीय अधिकृत नविन ढकालले भन्नुभयो– ‘यो वर्ष स्थानीय तहमार्फत बजेट खर्च भइरहेको छ । आयोजनाहरुमा छुट्टाइएको आधा भन्दा बढी बजेट पारिश्रमीकमा खर्च गर्नू भनेका छौं ।’

उहाँकाअनुसार अहिलेसम्म कतिले रोजगारी पाए भन्ने सन्दर्भमा आर्थिक वर्षको अन्त्यसम्म तथ्यांक आउनसक्ने सम्भावना छ । अहिले स्थानीय तहमार्फत परियोजना कार्यान्वयन हुने क्रम चलिरहेको छ । यो कार्यक्रमलाई अझ प्रभावकारी बनाउन कार्यविधि संशोधनको काम समेत चलिरहेको ढकालले बताउनु भयो ।