२७ भाद्र २०८३, शनिबार
,
Latest
अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने भारतद्वारा नेपाललाई पुल सहयोग ‘मधेसलाई अधिकार सम्पन्न बनाउन सडक संघर्ष आवश्यक छ’–उपेन्द्र यादव धोबीखोलामा जलसतह बढ्दो, सतर्क रहन आग्रह अमेरिकी नागरिकसहित बाढीपीडितको पहिचानका लागि नेपाल प्रहरीलाई अमेरिकाले १० लाख डलर सहयोग गर्ने ‘अधिकारका लागि निर्णायक आन्दोलन गर्न तयार हुनुपर्छ’–सिके राउत
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तान टि–२० विश्वकपको फाइनलमा, न्युजिल्यान्ड स्तब्ध



अ+ अ-

काठमाडौँ । पाकिस्तान आइसीसी टी–२० पुरुष क्रिकेट विश्वकपको फाइनलमा प्रवेश गरेको छ ।

अष्ट्रेलियाको सिड्नी क्रिकेट ग्राउन्डमा भर्खरै सम्पन्न सेमिफाइनलमा न्युजिल्यान्डलाई ७ विकेटले हराउँदै पाकिस्तान उपाधि नजिक पुगेको हो ।

न्युजिल्यान्डले दिएको १५३ रनको लक्ष्य पाकिस्तानले १९.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।

पाकिस्तानका लागि मोहम्मद रिजवानले ५७ तथा बाबर अजामले ५३ रनको अर्धशतीय ईनिङ्स खेले । यस्तै, मोहम्मद हरिशले ३० रनको योगदान दिए । न्युजिल्यान्डका ट्रेन्ट बोल्टले २ तथा मिचेल सान्टनरले एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ थालेको न्युजिल्यान्डले २० ओभरमा ४ विकेटको क्षतिमा १५२ रन जोड्यो ।

न्युजिल्यान्डका लागि डार्यल मिचेलले अविजित ५३ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै, कप्तान केन विलियम्सनले ४२ बलमा ४६ रन जोड्दा डेभन कोनवेले २० बलमा २१ रन जोडे । यस्तै, जेम्स निसम १२ बलमा १६ रनसहित अविजित रहे ।

पाकिस्तानका शाहिन अफ्रिदीले दुई तथा मोहम्मद नवाजले एक विकेट लिए ।

अब पाकिस्तानले उपाधिका लागि भोलि हुने इंग्ल्यान्ड र भारतबीचको खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । फाइनल खेल आइतबार दिउँसो १ः४५ बजे हुनेछ ।