१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar २० वर्ष पुरानो धितोपत्र ऐन बदल्न लगानीकर्ताको माग, ‘कानुनी रिक्तताले कुशासन मौलायो’ News Polar दोस्रो बजारको गिरावटप्रति लगानीकर्ताको चिन्ता, नियामक निगरानी र नीतिगत सुधारमा जोड News Polar नेप्सेको संरचनागत सुधार अघि बढाउँदै सेबोन, रामेश्वर खनाल नेतृत्वको समितिको प्रतिवेदन कार्यान्वयन हुने News Polar निजामति सेवा विधेयकः कर्मचारीमा खैलाबैला, त्रासमा सरकार News Polar पुँजी बजार सुधारका लागि धितोपत्र बोर्डको तीन चरणको रणनीति News Polar धितोपत्र बजारमा लगानीकर्ताको सहभागिता बढ्दो, डिम्याट खाता ८० लाख नाघ्यो News Polar भोटेकोशी बाढी : ४३० मेगावाट विद्युत् अवरुद्ध भएपछि वैकल्पिक व्यवस्थापन गरिँदै News Polar काठमाडौं–१० प्रदेशसभा ‘ख’ सभापतिमा राजेन्द्र विक्रम बानियाँ विजयी News Polar राप्ती नदीमा पक्की तटबन्धले जोगियो तटीय बस्ती News Polar बाजुराका बाढीपहिरो प्रभावितलाई राहत सामग्री वितरण News Polar बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति News Polar वैदेशिक रोजगारीलाई जितेको गोलभेँडाखेती News Polar सुशासन, सुधार र नयाँ आशाका छ महिना News Polar गौतम बुद्ध विमानस्थल अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर News Polar पहुँचयोग्य आँखा स्वास्थ्य सेवाका लागि सहकार्य आवश्यक News Polar नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ News Polar बेनीमा खानेपानीको समस्या News Polar एसियाली खेलकुदः गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा News Polar पुण्यतिथिमा खर्च होइन, बुबाको सम्झनामा सामाजिक सेवा News Polar ‘अव्यवस्थित बसोबासबाट जग्गाधनीसम्मः जुनेली बस्तीको ३६ वर्ष’

कसरी गुम्यो कांग्रेसको सत्ता ? यी हुन देउवालाई डुबाउनेहरु

कसरी गुम्यो कांग्रेसको सत्ता ? यी हुन देउवालाई डुबाउनेहरु
अ अ+ अ-

काठमाडौं । शनिबार राति एमाले अध्यक्ष केपी ओली निवास बालकोटमा एउटा सहमति भएको थियो– प्रचण्डलाई प्रधानमन्त्री, एमालेलाई राष्ट्रपति र सभामुख । अनि मन्त्रीमण्डल छान्ने अधिकार पनि प्रचण्डलाई । वर्तमान संसदको पाँचमध्ये आधा कार्यकाल प्रचण्ड र त्यसपछि ओली प्रधानमन्त्री ।

यो सहमति न नेपालका मिडियाले थाहा पाए र नत बालुवाटार र उसका निकटस्थहरुले । उल्टै कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीहरु देउवालाई भन्दैथिए– सरकार गठनका लागि राष्ट्रपतिलाई एक हप्ता समय थपाउन ‘कन्भिन्स’ गर्ने काम म गर्छु, अहिले नै प्रचण्डलाई प्रधानमन्त्रीको वाचा नदिउँ । उता एमालेले प्रचण्डलाई प्रधानमन्त्री कुनै पनि हालतमा दिन्न, यता हामीले एक हप्ता गलाएपछि मानिहाल्छन् । ज्ञानेन्द्र कांग्रेस सभापति शेरबहादुर देउवाका सबैभन्दा नजिकका विश्वासपात्र ।

