७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar नागरिक कोषको रकम रियल इस्टेटमा लगानी गर्ने प्रस्ताव संविधानविपरीत : सांसद तामाङ News Polar चीनद्वारा नास्टलाई डीएनए परीक्षणका उपकरण र प्रविधि हस्तान्तरण News Polar कृषि यान्त्रीकरण प्रवर्द्धनका लागि बागमती सरकारसँग नामियाको ११ बुँदे माग News Polar मदन भण्डारी स्पोर्ट्स एकेडेमीले बुटवलमा अन्तर्राष्ट्रियस्तरको भलिबल प्रतियोगिता आयोजना गर्ने News Polar इन्द्रजात्राको सुरुवात: हनुमानढोका परिसरमा सांस्कृतिक प्रस्तुति -फोटो फिचर News Polar नागरिकको बचत उत्पादनशील क्षेत्रमा परिचालन गर्न सांसदहरूको जोड News Polar इक्यान झापाद्वारा विपद् राहत कोषमा दश लाख प्रदान News Polar रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी विधेयक संसद्मा दर्ता News Polar नागरिकको जीवनलाई फेरि सामान्य लयमा फर्काउनु राज्यको सर्वोच्च जिम्मेवारी News Polar प्रतिनिधि सभामा फोहोरमैला व्यवस्थापन विधेयक पेश, चक्रीय अर्थतन्त्रको अवधारणामा जोड News Polar मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई News Polar सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने News Polar विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त News Polar बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु News Polar मुख्यमन्त्री आचार्यद्वारा सतर्कता अपनाउन आग्रह News Polar भोटेकोशी–त्रिशूली बाढीपीडितको उद्धार, राहत र पुनर्निर्माण सरकारको उच्च प्राथमिकतामा : मन्त्री श्रेष्ठ News Polar बीसौँ एसियाली खेलकुदमा नेपालले पदकको खाता खोल्यो News Polar भोटेकोशी बाढीका बेपत्तालाई मृतकसरह कानुनी मान्यता दिन सरकारसँग दुलालको माग News Polar नव नेपाल निर्माणको सङ्कल्पका साथ प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसङ्घमा

ओलम्पिकमा ५७ वर्षः सहभागितामा सीमित

ओलम्पिकमा ५७ वर्षः सहभागितामा सीमित
अ+ अ-

काठमाडौं । खेलकूदको महाकुम्भ हो ओलम्पिक । यसैले हरेक खेलाडीको ओलम्पिक खेल्ने सपना हुन्छ । यसमा सहभागी हुने मात्र खेलाडीको इच्छा हुन्न । सहभागिता जनाउने खेलाडी हरसम्भव पदक चुम्ने प्रयास गर्छ ।  सपना देख्दैमा र इच्छा हुँदैमा पदक प्राप्त गर्न भने सम्भव छैन । 

खेलाडीको आफ्नो मेहनतले मात्र पदक पाउन कठिन छ । यसका लागि राज्यको लगानी आवश्यक छ । नेपाली खेलाडीले सन् १९६४ को टोकियो ओलम्पिकदेखि सहभागिता जनाउन थालेका हुन् । हालसम्म नेपाली खेलाडीले पदक प्राप्त गर्न भने सकेका छैनन् ।  ओलम्पिक सहभागितामा मात्र सीमित बनेको छ । 

सन् १९८८ को दक्षिण कोरियाको सिउलमा भएको ओलम्पिकमा सहभागी कञ्चनपुरका बक्सर विष्णुुबहादुर सिंहले भने एउटा बाउट जित्नुभएको थियो । सो ओलम्पिकमा उहाँसँगै डम्बरदत्त भट्ट पनि सहभागी हुनुभएको थियो । हाल सुदूरपश्चिम खेलकुद प्रशिक्षण विभागको नेतृत्वमा रहनुभएका ओलम्पियन सिंहले सिउल ओलम्पिकमा पाराग्वेका खेलाडीलाई पराजित गर्नुभएको थियो । । 

सोही संस्करणमा सहभागी तेक्वान्दोका खेलाडी विधान लामाले कास्य पदक जित्नुभए पनि त्यो बेला तेक्वान्दो प्रदर्शनी खेलका रुपमा मात्र समावेश भएकाले त्यसले पदकको मान्यता पाउन सकेन् । बक्सिङका वरिष्ठ प्रशिक्षक एवं ओलम्पियन विष्णुबहादुर सिंहले सिउल ओलम्पिकमा पहिलो खेल पाराग्वेका खेलाडीलाई पराजित गर्नुभएको थियो । “दोस्रो खेल अमेरिकासित परेको थियो”, उहाँले भन्नुभयो, “खेल्दै गर्दा दोस्रो राउण्डमा रेफ्रीले खेल नै रोके ।” उहाँले दोस्रो खेलमा रेफ्री अलमलमा पर्दा आफ्नो खेल अधुरैमा रोकिएको बताउनुभयो । “रिङको कर्नरमा लगेर प्रहार गरिरहेको थिए ।” उहाँले भन्नुभयो, “रेफ्रीले मलाई खेल्न नसक्ने भन्दै खेल नै रोके ।”

