६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar त्रिपुरेश्वरमा चालकको मृत्यु प्रकरणबारे उच्चस्तरीय छानबिन गर्न सरकारसँग माग News Polar प्रधानमन्त्री शाह अमेरिका प्रस्थान गर्दै, वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी News Polar कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा . स्वर्णिम वाग्लेलाई News Polar बाढी प्रभावित अटोमोबाइल व्यवसायीको क्षति विवरण संकलन गर्दै नाडा News Polar दर्ता नभएका औषधि बिक्री रोक्न आयुर्वेद चिकित्सा परिषद्को अनुरोध News Polar बाढी प्रभावित बालबालिकाको दीर्घकालीन शिक्षा र मनोसामाजिक सुरक्षामा ध्यान दिन समितिको आग्रह News Polar विपत्तिमा डिडी सेक्युरिटीजको विशेष सहयोग News Polar हिमपातका कारण मनास्लु आरोहण नगरी फर्किए केही आरोही News Polar प्रज्ञाको पुस्तक प्रदर्शनी यही असोज ९ गतेदेखि News Polar त्रिपुरेश्वर बस आगलागीः मृतक अर्जुन दोङको पहिचान News Polar त्रिपुरेश्वरमा आत्मदाहको प्रयास गरेका दोङको निधन, कीर्तिपुर अस्पताल परिसरमा तनाव (तस्बिरहरु) News Polar भोटेकोसी बाढी प्रभावितलाई एनडीआरएफद्वारा राहत सामग्री वितरण News Polar धनकुटाको विद्यालयमा सुनिल शर्माको पाँच करोड सहयोग, १ सय जनालाई केएमसीमा निःशुल्क उपचार गर्ने News Polar भोटेकोशी बाढीपीडितको पुनःस्थापनाका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान News Polar बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालका ६ सदस्य नियुक्त News Polar समाज कल्याण परिषद्को स्थापना दिवसमा मन्त्री बादीको शुभकामना News Polar भोटेकोशी बाढीपछि नुवाकोट : भग्नावशेषबीच फर्किंदै गरेको दैनिकी-फोटो फिचर News Polar मलेसियामा नेपाली श्रमिकमाथिको सिन्डिकेट हटाउन प्रधानमन्त्री शाहको पहल News Polar प्रारम्भिक मतदाता नामावली प्रकाशित, विवरण सच्याउन र दाबी–विरोधका लागि असोज १२ सम्मको म्याद News Polar प्रभु बैंकले ल्यायो ‘प्रभु प्रवासी समृद्धि योजना २०८३/८४’

एमालेको झगडा संसदीय समितिमा, नेता नेपाल र सांसद रानाबीच चर्काचर्की (भिडियो सहित)

एमालेको झगडा संसदीय समितिमा, नेता नेपाल र सांसद रानाबीच चर्काचर्की (भिडियो सहित)
अ+ अ-

काठमाडौं । नेकपा एमाले भित्रको आन्तरिक कलह संसदीय समितिको बैठकहरुमा पनि देखिन थालेको छ । 

प्रतिनिधिसभा पुनःस्थापना भएपछि बसेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा  नेकपा एमालेका बरिष्ठ नेता तथा सांसद माधव कुमार नेपाल र एमालेकै अर्का सांसद नारदमुनी राना बीच भनाभन भएको छ । 

बैठकमा नेता नेपालले संसद पुनःस्थापना भएकोमा खुसी व्यक्त गर्दे सबैलाई धन्यबाद दिनु भएको थियो । बैठकपछि बोल्नु भएका एमाले सांसद नारदमुनी रानाले संसद्लाई जनताले नभई सर्वोच्च अदालतले पुनःस्थापना गरेको भन्दै  संसद् चाहिनेहरू वैशाख २७ गते प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिइरहेका बेला कहाँ थिए भनी प्रश्न गर्नुभयो । 

रानाले प्रश्न गरेलगत्तै आक्रोशित बन्नु भएका नेता नेपालले उहाँलाई प्रतिगमनको मतियार भन्दै बैठक छाडेर जान चेताबनी दिनुभयो । 

उहाँहरुबीच भनाभन भइरहेका बेला एमाले कै अर्का सांसद दिपकप्रकाश भट्टले पनि आक्रोशित हुदै रानाको भनाई प्रतिबाद गरेपछि समितिको बैठक निकै तनावपूर्ण बनेको थियो ।