त्यसैले उनले माओवादीसहितको कार्यदलमा पनि उनैलाई पठाउने गर्थे । उनले आफूले नेपाली कांग्रेसका लागि तर्कका कुरा राख्ने र बालुवाटारको पक्षमा सहमत गराउने भन्दा पनि आफू र आफ्नो स्वार्थमा केन्द्रित रहेर कुरा गर्ने गर्दथे । आफै सदस्य बस्ने अनि यता देउवालाई पनि पछि हट्नुहुन्न भनेर उकास्ने काम उनैले गरेका थिए । कांग्रेसमा राम्रो काम गर्नेहरुका विरुद्धमा उनले नै देउवालाई कुरा लाउने गर्दथे । यसकारण पनि देउवाको सूचना संबाहक थिए कार्की ।

उनी अब बन्ने सरकारमा अर्थमन्त्री खान बडो लालायित थिए । अघिल्लो सरकारमा सञ्चारमन्त्री रहेका यिनले पत्रकारका कुनै पनि काम नगरेर निकम्मा मन्त्रीका रुपमा सावित भएका उनी सरकारको प्रवक्ता भएर भाषण गर्ने बाहकको कुनै पनि काम गरेका थिएनन् । जसका कारण कांग्रेसकै पत्रकार पनि देउवा र उनीसँग रुष्ट बन्ने अवस्था आएको थियो । यसकारण पनि देशभरिबाट सबैभन्दा सुरक्षित ठानिएको गिरिजाप्रसाद कोइरालाको क्षेत्र रोजेर सुनसरी– ४ पुगेका उनी निर्वाचनमा बालबाल जितेका थिए । एकाध सयमात्रले चुनाव जितेका उनले आफू अर्थमन्त्री खानकै लागि प्रचण्डलाई छोड्नुहुन्न भनी देउवालाई उक्साउने काम गरेका थिए ।

आइतबार अपराह्न निर्णायक भनिएको सत्तारुढ दलको बैठकअघि कांग्रेसका पदाधिकारी तथा आन्तरिक बैठकमा महामन्त्रीहरु गगन थापा र विश्वप्रकाशलाई पनि बोलाउने कि भन्ने देउवाको इच्छाप्रति यिनले नै उक्साएर गगनहरुलाई बोलाएमा उनीहरुले प्रचण्डको पक्षमा बोल्ने भएकाले बैठकमा नबोलाउन भनेका थिए ।

पार्टीका उपसभापति पूर्णबहादुर खड्का यो पछिल्लो सत्ता उलटफेरका अर्का पात्र हुन् । उनले पनि सभापति देउवालाई कुनै पनि हालतमा प्रधानमन्त्री छोड्न नहुने बताएका थिए । शनिबारसम्म प्रचण्डले छोडेनन् भने प्रधानमन्त्री दिँदा पनि हुन्छ भनेका उनी एकाएक शनिबार देउवा नै प्रधानमन्त्री हुनुपर्ने अडानमा देखिएका थिए । कहिलै सार्वजनिक कार्यक्रममा हिँड्ने र भाषण गर्ने नभई प्रधानमन्त्रीकै वरपर मात्र बस्ने र सधैँ आफ्ना विरोधीहरुका विरुद्ध देउवालाई कुरा लाउनेमा पर्छन् खड्का ।

हिजोका दिनमा कांग्रेसको इतिहासमा तत्कालीन पार्टी सभापति गिरिजाप्रसाद कोइरालाका विरुद्धमा कृष्णप्रसाद भट्टराईलाई उचाल्ने काम गरेर अन्ततः भट्टराई पार्टीबाट अलग रहेर बस्नुपर्ने अवस्था समेत ल्याउन सक्ने क्षमताका यिनले नै अहिले कांग्रेसलाई सत्ताविहीनताको अवस्थामा ल्याउन सघाएका छन् । पार्टीमा देउवापछिको पोर्टफोलियोमा रहेका उनी निर्वाचनका बेला प्रधानमन्त्री देउवा देशभर हिँडीरहँदा खड्का भने निर्वाचन प्रचारका लागि आफ्नो निर्वाचन क्षेत्रबाहेक कतै गएनन् । त्यसो त कांग्रेसका अरु नेताहरु पनि आफ्नो निर्वाचन क्षेत्रबाहेक अन्यत्र गएनन् तर पनि चुनाव हारेका छन् । त्यसको एक पात्र गृहमन्त्री बालकृष्ण खाँण पनि हुन् ।

