२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ब्याडमिन्टनमा इन्डोनेसियाको जोडीलाई स्वर्ण



अ+ अ-

काठमाडौं । जापानमा जारी टोकियो ओलम्पिकमा चीनले अग्रतालाई अझ फराकिलो बनाएको छ । सोमबार ब्याडमिन्टन महिला युगलको स्वर्ण पदक इन्डोनेसियाका ग्रेसिया पोली र रहायु अप्रीयानीको जोडीले जितेको छ । सो जोडीले चीन चीनका चेन क्वीन र यी फानको जोडीलाई हराएको हो । सो स्पर्धामा दक्षिण कोरियाका किम सोयंग र को होयोंगको जोडीले काश्य पदक पायो । 
एथलेटिक्समा महिला १०० मिटर हर्डल्समा प्युरेटीकाकी जस्मिन क्वीन कमाचोले स्वर्ण, अमेरिकाकी केन्द्रा ह्यारिसनले रजत तथा जमैकाकी मेघान टपरले कास्य पदक पाए ।

पुरुष हाई जम्पमा ग्रीसका टेन्टगोलाउ मेटासीसले स्वर्ण तथा क्युबाका इचेभारियाले कास्य पदक पाए । क्युबाकी मासो मकायलले कास्य पदक पाए । एथलेटिक्समा  साँझको सत्रमा महिला डिस्कस  थ्रो, पुरुष ३ हजार मिटर स्टीपल चेज  र महिला ५हजार मिटर दौडको स्पर्धा सोमबार हुने छ । यी तीन  पदकको टुङ्गो लाग्दा दुई मध्यम दुरीका दौडमा अफ्रिकी महादेशका खेलाडीको पकड रहने सम्भावना प्रबल रहेको छ । 

सोमबार नै जिम्न्यास्टिकमा पुरुषमा भोल्ट र रिङ तथा महिलामा फ्लोरको स्पर्धा हुने छ । फ्लोरमा लामो समय अमेरिकी स्टार सिमोन वाइल्सको पकड रहेको थियो । उनको अनुपस्थितिमा फ्लोरको  उपाधि होड खुला भएको छ । 

ट्र्याक साइक्लिङमा महिला स्प्रीन्टको स्वर्ण पदकको टुङ्गो सोमबार लाग्ने छ । यो स्पर्धामा युरोपेली खेलाडीकै प्रभाव रहने छ  । इक्वेस्ट्रियनमा जम्पीङ टिम र व्यक्तिगत इभेन्टीङ जम्पको फाइनल हुने छ । सेलिङमा महिला स्कीफ र पुरुष स्कीफको पदको टुङ्गो लाग्ने छ । सुटिङमा पुरुषको २५ मिटर रेपिड फाइर पिस्तोलको फाइनल हुने छ ।  यसै गरी ,५० मिटर राइफल थ्री पोजीसनको पनि फाइनल हुने छ । 

भारोत्तोलनको महिला ८७ किलो र ८७ किलो भन्दा माथिको स्पर्धामा फाइनल हुने छ  भारोत्तोलनमा चीनलाई बलियो मानिएको छ । रेस्लिङमा ग्रीको रोमन पुरुष ६० किलोको  फाइनल हुने छ  । जापानका केन्चीरो फुमीता र क्युबाका ओर्टा साचेज बिच यो स्पर्धामा उपाधि भिडन्त  हुने छ । फ्रिस्टाइल ७६ किलो समूहमा पाँच पटककी अमेरिकी च्याम्पियन एडलीन ग्रेले जर्मनीकी रोटर फोकनको सामना  गर्ने छिन् । 

महिला फुटबलको सेमिफाइनल खेल पनि सोमबार साँझ हुने छ । अमेरिकाले क्यानडाको सामना गर्ने छ भने स्विडेनले अस्ट्रेलियासँग खेल्ने छ । क्यानडाले यस अघि बलियो टोली ब्राजिललाई हराएको थियो ।