११ असार २०८३, बिहीबार
,
Latest
देशभर १० हजारभन्दा बढी एन्टि–रेबिज खोप मौज्दात, थप ४,५०० भायल आउँदै विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश महाधिवेशनले पार्टीलाई बलियो र एकीकृत बनाउँछ : सञ्चारमन्त्री तिमिल्सिना रास्वपाको पहिलो चरणको मतदान सकियो, पदाधिकारी चयनको प्रक्रिया अब सुरु हुने सरकारी आश्वासनपछि झापा–इलामका बन्द चिया उद्योग पुनः सञ्चालनमा रवि लामिछानेद्वारा रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा मतदान वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा रु दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन विपी राजमार्गमा पुनर्निर्मित ‘ट्रयाक’बाट यातायात सञ्चालनको तयारी अवैध डलर, सुन र चाँदीसहित भारतीय नागरिक काठमाडौंबाट पक्राउ फिफा विश्वकप २०२६ ः दक्षिण अफ्रिका विश्वकपको नकआउट चरणमा प्रवेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

नुवाकोट–१ मा राप्रपा नेपालकी उम्मेदवार न्यौपानेले एमालेलाई सहयोग गर्ने



अ+ अ-

काठमाडौं, २१ कात्तिक । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि नुवाकोट–१ बाट उम्मेदवारी दिएकी राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालकी उम्मेदवार पुष्पा न्यौपानेले आफ्नो उम्मेदवारी निस्क्रिय बनाएकी छिन् ।

आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर न्यौपानेले पार्टी अध्यक्ष कमल थापाको निर्देशनमा आफ्नो उम्मेदवारी निस्क्रिय बनाएको र नेकपा एमालेका उम्मेदवारलाई सर्मथन गरेको स्पष्ट पारिन् ।

प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएकी सोही क्षेत्रकी न्यौपानले भनिन्,‘पार्टीका अध्यक्ष स्वयं सुर्य चिन्हबाट चुनाव लडेको हुँदा, मैले आफ्नो उम्मेदवारी फिर्ता लिएर पार्टीको निर्देशनअनुसार नुवाकोट–१ का सुर्य चिन्ह लिएर उम्मेदवारी दिएका एमालेका उम्मेदवारहरुलाई समर्थन गर्दछु ।’

उनले केही प्रश्न भएमा पार्टीका केन्द्रीय अध्यक्ष थापासँग जवाफ लिन पनि आग्रह गरिन् ।