२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले स्कटल्याण्डलाई दियो १३८ रनको लक्ष्य



अ+ अ-

काठमाडौं । आईसीसी विश्वकप लिग टूको त्रिदेशीय सिरिज अन्तर्गत नेपालले स्कटल्याण्डलाई जितका लागि १ सय ३८ रनको लक्ष्य दिएको छ ।

नामिबीयाको युनाईटेड क्रिकेट ग्राउण्डमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४० ओभर १ बलमा अलआउट हुँदै १ सय ३७ बनायो ।

नेपालका लागि गुलसन झाले सर्वाधिक २९ रन बनाए । यस्तै, ज्ञानेन्द्र मल्लले २५ रन बनाए भने अर्जुन साउद १८ तथा कप्तान रोहित पौडेल १७ रन जोडे ।

त्यसैगरी, आरिफ शेखले १० रनमा आउट भए भने बाकिँ ६ ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

स्कटल्याण्डका क्रिस सोलले उत्कृष्ट खेल प्रर्दशन गरे । सोलले ३ विकेट लिए भने मार्क वाटले २ विकेट लिए । मिचेल लेग्स,ब्राण्डन म्याकमुलेन,सफियान सरिफले समान १र१ विकेट लिए ।

आईसीसी विश्वकप लिग टु अन्तर्गतको त्रिदेशीय सिरिजमा नेपाल, नामिबीया र स्कटल्याण्डको सहभागीता रहेको छ । यस सिरिजमा आज दुबै देशले दोस्रो खेल खेल्न लागेका हुन् । स्कटल्याण्डले पहिलो खेलमा नामिबियालाई पराजित गरेको थियो । नेपालले भने बर्षाले खेल अबरुद्ध भएपछि घरेलु टोली नामिबियासँग अंक बाडेको थियो ।