१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

काभ्रे २ मा गोकुल बाँस्कोटा एक हजार १३६ मतले अगाडि



अ+ अ-

काभ्रे । काभ्रे निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेका गोकुल बाँस्कोटाले अग्रता कायम गरेका छन् । उनले नेपाली कांग्रेसका शिवप्रसाद हुमागाईंलाई एक हजार १३६ मतले पछि पार्दै अग्रता कायम गरेका हुन् ।

पछिल्लो मतपरिणामअनुसार बाँस्कोटाले २४ हजार १०८ मत ल्याउँदा कांग्रेसका हुमागाईंले २२ हजार ९७२ मत ल्याए ।

त्यस्तै , राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईंले ६ हजार ५८३ मत ल्याएका छन् ।