५ पुष २०८२, शनिबार
,
Latest
अनि रविका आँखा रसाए… मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान
तपाईं के खोज्दै हुनुहुन्छ ?

अष्ट्रेलियामाथि भारतको रोमाञ्चक जित



अ+ अ-

एजेन्सी । आइसिसी टि-२० विश्वकप खेल्नुअघि वार्मअप खेलमा भारतले घरेलु टोली अष्ट्रेलियामाथि ६ रनको रोमाञ्चक जित निकालेको छ ।

जितको लागि १ सय ८७ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलिया २० ओभरमा १ सय ८० रनमा अल आउट हुन पुग्यो ।

अन्तिम ओभरमा अष्ट्रेलियालाई जितका लागि ११ रन चाहिएको थियो तर मोहम्मद शामीले ३ विकेट लिएर भारतलाई जित दिलाए। उनले रनआउट पनि गरे । उनलाई एक ओभर गर्नका लागि डगआउटबाट बोलाइएको थियो ।

अस्ट्रेलियाका कप्तान आरोन फिन्चले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका थिए । टिम इन्डियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८६ रन बनाएको थियो । भारतका लागि केएल राहुलले सर्वाधिक रन बनाए । उनले ३३ बलमा ५७ रनको पारी खेले । सोही क्रममा सूर्यकुमार यादवले ३३ बलमा ५१ रनको इनिङ खेले । अष्ट्रेलियाका लागि केन रिचर्डसनले ४ विकेट लिए ।

मोहम्मद शामी आजको खेल खेलिरहेका थिएनन् तर रोहित शर्माले उनलाई अन्तिम ओभरमा बलिङ गर्न बोलाए । अभ्यास खेलमा १५ सदस्यीय टोलीबाट खेलाडीलाई मैदानमा उतार्न सकिने प्रावधान छ ।