१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar नियन्त्रित लोकतन्त्र नेपाली जनतालाई स्वीकार्य हुँदैन : शरतसिंह भण्डारी News Polar रेशम चौधरीको प्रश्न : गणतन्त्रसँगै हाम्रो पहिचान र धर्म किन साटियो ? News Polar दशौं राष्ट्रिय खेलकुद सर्दैन, ढुक्क हुनुस् : मन्त्री पोखरेल News Polar कांग्रेस हल्लाले होइन, त्याग र संघर्षले स्थापित भएको हो : राई News Polar भारतीय राष्ट्रिय कांग्रेस र नेपाली कांग्रेसबीच लोकतान्त्रिक सहकार्यको लामो इतिहास छ : अध्यक्ष खड्गे News Polar राजनीतिलाई पद प्राप्त गर्ने माध्यम होइन, राष्ट्रप्रतिको जिम्मेवारीका रूपमा बुझ्नुपर्छ : भण्डारी News Polar विदेशी राजनीतिक दल र नेताबाट कांग्रेस महाधिवेशनलाई शुभकामना News Polar स्थानीय तहमै पुगेर युवालाई रोजगारीसँग जोड्दै सीप तथा रोजगार मेला News Polar दाउन्ने बस दुर्घटनाः मामा भान्जाको निधनले एलगाउँवासी शोकमग्न News Polar बेत्रावतीको बेलीब्रिज दसैँअघि सञ्चालनमा आउने News Polar घिमिरेको प्रश्न– ‘अन्तिम पंक्तिमा उभिएको नागरिकको जीवन बदल्न सक्यौँ त ?’ News Polar काँग्रेसको १५ औँ महाधिवेशन केवल पद बाँडफाँटका लागि होइन, आत्मसमीक्षा र पुनर्जागरणको थलो बन्नुपर्छः उपसभापति भुसाल News Polar कांग्रेस महाधिवेशनमा सहभागी हुन खुलामञ्च पुगे रवि लामिछाने News Polar दसैँ नजिकिएसँगै काठमाडाैँका खुला बजारमा बढ्यो ग्राहकको चहलपहल News Polar आदिवासी जनजाति क्लस्टरबाट केन्द्रीय सदस्यमा विजय सम्बाहाम्फेको उम्मेदवारी News Polar कांग्रेसको १५औँ महाधिवेशनमा खुलामञ्च भरिभराउ, शीर्ष नेताको उपस्थिति News Polar तनहुँमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु News Polar कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन प्रचण्ड खुलामञ्च पुगे News Polar कांग्रेस सभापति थापाको राजनीतिक प्रतिवेदन : सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव News Polar ‘मानिसमा सर्ने अधिकांश रोगको स्रोत पशु’

बागलुङ सिगानाका सुन्तला बोटबाटै बिक्री

बागलुङ सिगानाका सुन्तला बोटबाटै बिक्री
अ अ+ अ-

गलकोट । सुन्तला गाउँका नामले परिचय बनाएको बागलुङ नगरपालिका–८ सिगानामा बोटबाटै सुन्तला बिक्री हुन थालेको छ । सिगानाका यामबहादुर केसीले आफ्ना एक दर्जन सुन्तलाका बोटलाई एकमुष्ठ रु ४५ हजारमा पोखराका व्यापारीलाई बिक्री गर्नुभयो । सुन्तला व्यापारीले बोटबाटै टिपेर सुन्तला लैजाने गरी सिगानाका अधिकांश सुन्तला किसानले सम्झौता गर्ने गरेका छन् भने केहीले आफै टिपेर पोखरा पठाउने गरेका छन् ।

केसी मात्रै होइन् सिगानाका सुन्तला किसान टोपबहादुर केसीले आफ्नो सुन्तला बगान रु दुई लाखमा व्यापारीलाई बिक्री गर्ने सम्झौता गरिसक्नुभयो भने अर्का किसान लेखनाथ गौतमले रु एक लाख ८० हजारमा आफ्नो बगानमा रहेका सुन्तला बिक्री गर्नुभयो । सिगानाका अगुवा सुन्तला किसान रामबहादुर खड्काले यसपटक गत वर्षको तुलनामा सुन्तलाको उत्पादन बढेको बताउनुभयो । उहाँले गतवर्ष रु तीन लाखको सुन्तला बिक्री गरेकामा यसवर्ष रु चार लाखको सुन्तला बिक्री गर्ने लक्ष्य राख्नुभएको छ ।

