१७ भाद्र २०८३, बुधबार
,
Latest
बर्दियाका १३५ जनाको उद्धार भोटेकाशी बाढीः दिवङ्गत प्रहरीको परिवारलाई १० लाख आर्थिक सहायता र ऋण मिनाहा भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा राज्य जिम्मेवार हुनुपर्छ : प्रदेश प्रमुख मियाँ न्युजिल्यान्डमा ब्याजदर वृद्धि, मुद्रास्फीति ४.१ प्रतिशत वैज्ञानिक अनुसन्धानको तथ्याङ्क खुला गर्न चीनको नयाँ पहल बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो भोटेकोशी विपद्पछि विश्व पर्यटन बजारमा नेपालको विश्वास पुनःस्थापित गर्न जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा एस तनहुँ सचिव श्रेष्ठको नेतृत्वमा ४६१ नेताकार्यकर्ता एमालेमा समाहित



अ+ अ-

तनहुँ । नेकपा (एकीकृत समाजवादी) तनहुँका सचिव दुर्गाकुमार श्रेष्ठको नेतृत्वमा क्षेत्र नं २ का चार सय ६१ जना नेताकार्यकर्ता नेकपा (एमाले)मा समाहित भएका छन् ।

बुधबार दुलेगौंडामा आयोजित एक कार्यक्रममा श्रेष्ठको नेतृत्वमा १७ जना जिल्ला कमिटी सदस्य, युवा संघका गण्डकी प्रदेश अध्यक्ष कमल गैह्रे, शुक्लागण्डकी नगरकमिटी, युवा संघ तनहुँको कमिटी एमालेमा समाहित भएका हुन् ।

नेकपा एकीकृत समाजवादीका सचिवालय सदस्य रामबहादुर थापा क्षेत्री, सन्तोष वाग्ले, दिलबहादुर थापा, रिता भुजेल, सूर्यप्रकाश तिमिल्सिना, नारायणदत्त वाग्ले लगायत शुक्लागण्डकी नगर कमिटीसहित ४६१ जना एमालेमा समाहित भएको घोषणा गरिएको छ ।

एमालेमा फर्किएका नेताकार्यकर्तालाई एमाले स्थायी कमिटी सदस्य एवं तनहुँ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा उम्मेदवार किरण गुरुङ, पोलिटब्युरो सदस्य टुकराज सिग्देल, एमाले तनहुँ अध्यक्ष श्रीप्रसाद श्रेष्ठ लगायतले स्वागत गरे ।