२४ भाद्र २०८३, बुधबार
,
Latest
युलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख रुपैयाँ हस्तान्तरण पाकिस्तानको सिन्धमा सडक दुर्घटनाः छ जनाको मृत्यु, १८ घाइते रसुवाका बाढीपीडितलाई पत्रकार सोनुकुमार दासको राहत सहयोग जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता मन्त्री चौधरी र सचिव डा मिश्रबीच कार्यसम्पादन करार सम्झौता परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ? चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

चर्चित फुटबलर रोबर्टो कार्लोस भोलि नेपाल आउँदै



अ+ अ-

काठमाडौँ । फुटबलका महान हस्तीहरूमध्ये एक रोबर्टो कार्लोस नेपाल आउँदैछन् ।

उनी एनसेल नेपाल सुपर लिग (एनएसएल)का लागि नेपाल आउन लागेका हुन् । प्रमुख अतिथिको रूपमा एनएसएल क्वालिफायर खेलमा उनी उपस्थित हुने पक्का भएको छ ।

उनले जारी लिगमा दुई बलिया टोलीहरू ललितपुर सिटी फुटबल क्लब र धनगढी फुटबल क्लबबीचको खेल अवलोकन गर्नेछन् ।

रोबर्टो आफ्नो शक्तिशाली फ्रिकिक, गति र मैदानमा अतुलनीय ऊर्जाका लागि विश्वमा परिचित छन् ।

रियल मड्रिड र ब्राजिलियन राष्ट्रिय टोलीका पूर्वखेलाडी कार्लोस फुटबल इतिहासका सबैभन्दा प्रशंसित डिफेन्डरहरूमध्ये एक हुन् ।

उनले फिफा विश्वकप र चार ला लिगा उपाधिहरूसहित दुई दशकभन्दा लामो समय व्यावसायिक फुटबलमा बिताएका छन् ।

कार्लोस क्वालिफायर खेलको एक दिनअघि अर्थात् भोलि वैशाख ५ गते नेपाल आइपुग्नेछन् ।

सोही दिन उनी एक गाला डिनर, एक विशेष भेटघाट र अन्तर्क्रिया कार्यक्रममा सहभागी हुनेछन् । उनको परिस्थितिबाट एनएसएल मञ्चमा जोस र उत्साह छाउने अपेक्षा गरिएको छ ।

रोबर्टो कार्लोसको नेपाल भ्रमणले नेपाली फुटबलका लागि एक महत्वपूर्ण भूमिका खेल्नेछ ।