प्रचण्डले अन्तिमसम्म पनि आफूलाई चुनावअगाडि भएको सल्लाहमा देउवाले चुनावपछिको सरकारको नेतृत्वमा प्रधानमन्त्री पहिल्यै चरणमा दिने बताइरहँदा पनि खड्काले बारम्बार निर्वाचन अघि र पछिको परिस्थिति फरक भैसकेको बताउने गरेका थिए ।

ल अब म बालकोट हिँडे भनेर प्रचण्डले दुई पटकसम्म भन्दा पनि देउवाले –हुन्छ उता ओलीले मानेनन् भने फेरि आउनु भनेर ब्यंग्य गर्दा समेत खड्काले पनि बाटोमा राम्ररी जानुहोला भनेर बडो असहिष्णु भाषा प्रयोग गरेका थिए । उता बिमलेन्द्र निधिले प्रचण्ड बालकोट पुगे भने पछि नफर्किन सक्छन् शेरबहादुरजी मिलाउनुपर्छ भन्दा समेत खड्काले मिल्न त प्रचण्ड पनि आउनुपर्यो नि हामीले मात्र कति दिनु भनेर जवाफ दिएका थिए ।

खाँण यो पछिल्लो परिस्थितिलाई निकै टाढा बसेर हेरेका थिए । उनी आफू निर्वाचन हारेकाले मन्त्री बन्न नपाउने भएपछि रमिता हेर्ने मात्र काम गरे । उनले आफ्नी श्रीमती मञ्जुलाई मन्त्री बनाउनुपर्ने मागमा थिए र त्यसका लागि प्रचण्ड नै प्रधानमन्त्री भएपनि हुने भएकाले उनले जे हुन्छ होस् भन्ने हेतुले नै बसेका देखिन्थे । अघिल्लो दिन शनिबार राति बालकोटमा सहमित नै भैसकेको थियो । त्यहाँ माओवादीका नेता वर्षमान पुन, देब गुरुङ लगायतका नेताहरुका बीचमा सहमति भएको थियो । त्यहाँ माओवादी नेताहरु पुग्ने र बारम्बार बैठकहरु गर्ने गर्दा पनि खाँणको गृह प्रशासनले कुनै सूचना प्राप्त गर्न सकेको थिएन । बरु उनी प्रहरी सेवाको नियमावली फेर्ने तथा प्रहरीका हाकिमहरुको सरुवा र बढुवाबाट आफूले लाभलिने खेलमा मात्र थिए ।

यता दुई जना महामन्त्रीहरु भने आफूलाई पार्टी सभापतिले बैठकमा नबोलाएको रोइलोमै छन् । उनीहरु परिस्थिति पाए देउवाको विरोध गर्ने र कसरी हुन्छ आफू प्रतिकुलका पार्टी नेताहरुलाई मन्त्री बनाउन नहुने दाउमा मात्र थिए । गगन थापाले पार्टीभित्र कुनै सल्लाह नै नगरी आफू नै पार्टीको प्रधानमन्त्रीको उम्मेदबार भनेर चुनाव प्रचार गरेका थिए ।

उनी आफू निर्वाचन हार्ने भएपछि त्यो हथकण्डा अपनाएको कांग्रेसका नेताहरु नै बताउँछन् । तर पछिल्लो समयमा संसदीय दलको नेतामा अकल्पनीय असहयोग व्यहोर्नुपरेका उनी बडो निराश देखिएका थिए र बालुवाटार गएर पार्टीलाई फाइदा हुने कुरा गर्नुभन्दा पनि कसरी पार्टी नेतृत्वलाई असफल बनाउन सकिन्छ भनेर सार्वजनिक रुपमा बोल्ने आदि काम गर्ने गरेका थिए । उनैको पछिपछि थिए अर्का महामन्त्री विश्वप्रकाश पनि । त्यसैले अहिले ठूलो स्वर गर्दै मिडियामा कुर्लिएका छन्– यो सबै दोष देउवाकै हो भनेर ।