८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar एमालेद्वारा पुरानो संसद् पुनस्र्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्चलाई आग्रह News Polar २२ वर्षपछि काठमाडौंमा सम्यक् महादान आयोजना हुँदै News Polar स्रोतबाटै फोहोर वर्गीकरण अनिवार्य गरिने News Polar कुटीको जग्गाबाट विस्थापित गर्न खोजिएको भन्दै जनकपुरधाममा प्रदर्शन हुने News Polar ओलीले अध्यक्षबाट सम्मानजनक रूपमा नेतृत्वबाट विदा लिनुपर्ने प्रश्ताव केन्द्रिय कमिटीले स्वीकार गरेनः योगेश भट्टराई News Polar महिला कबड्डीमा नेपालले लगातार दोस्रो पटक काँस्य जित्यो News Polar असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अध्यक्ष दाहालको आग्रह News Polar विपद्मा बेपत्ता व्यक्तिको न्यायिक घोषणासहितका व्यवस्था गर्न विधेयक तयार News Polar राष्ट्रिय सभामा लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar कांग्रेसको १५औँ महाधिवेशनको लोगोमा बीपीदेखि देउवासम्मका तस्बिर, यस्तो छ नारा News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा चुस्तः ८ हजारभन्दा बढीले पाए उपचार News Polar पेट्रोलियममा परनिर्भरता घटाउन दीर्घकालीन पूर्वाधार निर्माणलाई प्राथमिकता : मन्त्री साह News Polar पेट्रोलियम आपूर्ति सुधार्न ‘फिसबोन डायग्राम’ र ‘क्रिटिकल पाथ मेथड’ प्रयोग गर्दैछौँ : मन्त्री साह News Polar टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन News Polar अत्यधिक वर्षाको सम्भावनापछि ट्रक व्यवसायीलाई सतर्क रहन महासंघको आग्रह News Polar भारी वर्षाको जोखिमपछि नारायणगढ–मुग्लिन सडकमा राति सवारी आवागमन बन्द News Polar ईश्वर पोखरेलसहित सात नेता एमालेको स्थायी कमिटीमा News Polar एमालेले विद्या भण्डारीलाई सम्मानित वरिष्ठ नेता बनाउने प्रस्ताव News Polar ओलीको राजनीतिक प्रतिवेदन तल्लो तहसम्म संप्रेषण गर्ने एमालेको निर्णय News Polar नामियाद्वारा भोटेकोशी बाढीपीडितका दोस्रो चरणको सहयोग कोषको खातामा

आज वैकुण्ठ चतुर्दशी मनाइँदै

आज वैकुण्ठ चतुर्दशी मनाइँदै
अ+ अ-

काठमाडौँ । प्रत्येक वर्ष कार्तिक शुक्ल चतुर्दशीका दिन मनाइने वैकुण्ठ चतुर्दशी पर्व आज स्नान, दान, जप, ध्यान गरी मनाइँदै छ ।

वैकुण्ठ चतुर्दशीमा नदीमा स्नान गरी जप, ध्यान एवं दान गर्दा पुण्य पाइने विश्वास छ । वैकुण्ठ चर्तुदशीमा भगवान् विष्णुको पूजा गरी रातमा जागरण गर्ने गरिन्छ । चर्तुदशीको सम्बन्ध शिव, विष्णु दुवैसित रहेको मानिन्छ । शिवसँग सम्बन्ध भएकोलाई शिव वैकुण्ठ र विष्णुसित सम्बन्ध भएकोलाई विष्णु वैकुण्ठ भनिन्छ । शिवपूजाको लागि अरुणोदयव्यापी चर्तुदशी उत्तम मानिएको छ भने उपवास ९व्रत० का लागि अहोरात्र (रातदिन) को अरुणोदय चर्तुदशीले युक्त दिनलाई उपयुक्त मानिएको छ ।

