१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar नियन्त्रित लोकतन्त्र नेपाली जनतालाई स्वीकार्य हुँदैन : शरतसिंह भण्डारी News Polar रेशम चौधरीको प्रश्न : गणतन्त्रसँगै हाम्रो पहिचान र धर्म किन साटियो ? News Polar दशौं राष्ट्रिय खेलकुद सर्दैन, ढुक्क हुनुस् : मन्त्री पोखरेल News Polar कांग्रेस हल्लाले होइन, त्याग र संघर्षले स्थापित भएको हो : राई News Polar भारतीय राष्ट्रिय कांग्रेस र नेपाली कांग्रेसबीच लोकतान्त्रिक सहकार्यको लामो इतिहास छ : अध्यक्ष खड्गे News Polar राजनीतिलाई पद प्राप्त गर्ने माध्यम होइन, राष्ट्रप्रतिको जिम्मेवारीका रूपमा बुझ्नुपर्छ : भण्डारी News Polar विदेशी राजनीतिक दल र नेताबाट कांग्रेस महाधिवेशनलाई शुभकामना News Polar स्थानीय तहमै पुगेर युवालाई रोजगारीसँग जोड्दै सीप तथा रोजगार मेला News Polar दाउन्ने बस दुर्घटनाः मामा भान्जाको निधनले एलगाउँवासी शोकमग्न News Polar बेत्रावतीको बेलीब्रिज दसैँअघि सञ्चालनमा आउने News Polar घिमिरेको प्रश्न– ‘अन्तिम पंक्तिमा उभिएको नागरिकको जीवन बदल्न सक्यौँ त ?’ News Polar काँग्रेसको १५ औँ महाधिवेशन केवल पद बाँडफाँटका लागि होइन, आत्मसमीक्षा र पुनर्जागरणको थलो बन्नुपर्छः उपसभापति भुसाल News Polar कांग्रेस महाधिवेशनमा सहभागी हुन खुलामञ्च पुगे रवि लामिछाने News Polar दसैँ नजिकिएसँगै काठमाडाैँका खुला बजारमा बढ्यो ग्राहकको चहलपहल News Polar आदिवासी जनजाति क्लस्टरबाट केन्द्रीय सदस्यमा विजय सम्बाहाम्फेको उम्मेदवारी News Polar कांग्रेसको १५औँ महाधिवेशनमा खुलामञ्च भरिभराउ, शीर्ष नेताको उपस्थिति News Polar तनहुँमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु News Polar कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन प्रचण्ड खुलामञ्च पुगे News Polar कांग्रेस सभापति थापाको राजनीतिक प्रतिवेदन : सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव News Polar ‘मानिसमा सर्ने अधिकांश रोगको स्रोत पशु’

कतार विश्वकपः यस्तो छ आज हुने सम्पूर्ण खेलको लेखाजोखा

कतार विश्वकपः यस्तो छ आज हुने सम्पूर्ण खेलको लेखाजोखा
अ अ+ अ-

एजेन्सी । कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत आज बुधबार ४ खेल हुँदैछन् । समूह ‘डी’ र समूह ‘सी’का टिमले आज अन्तिम खेल खेल्न लागेका हुन् । समूह ‘डी’को पहिलो खेलमा अष्ट्रेलिया र डेनमार्कबीच भिडन्त हुँदैछ भने ट्युनिसियाको टोलीले फ्रान्ससँग खेल्नेछ ।

यसपछि समूह ‘सी’ मा अर्जेन्टिनाले पोल्याण्डको सामना गर्नेछ भने साउदी अरेबियाले मेक्सिकोसँग खेल्नेछ । अष्ट्रेलिया र डेनमार्कबीच तथा ट्युनिसिया र फ्रान्सबीचको खेल नेपाली समयानुसार ८ः४५ बजे सुरु हुनेछ । यस्तै, अर्जेन्टिना र पोल्याण्ड तथा साउदी अरेबिया र मेक्सिकोबीचको खेल मध्यरात ००ः४५ बजे सुरु हुनेछ ।

अष्ट्रेलियाको नजर अन्तिम १६ मा
अष्ट्रेलियाको टोली डेनमार्कविरुद्धको खेल जितेर अन्तिम १६ मा आफ्नो स्थान पक्का गर्न चाहन्छ । फ्रान्ससँग ४–१ गोलले हार बेहोरेको अष्ट्रेलियाले ट्युनिसियाविरुद्ध भने १–० गोलको साँघुरो जित निकालेको थियो । डेनमार्कलाई हराएर अष्ट्रेलिया सेमिफाइनलमा आफ्नो स्थान पक्का गर्न चाहन्छ ।

