काठमाडौं । आउँदो नोभेम्बर २० देखि कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि बेल्जियमले टिम घोषणा गरेको छ ।
बेल्जियमले केभिन डी ब्रुएनालाई समेट्दै बिहीबार विश्वकपका लागि २६ सदस्सीय टोलीको घोषणा गरेको हो ।
विश्वकपमा बेल्जियम समूह ‘एफ’ मा रहेको छ । बेल्जियमले नोभेम्बर २३ मा क्यानडाविरुद्ध खेल्दै विश्वकपको सुरुवात गर्नेछ । बेल्जियमको समूहमा यी दुई टोलीसहित मोरक्को र क्रोएसिया छन् ।