भगवान् विष्णुका धेरै नाममध्ये एक नाम वैकुण्ठ पनि हो । कुण्ठा नभएको ज्ञान वा स्थान जसको आश्रय छ त्यसलाई वैकुण्ठ भनिन्छ । यसैगरी जीवनलाई नियन्त्रण गर्ने र ज्ञान दिनेरुपमा जसको प्रसिद्धि छ त्यसलाई पनि वैकुण्ठ भनिन्छ । त्यस्तै महाभारतको शान्ति पर्वमा आफ्ना बहुसङ्ख्यक नामको व्युत्पति भगवान् स्वयंले बताउनुभएको छ ।

गतिनिरोधक गर्नेलाई विकुण्ठ भनिन्छ र त्यो सम्पादन गर्नेलाई वैकुण्ठ भनिन्छ । जगत् सृष्टि गर्ने क्रममा भगवान्ले पृथ्वीलाई जलसित आकाशलाई वायुसित र वायुलाई तेजका साथ अविचल हुने गरी मिलाएकाले उहाँको नाम वैकुण्ठ रहेको भन्ने पौराणिक मान्यता पनि छ ।

यस दिन सके पूजा गर्ने नसकेमा विष्णुका नाम मात्रको उच्चारणले पनि ठूलो पूण्य प्रदान गर्छ र आपत्विपत्बाट बचाउने विश्वास गरिन्छ । भगवान् विष्णुका सबै नाम ऐश्वर्य, स्वामित्व, व्यापकता, परोपकार, दुष्टदमन, लोकसंरक्षक आदि गुणको सम्बन्धले युक्त छ ।

धर्मराज युधिष्ठिरले भीष्मसित यस विषयमा धेरै कुरा सोधेको महाभारतको शान्तिपर्वमा उल्लेख छ । भीष्मले विष्णु स्तुति गर्दा वा जप्दा नै व्यक्ति सम्पूर्ण दुःखदेखि पार हुन सक्छ भनेर युधिष्ठिरलगायत पाँच पाण्डवलाई सम्झाएको वर्णन महाभारतमा छ । भीष्मले गरेको यो स्तुति गानको समय भएकाले आजको दिनदेखिलाई भीष्मपञ्चक पनि सुरु हुन्छ ।

देवताका पनि देवता विष्णु सर्वाधिक रुपले पुजनीय मानिनुहुन्छ । भगवान् विष्णुकै गणस्थलबाट पैदा भएकाले गण्डकी नाम रहन गएको पौराणिक मान्यता छ । दामोदर कुण्ड पनि कालीको शिर मानिएको छ । दामोदर पनि भगवान् विष्णुसँगको नामसँग सम्बन्धित रहेको छ । काठमाडौँ उपत्यकामा रहेका र बग्ने नदीमध्ये एकको नाम छ विष्णुमती । जसको उत्पति विष्णुपादुकाबाट भएको हो । विष्णुपादुका डाँडाको फेदमा रहेको बूढानीलकण्ठ विष्णु मूर्ति मान्यताको साथै कलात्मकताका दृष्टिले पनि सुप्रसिद्ध रहेको छ ।

भगवान् विष्णु पालनकर्ताका रुपमा स्थापित भई सबैलाई पालन गरेर रहने क्रममा जागा भई वैकुण्ठाधिपति भगवान वैकुण्ठ धाममा जानुभएको थियो । आजैका दिन विष्णु वैकुण्ठधाम जानुभएको पौारणिक मान्यता रहेको पण्डित बालमुकुन्दे देवकोटा बताउनुहुन्छ ।

हरिशयनी एकादशीका दिन क्षीर सागरमा सुत्नुभएका भगवान् विष्णुले त्यस अवधिमा कार्यभार भगवान् शिवलाई दिनुभएको थियो । आज त्यो कार्यभार भगवान् शिवले विष्णुलाई दिएर कैलाश जानुहुने विश्वास पनि गरिन्छ । यसैले आजको दिनलाई हरि र हर मिलनको उत्सवका रुपमा पनि मनाइन्छ ।