१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

साफ यु-१५ महिला च्याम्पियनसिपः नेपाल र भुटान भिड्दै



अ+ अ-

काठमाडौँ । बंगलादेशमा जारी साफ यू–१५ महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज भुटानसँग प्रतिष्पर्धा गर्दैछ । नेपाल र भुटानबीचको खेल बुधवार दिउँसो सवा ४ बजे ढाकामा शुरु हुनेछ ।

नेपाल आफ्नो अपराजित यात्रालाई जारी राख्दै तेस्रो जितको खोजीमा मैदान उत्रिनेछ ।

नेपालले आफ्नो पहिलो खेलमा भुटानलाई ७–० गोलको फराकिलो अन्तरले पराजित गरेको थियो ।

दोस्रो खेलमा नेपालले आयोजक बंगलादेशलाई १–० गोलले हराएको थियो । २ खेलबाट ६ अंक जोडेको नेपाल तालिकाको दोस्रो स्थानमा छ । ३ खेल खेलेको बंगलादेश ६ अंकसहित शीर्ष स्थानमा छ ।