१४ मंसिर २०८१, शुक्रबार
,
Latest
प्रधानमन्त्रीको चीन भ्रमणः बिआरआइमा नयाँ फ्रेमवर्क, झापा र डडेल्धुरालाई एक एक उपहार एनपीएलको तयारी पूरा : क्यान , उद्घाटन खेल जनकपुर बोट्ल्सले विराटनगर किङ्सको सामना गर्ने स्वास्थ्यमन्त्री पौडेलले सोल्टी होटल पुगेर भेटे पोखराका खेलाडीलाई परराष्ट्रमन्त्री राणा र चिनियाँ समकक्षी वाङ यी बिच भेटवार्ता मतगणनाको अद्यावधिक परिणाम आयोगको बेवसाइटमा हेर्न सकिने कर्णाली याक्सबाट खेल्न शिखर धवन नेपाल आइपुगे रेखाकुमारी मण्डलको हत्यामा संलग्न रहेको आशंकामा तीन पक्राउ जनकपुर बोल्ट्सको डेकोर पार्टनरमा नेपोभिट टायल्स ‘सामाजिक सञ्जालमार्फत शान्ति सुव्यवस्था खलल पुर्‍याउनेलाई कारबाही’ काभा पुरुष भलिबल क्लब च्याम्पियनसिपमा पाँच टोली
तपाईं के खोज्दै हुनुहुन्छ ?

फोहोरको थुप्रोभित्र ८९ थान सुनका गहना फेला



सांकेतिक तस्बिर
अ+ अ-

ताप्लेजुङ । ताप्लेजुङमा फोहोरको थुप्रोभित्र लुकाएको अवस्थामा ८९ थान सुनका गहना प्रहरीले फेला पारेका छन् । जङ्गलमा फालिएको फोहोर थुप्रोभित्र बोरामा प्याक गरी लुकाइएको अवस्थामा सुक्रबार प्रहरीले फेला पारेको हो ।

गत असोज १७ गते ताप्लेजुङको फुङलिङस्थित कञ्चन मनी ट्रान्सफरमा भएको लुटपाटपछि हराइरहेको सुनका गरगहनामध्ये थप ८९ थान सुनका गहना फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । सुनका गहना फुङलिङ–४ स्थित एक झाडी जङ्गलमा फोहोर थुप्रोभित्र बोरामा प्याक गरी लुकाइएको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख (डिएसपी) कैलाश राईले बताउनुभयो ।

फेला परेको सुनको परिणाम निकाल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । यसअघि चार लुटेरा प्रहरीले नियन्त्रणमा लिँदा लुटेराका साथबाट १४३ तोला सुनका गरहगना र नगद रु छ लाख १३ हजार तीन सय ४० प्रहरीले बरामद गरिएको थियो । कञ्चन मनी ट्रान्सर्फर सञ्चालक अम्बरकुमार श्रेष्ठले तीन सय ४८ तोला सुन र रु नगद ११ लाख ६३ हजार दुई सय ५० लुटपाट भएको जाहेरी प्रहरीलाई दिएका छन् ।