२७ मंसिर २०८२, शनिबार
,
Latest
विघटित प्रतिनिधिसभाको पुन:स्थापना, संवैधानिक सरकार गठन र त्यसपछि ताजा जनादेश एनपिएल उपाधि भिडन्त: सुदूरपश्चिमविरुद्ध कप्तान पौडेलको ह्याट्रिक एमालेलाई देव गुरुङको प्रश्तावः देश संकटमुक्त गराउन मिलेर अघि बढौं एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित एनपिएल उपाधि भिडन्त: पावरप्लेमा सुदूरपश्चिमले तीन विकेट गुमायो जेन—जी आन्दोलनले मुलुकलाई गम्भीर समस्यामा धकेल्योः पूर्णबहादुर खड्का युवापुस्तालाई राज्यको मूल प्रवाहमा जोड्नुपर्ने नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवः छोङछिङ महानगरमा विविध सांस्कृतिक कार्यक्रम म ढुक्कले भन्न सक्छु–एमाले अजम्बरी छ: ओली एमालेसँग बहुमत ल्याउने ल्याकत छ, चुनावबाट भाग्दैनः ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

वैदेशिक रोजगार ऐन संशोधनका लागि कार्यदलले काम थालिसक्यो, आउँदो अधिवेशनमा पास हुन्छः मन्त्री भण्डारी



अ+ अ-

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगार ऐन संशोधनका लागि गठित कार्यदलले काम शुरु गरेको बताउनुभएको छ ।

बिहीवार वैदेशिक रोजगार व्यवसायी संघका नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई ज्ञापन गर्न आयोजित कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले संसदको आउँदो अधिवेशनबाट पास गर्नेगरी ऐन संशोधनको काम थालनी भएको बताउनुभएको हो ।

उहाँले वैदेशिक रोजगारको क्षेत्रमा धेरै समस्याहरु रहेको कारण समयसापेक्ष सुधार गर्नको लागि ऐन संशोधन गर्न थालिएको बताउनु भयो । आजबाट नै वैदेशिक रोजगार ऐन संशोधनको लागि कार्यदलको छलफल शुरु गरेको बतउनु भयो ।

उहाँले भन्नुभयो, ‘आजैदेखि हामीले वैदेशिक रोजगार ऐन संशोधनको लागि कार्यदलको छलफल शुरु गरेका छौं । वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्ष पनि त्यस कार्यदलको सदस्य भएको हुनाले यो काममा यस समितिको सुझाव पनि आउने नै छ । वैदेशिक रोजगारमा धेरै समस्याहरु देखिएको हुनाले ऐनको समयसापेक्ष सुधार आवश्यक छ । संसदको आउँदो अधिवेशनमा संशोधनको लागि ऐन पेश गर्नेगरी तयारी गरिरहेका छौं ।’

वैदेशिक रोजगार व्यवसायीहरुले पनि इमान्दार भएर व्यवसाय अगाडि बढाउन मन्त्री भण्डारीको आग्रह छ । वैदेशिक रोजगार व्यवसायी संघ सरकारको अंग भएको उल्लेख गर्दै उहाँले सरकारले व्यवसाय गर्ने नभई सहजिकरण गर्नुपर्ने बताउनु भयो ।

उहाँले वैदेशिक रोजगारमा जाने नागरिकले व्यवसायीका कारण समेत दुःख पाइरहेको उल्लेख गर्दै यसतर्फ सबै सचेत हुन जरुरी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘तपाईहरु संस्थागत हिसावले पार्ट अफ गभर्मेण्ट हो । श्रम मन्त्रालय व्यवसायी र श्रमिकहरु संस्थागत संगठनको शक्ति हो । त्यो नाताले तपाईंहरुले पनि इमानदारिपूर्वक आ—आफ्नो व्यवसायलाई अगाडि बढाउन सक्नुभयो भने सजिलो हुन्छ ।

सरकारले व्यवसाय गर्ने होइन सरकारले व्यवसायलाई सहजिकरण गर्ने हो । राजश्व आएर सरकार सञ्चालन हुन पाओस् र जनताले सुविधा पनि पाउन् । यो क्षेत्रमा उठेका तीन वटा कुरा मैले बारम्बार भन्ने गरेको छु ।’

नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई बिना धितो ऋण उपलब्ध गराउने कुरामा समेत आवश्यक कामहरु भइरहेको मन्त्री भण्डारीको दाबी छ । उहाँले संघका नवनिर्वाचित पदाधिकारीहरुलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो ।