२९ भाद्र २०८३, सोमबार
,
Latest
संसदीय दलका नेता आङदेम्बेद्वारा हरितालिकाको शुभकामना प्रधानमन्त्री शाहद्वारा हरितालिका (तीज) को शुभकामना भोटेकोशी बाढीबाट कृषि क्षेत्रमा रु एक अर्बभन्दा बढीको क्षति नापजाँच सकिएको ११ वर्षपछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल सुनको मूल्य तोलामा १ हजार २०० रुपैयाँले घट्यो हरेक सेकेन्ड बाँच्नका लागि गरिएका असम्भव सङ्घर्षः प्राविधिक साह तीज नारी सम्मान, समानता र सामाजिक रुपान्तरणको द्योतकः मुख्यमन्त्री आचार्य आँखा उपचारमा सञ्जाल विस्तार गर्दै भरतपुर आँखा अस्पताल एसियन प्रोफेसनल एचिभमेन्ट अवार्डमा विभिन्न क्षेत्रका व्यक्तित्व सम्मानित
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्सेमा झिनो सुधार



अ+ अ-

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले मात्रै सुधार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ०.६६ बिन्दुले बढेर तीन हजार १०८.१२ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.७८ ले वृद्धि भई ५७८.०९ मा पुगेको छ ।
 
कूल २२७ कम्पनीको दुई करोड ६९ लाख ९६ हजार ३१३ कित्ता शेयर रु १४ अर्ब ३० करोड ८१ लाख ३६ हजार ८८७ मूल्यमा खरिद बिक्री भए । साताको पहिलो दिनको कारोबारपछि बजार पूँजीकरण रु १४ अर्ब ३० करोड ८१ लाख ३६ हजार ८८७ बराबर पुगेको छ ।
 
कारोबार भएका कूल १३ उपसमूहमध्ये आज छ उपसमूहको शेयर उकालो लागेको  छ भने सात उपसमूहको शेयर ओरालो लागेको छ । बैंकिङ ०.०८, विकास बैंक ६६.३७, जलविद्युत् ११५.०५, वित्त २१.८९, उत्पादन २.८४ र सामूहिक लगानी कोष ०.०२ बिन्दुले उकालो लागेको छ । यस्तै, व्यापार ४०.३८, होटल तथा पर्यटन ३९.९१, निर्जीवन बीमा २०२.७९, अन्य २०.५३, लघुवित्त ७४.०९, जीवन बीमा १०१.५४ र लगानी ०.०४ बिन्दुले घटेको छ ।
 
कारोबारका आधारमा आज अपि पावर कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ८१ करोड ९२ लाख २४ हजार ५६० बराबरको कारोबार भयो । यस्तै, अरुण भ्याली हाइड्रोपावर रु ६० करोड ७१ लाख छ हजार ४९३, युनिभर्सल पावर रु ५४ करोड ८१ लाख दुई हजार ५६७, ङादी ग्रुप अफ पावर रु ४९ करोड ४७ लाख आठ हजार १४४ र बुटवल पावर कम्पनी रु ३८ करोड ४९ लाख ८९ हजार ५६ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।
 
कर्पोरेट डेभलपमेण्ट बैंक, अपि पावर कम्पनी, युनिभर्सल पावर कम्पनी, जीवन विकास लघुवित्त यूनियन लाइफ इन्स्योरेन्सको शेयरमा १० प्रतिशतको वृद्धि भई सकारात्मक सर्किट लाग्यो । यस्तै, एनआइसि एशिया ऋणपत्र ७.३७, गुराँस लघुवित्त ४.०८, जनउत्थान सामुदायिक लघुवित्त ३.७७, सबैको लघुवित्त ३.३५ र महिला लघुवित्तका लगानीकर्ताले ३.१८ प्रतिशतले गुमाए ।