यता, फ्रान्ससँग २–१ गोलले पराजित भएको डेनमार्कले ट्युनिसियासँग गोलरहित बराबरी खेलेको थियो । डेनमार्क पनि अष्ट्रेलियालाई हराएर नकआउटमा पुग्ने प्रयास गर्नेछ ।

अपराजित रहँदै नकआउटमा पुग्ने फ्रान्सको दाउ
यसअघि नै अन्तिम १६ मा प्रवेश गरिसकेको फ्रान्सले फिफा विश्वकपमा समूह ‘डी’ को खेलमा आज ट्युनिसियासँग खेल्दैछ । फ्रान्सले ट्युनिसियालाई हल्का रूपमा लिन चाहँदैन । किनभने फ्रान्स आफ्नो जितको सिलसिला जारी राख्न चाहन्छर समूहको शीर्ष स्थानमा रहने लक्ष्यमा हुनेछ ।

फ्रान्सले अघिल्लो खेलमा अष्ट्रेलियालाई ४–१ र डेनमार्कलाई २–१ ले हराएर अन्तिम १६ को टिकट काटेको थियो । अर्कोतर्फ ट्युनिसियाको टोली समूहको पुछारमा चौथो स्थानमा छ । टोलीले एक खेल पनि जित्न सकेको छैन र पहिलो जितको प्रतिक्षामा छ ।

मेसी प्रेरित अर्जेन्टिनाको अन्तिम १६ मा पुग्ने लक्ष्य
फिफा विश्वकपको समूह ‘सी’ मा रहेको अर्जेन्टिनाले आज पोल्याण्डको सामना गर्दैछ । सबैको नजर फेरि एकपटक सुपरस्टार फरवार्ड लियोनल मेसीमा हुनेछ जसले मेक्सिकोविरुद्ध अर्जेन्टिनालाई २–० गोलको जित दिलाए । उनले मेक्सिकोविरुद्ध गोल गर्नुका साथै एन्जो फर्नान्डेजलाई असिस्ट पनि गरेका थिए ।

पोल्याण्डलाई हराएसँगै अर्जेन्टिना अन्तिम १६ मा पुग्ने पक्का छ । टोलीले मेसीबाट उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा गर्नेछ । यसबाहेक मेसीको अगाडि पोल्याण्डका कप्तान रोबर्ट लेवान्डोस्की हुनेछन् र दुवै स्टार फरवार्डले आफ्नो अन्तिम विश्वकप खेलिरहेका छन् ।

दुवैले आ–आफ्नो टोलीलाई विजयी बनाउन कुनै कसर बाँकी राख्नेछैनन् । समूह ‘सी’ मा अर्जेन्टिनाको अर्को चरणमा पुग्ने सम्भावना धेरै छ । अर्जेन्टिना पराजित भए पनि नकआउटको दौडमा रहन सक्छ । बराबरी भएको खण्डमा अर्जेन्टिना या त पोल्याण्डलाई पछि पार्नेछ वा साउदी अरेबिया र मेक्सिकोले उसलाई घर पठाउनेछ ।

अर्कोतर्फ पोल्याण्डले लेवान्डोस्कीबाट राम्रो प्रदर्शनको आशा गर्नेछ । ३४ वर्षीय लेवान्डोस्कीले साउदी अरेबियाविरुद्धको खेलमा गोल गरेका थिए । पोल्याण्डसँग सन् १९८६ पछि नकआउटमा पुग्ने अवसर रहेको छ ।

साउदी अरेबियालाई पनि नकआउट पुग्ने मौका
अर्जेन्टिनालाई हराएर उच्च मनोबल बोकेको साउदी अरेबियालाई पनि समूहको अन्तिम खेल जितेर नकआउट पुग्ने अवसर छ । साउदीले पोल्याण्डसँगको दोस्रो खेलमा हार बेहोरेको थियो । उसले दुई खेलमा तीन अंक जोडेको छ ।

यदि साउदीले आफ्नो अन्तिम खेल जित्यो भने नकआउट चरणमा पुग्नेछ । यस्तो अवस्थामा अर्जेन्टिना र पोल्याण्डको विजेता टोली अर्को चरणमा पुग्नेछन् । अर्कोतर्फ साउदी अरेबियाले खेल गुमाएको खण्डमा भने समूहका बाँकी तीन टोलीका लागि नकआउटको ढोका खुला हुनेछ ।

मेक्सिकोले यस विश्वकपमा कुनै पनि खेल जित्न सकेको छैन । यस्तो अवस्थामा साउदी अरेबिया मेक्सिकोलाई हराएर अन्तिम १६ मा पुग्न चाहन्छ ।