उहाँले ओलम्पिकमा सहभागी हुनुपुर्व दुई महिना थाइल्याण्डमा बन्द प्रशिक्षणमा बसेको बताउनुभयो । “नेपालबाट बन्द प्रशिक्षणका लागि बक्सिङ खेलका सात जना गएका थियौँ”, सिंहले भन्नुभयो, “दुई जना खेलाडीको स्तर नपुगेको भन्दै नेपाल फर्कादिएको थियो ।” उहाँले नेपाली खेलाडीले पदक जित्ने आशा लिए पनि स्तर भने नपुगेको बताउनुभयो ।

“अरुहरुको चार वर्षे, आठ वर्षे तालिम योजनासहित खेलाडी प्रशिक्षणमा हुन्छन्”, उहाँले भन्नुभयो, “हाम्रो तालिमको स्तर नै पुग्दैन ।” उहाँले खेलाडीलाई वैदेशिक प्रशिक्षण तथा अन्तरराष्ट्रियस्तरका प्रतियोगितामा सहभागी गराइराख्नुपर्नेमा जोड दिनुभयो ।

“हरेक खेलाडीले ओलम्पिक खेल्ने चाहना राख्नसक्छन्”, सिंहले भन्नुभयो, “तर बक्सिङमा हामीपछि अहिलेसम्म नेपाली बक्सर पुग्न सकेका छैनन ।” यसैगरी डडेल्लधुराकी सरस्वती भट्टराई रियो ओलम्पिकमा एथ्लेटिक्समा सहभागी हुनुभएको थियो । हाल उनी त्रिभुवन आर्मी क्लबमा आबद्ध छिन् । त्यसैगरी सोल ओलम्पिकमा सहभागी अर्का बक्सर डम्बरदत्त भट्ट नेपाली खेलाडीहरुको स्तर पदक जित्ने अझै भइनसकेको बताउनुभयो । “अहिले सहभागिता मात्रै होला जस्तो छ”, उहाँले भन्नुभयो, “योजना बनाएर खेलाडीलाई प्रशिक्षणमा गराउन सकिएको छैन ।” उहाँले खेलाडीलाई सधैँ बन्द प्रशिक्षण आवश्यक रहने बताउनुभयो ।

“उदायमान खेलाडीलाई छुट्टै राखेर अध्ययापनलगायतका प्रबन्ध मिलाउनुपर्छ”, उहाँले भन्नुभयो, “राष्ट्रियस्तरको प्रदर्शनले मात्रै बाहिरका प्रतियोगितामा पदकको आश गर्नु बेकार कुरो हो ।” खेलकूदको उर्वरभूमि सुदूरपश्चिम प्रदेशबाट ओलम्पिकसम्मको यात्रा तय गर्ने खेलाडीमा दिपक विष्ट पनि हुनुहुन्छ । उहाँले सन् २००८ को बेइजिङ ओलम्पिकमा तेक्वान्दो खेलमा सहभागिता जनाउनुभएको थियो । हाल टोकियो ओलम्पिकमा सहभागी पौडीकी गौरिका सिंहको पुर्खौली घर सुदूरपश्चिमको बझाङ हो । 

स्वदेशको प्रशिक्षणको मात्र भरपर्नु परिरहेको ओलम्पियन दिपक विष्ट बताउनुहुन्छ । स्वदेशको प्रशिक्षणले मात्र पदक प्राप्त सहज नहुने हुँदा सरकारले खेलाडीलाई विदेशमा प्रशिक्षणाको व्यवस्था गर्नुपर्नेमा उहाँको जोड छ । ओलम्पिक यात्राको ५७ वर्षपछि नेपालका पाँच खेलाडी हाल टोकियोमा जारी ३२औँ गीष्मकालीन ओलम्पिकमा प्रतिस्पर्धा गरिरहेका छन् । 

प्रत्येक चार वर्षमा हुने ओलम्पिक यसपटक कोरोना भाइरसको महामारीका कारण एक वर्ष ढिला शुरु भएको हो । कोरोनाका कारण खेल स्थलमा दर्शकलाई प्रतिबन्ध लगाइएको छ । टोकियो ओलम्पिकमा ३३९ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुँदैछ । यसका लागि ११ हजार ९१ खेलाडी खेल मैदानमा छन् । नेपालबाट पौडीमा गौरिका सिंह र एलेक्स शाह, एथ्लेटिक्समा सरस्वती चौधरी, सुटिङमा कल्पना परियार र जुडोमा सोनिया भट्टले सहभागिता जनाउनुभएको छ । 

–शेरबहादुर सिंह