२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीपछि बेपत्ता भएका आफन्तको पर्खाइमा नेपालगञ्जका अनलाल चीन, रोमानिया र क्रोएसिया जोड्ने नयाँ सिधा हवाई मार्ग सञ्चालनमा सिरियामा बारुदी सुरुङको जोखिम कायमै, बालबालिका बढी प्रभावित थाइल्याण्डसँगको साझेदारीमा लगानी गर्न प्रधानमन्त्रीको आह्वान आज पाल्पामा ऐतिहासिक भगवती जात्रा निकालिँदै विनाश देखेकी विष्णुको अनुभूतिः त्यो दिन सामान लिन छात्रावासमा गएको भए… टर्कीको मुद्रास्फीतिमा सामान्य कमी, अगस्टमा ३१.५१ प्रतिशत कायम भोटेकोशी बाढीको कहर: ‘पर्खी बसे तिमीलाई फर्की आएनौँ’ होर्मुज जलसन्धिमा सेना परिचालन गर्ने विषयमा दक्षिण कोरियाद्वारा समीक्षा प्राकृतिक विपत्ति अकल्पनीय छ, राहत र पुनर्निर्माणलाई प्राथमिकता दिऔँः अध्यक्ष ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वप्रधानमन्त्री खानको डेढ घण्टा चल्यो शल्यक्रिया, हड्डी काटियो



अ+ अ-

एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको अवस्था अहिले स्थिर रहेको छ । उनको शल्यक्रिया डेढ घण्टा चलेको थियो ।

खुट्टामा अड्किएको गोलीका केही टुक्रा थिए, जसलाई निकालिएको छ । अस्पतालका चिकित्सक फैसल सुल्तानका अनुसार गोली लागेर उनको खुट्टाको ‘टिबिया’ दाहिने तर्फबाट काटिएको छ ।

अर्कोतर्फ, आक्रमणको विरोधमा देशभर विरोध प्रदर्शन भइरहेको छ। बिहीबार अबेर राति, पार्टी पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) का उग्र प्रदर्शनकारीहरू सडक जाम गरेर प्रदर्शन गरेका थिए । धेरै ठाउँमा आगजनी र नाराबाजी समेत भएको थियो । उनको पार्टीले आज पाकिस्तान बन्दको घोषणा गरेको छ ।

बिहीबार गुजरनवालामा लङ मार्चका क्रममा खानमाथि भएको आक्रमणमा सांसद फैसल जावेदसहित १३ जना घाइते भएका थिए । एक जनाको मृत्यु भएको छ । आक्रमणपछि इमरानले ‘अल्लाह’ले आफूलाई नयाँ जीवन दिएको बताएका छन् । ‘इन्शाअल्लाह हामी फेरि फर्कनेछौं र हाम्रो लडाई जारी राख्नेछौं।’ उनले भने ।

इमरानले अक्टोबर २८ मा शाहबाज शरीफ सरकारको राजीनामा र तत्काल आम निर्वाचनको माग गर्दै लङ मार्च सुरु गरेका थिए । यो लङ मार्चको शुरुवातदेखि नै विभिन्न कारणले महिला पत्रकारसहित तीन जनाको मृत्यु भइसकेको छ ।

मे महिनामा पनि इमरानले लङ मार्च निकालेका थिए र त्यस क्रममा चरम हिंसा भएको थियो । इमरान खानको पदयात्रा बिहीबार गुजरानवाला पुगेको थियो । यहाँ उनीहरु जुलुसमा थिए । उनीहरु केही नेताहरुलाई कन्टेनरको छतमा अभिवादन गर्दै अगाडि बढिरहेका थिए । त्यसपछि साँझ एक व्यक्तिले उनीमाथि गोली प्रहार गरे ।