४ भाद्र २०८३, बिहीबार
,
Latest
ललितपुर महानगरपालिकाको काम प्रशंसनीय र उदाहरणीयः गृहमन्त्री गुरुङ यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर क्यान्सरका बिरामी तस्करीको औषधीमा निर्भर, अत्यावश्यक औषधी दर्तामा विभागको बेवास्ता चीन र अष्ट्रेलियाबीच मुद्रा तथा वित्तीय सहकार्य विस्तार इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु बगेर बेपत्ता भएका दुई किशोरको शव फेला सम्पादक श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुने राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर राव‍ल नियुक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्यासपछि पारसको योजनाः क्रिकेट व्यवस्थापनमा इच्छुक, छिट्टै क्रिकेट एकेडेमी खोल्ने(भिडियो सहित)



अ+ अ-

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले आगामी दिनमा आफु क्रिकेट व्यवस्थापनमा आउन इच्छुक भएको बताएका छन् । अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणापछि आज (बुधबार) पत्रकार सम्मेलन गर्दै उनले आगामी दिनमा क्रिकेट क्षेत्रमै रहेर काम गर्ने र आफुले छिट्टै क्रिकेट एकेडेमी खोल्ने पनि जानकारी दिए । पारसले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिए पनि घरेलु क्रिकेट भने खेल्ने योजना रहेको बताए ।

पत्रकार सम्मेलनमा बोल्दै पारसले आफ्नो जीवनकालमा नेपालले टेस्ट मान्यता प्राप्त गरोस् भन्ने चाहना रहेको र आउदो ८ १० बर्षमा नेपालले टेस्ट मान्यता पाएमा त्यो ठुलो उपलब्धि हुने बताएका थिए । पारसले थप्दै अहिलेको प्राथमिकता एकदिवसीय मान्यतालाई निरन्तरता दिने तर्फ हुनुपर्ने बताए ।

नेपाली क्रिकेट अहिलेको अवस्थासम्म आइपुग्नको लागी सबैको सहयोग र मिहिनेत रहेको पनि बताए । साथै पारसले चाँडै नै क्रिकेटमा सिकेका र भन्न नसकेका कुराहरुलाई समेटेर किताब लेख्ने योजना रहेको पनि सुनाए ।