उहाँका अनुसार यहाँका किसानले बोटबाटै सुन्तला बिक्री गर्ने गरेको र थोरैले मात्रै आफै टिपेर बिक्री गर्ने गरेका छन् । “यस वर्ष केही नयाँ सुन्तलाका बिरुवाले उत्पादन दिए, सुन्तलामा औंशा कीराको प्रभाव कम देखियो गत वर्षको तुलनामा”, खड्काले भन्नुभयो, “१५ क्विन्टल सुन्तला विद्युतीय शीत भण्डारण गृहमा राखेको छु, मूल्य राम्रो पाएपछि बिक्री गर्ने हो, अरु सुन्तला टिपेर सिधैँ पोखरा पठाउने लक्ष्य छ ।”

खड्काका अनुसार सिगानाका सुन्तला पोखरामा बढी माग हुने गरेकाले व्यापारी सिधैँ यहाँ आएर बोटबाटै सुन्तला खरिद गरेर लैजाने गर्दछन् । सुन्तला उत्पादनको आधा आफै टिपेर पोखरा पु¥याएको अर्का सुन्तला किसान अनन्तबहादुर खड्काले बताउनुभयो । उहाँको सुन्तला बगैँचामा दुई बोटमा लटरम्म सुन्तला पाकेका छन् ।

आफै टिपेर पोखरा पु¥याउँदा नाफा बढी हुने उहाँको भनाइ छ । खड्काले किसानले सुन्तलाको उचित मूल्य नपाए पनि बजारमा सुन्तलाको भाउमा वृद्धि भएको बताउनुभयो । “बोटबाटै सुन्तला बिक्री गर्दा प्रतिकिलो रु ४० देखि ४५ पर्न जान्छ, आफै टिपेर लैजादा प्रतिकिलो ५० पर्न जान्छ”, उहाँले भन्नुभयो, “सुन्तलाका राम्रो दानालाई पोखरामा अहिले प्रतिकिलो रु एक सय ४० पर्न जान्छ, ढुवानी गर्नमै धेरै रकम खर्च हुन्छ, सुन्तला टिप्नेको ज्याला बढ्यो, तर सुन्तलाको मूल्य किसानको बगैँचामा बढेन ।”

सिगानाका किसानले सुन्तला बिक्रिबाटै वार्षिक रुपमा रु दुईदेखि तीन करोड भित्र्याउँदै आएका छन् । सुन्तला बगैँचा विस्तार, मलजल र राम्रो मौसमका कारण एकै गाउँ सिगानामा अहिले गत वर्षभन्दा धेरै सुन्तला उत्पादन भएको किसानले बताएका छन् । सुन्तलाको पकेट क्षेत्रका रुपमा रहेको सो गाउँमा यस वर्ष २० प्रतिशत सुन्तला उत्पादनमा वृद्धि भएको छ भने सिगानामा राम्रो फल दिने १३ हजारभन्दा बढी बोट रहेका छन् ।

पाँच वर्षमा सिगानामा १० हजार सुन्तलाका नयाँ बिरुवा थपिएकाले वर्सेनि सुन्तला उत्पादनमा वृद्धि हुने बताइएको छ । उपयुक्त हावापानी भएका कारण सिगानामा सुन्तला रोपेको तीन वर्षमै उत्पादन दिन थालेको सुन्तला किसान तथा निर्वतमान वडाध्यक्ष राजन जिसीले जानकारी दिनुभयो । सिगानाका अधिकांश किसान अन्य खेती छोडेर सुन्तला खेतीमा आर्कषित हुन थालेका छन् ।

सिगाना गाउँमा सम्बन्धित निकायबाट प्राविधिक र व्यवस्थापकीय सहयोग भएमा सुन्तलाखेती अझै बढाउने सोचमा किसान छन् । सुन्तला खेतीलाई आवश्यक मल तथा औषधि उपचारमा स्थानीय निकायबाट सहयोग नपाएको यहाँका किसानले गुनासोसमेत गर्दै आएका छन् । अन्न बालीभन्दा सुन्तला खेती गर्दा नगद आम्दानी हुन थालेपछि किसान सुन्तला खेतीतर्फ आकर्षित हुँदै गएका हुन् । सिगानासँगै बिहुँ, तित्याङ, भकुण्डे, लेखानी, दमेक र सर्कुवा लगायतका ठाउँ सुन्तला खेतीका लागि उर्वर मानिन्छन् ।