९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar रोशी खोलाको अस्थायी डाइभर्सन बाढीले बगाएपछि बीपी राजमार्ग अवरुद्ध News Polar सुनचाँदीको मूल्य घट्यो News Polar काठमाडौं उपत्यकासहित देशभर अविरल वर्षाः तटीय क्षेत्रमा उच्च शतर्कता (तस्बिरसहित) News Polar मनसुनजन्य विपद्: अझै तर्सिरहन्छ टीकाभैरव News Polar नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध News Polar विश्व फार्मासिस्ट दिवस : स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाउन जोड News Polar उच्च सतर्कता अपनाउन मुख्यमन्त्री थापाको अपिल News Polar कुलेखानी ड्याममा पानी बढे साइरन बजाएर पूर्वसूचना दिइने News Polar वर्षाका कारण फोहर व्यवस्थापन प्रभावित हुन सक्ने, घरमै राख्न महानगरको आग्रह News Polar कृष्णभीरमा वैकल्पिक सडकमाथि थपियो जोखिमः त्रिशूलीको कटानले नयाँ ट्रयाक पनि संकटमा News Polar विपद् प्रतिकार्यका लागि उच्च सतर्कता अपनाउन लुम्बिनी प्रदेश सरकारकाे आग्रह News Polar काठमाडौँ तथा भरतपुर जाने खण्डमा पहिरोः यातायात प्रभावित News Polar भोटेकोशी बाढी विश्वकै लागि पनि चेतावनी होः प्रधानमन्त्री News Polar बेनी–जोमसोम–कोरला सडकमा राति गाडी चलाउन नपाइने News Polar मकवानपुरको सिमातखोलाले बगाउँदा स्याङ्तानको मृत्यु News Polar महिला कबड्डीमा नेपाललाई कम्तीमा कांस्य पदक पक्का News Polar बालेनको राष्ट्रसंघ सम्बोधनको अन्तरवस्तु र प्रस्तुती सही छ : बाबुराम भट्टराई News Polar ‘राष्ट्रसंघमा जलवायु न्यायको मुद्दा उठाउनु सकारात्मक, अब देशभित्र गृहकार्य आवश्यक’ News Polar बालेनको राष्ट्रसंघ सम्बोधनबारे बाँस्कोटा : ‘देशको भावना बोले’ News Polar यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल

बागलुङ र गलकोट बालमैत्री नगर बन्दै

बागलुङ र गलकोट बालमैत्री नगर बन्दै
बागलुङ बजार
अ अ+ अ-

ढोरपाटन । बागलुङका दुई नगरपालिका बालमैत्री नगर बनाउने अभियानमा जुटेका छन् । बागलुङ नगरपालिका र गलकोट नगरपालिकाले जिल्लामा सबैभन्दा पहिले बालमैत्री पालिका बनाउन थालेका हुन् । गलकोट नगरपालिकाले गत वर्षदेखि अभियान सुरु गरेको थियो भने बागलुङ नगरपालिकाले चालू आर्थिक वर्षदेखि सुरु गरेको छ ।

नगरलाई बालमैत्री बनाउन विद्यालय तहबाटै अभियान सुरु गरेको बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाले बताउनुभयो । उहाँले विद्यालय र स्वास्थ्य संस्थादेखि नै अभियान सुरु गरेको भन्दै स्थानीय शासन तथा बालमैत्री नगर बन्न आवश्यक ५१ सूचकमध्ये १२ वटा शिक्षा र १३ वटा स्वास्थ्य सूचकका लागि विद्यालय र स्वास्थ्यचौकी तहबाट काम थालिएको बताउनुभयो ।

समुदायमा पूरा गर्ने सूचकका लागि विभिन्न कार्यक्रम भइरहेको सापकोटाको भनाइ छ । उहाँ भन्नुहुन्छ, “बालमैत्री नगर निर्माणका लागि हाम्रो अभियान तीव्ररुपमा सचालन भइरहेको छ, बालमैत्री नगर बन्न आवश्यक ५१ सूचकमध्ये १२ शिक्षा र १३ स्वास्थ्य सूचकका लागि विद्यालय र स्वास्थ्यचौकी तहबाट हामीले काम सुरु गरेका छौँ ।”

नगरप्रमुख वसन्तकुमार श्रेष्ठ निर्वाचित भएर आएपछि कार्यभार सम्हाल्दा नै बागलुङ नगरपालिकालाई बालमैत्री नगर बनाउने उद्घोष गर्नुभएको थियो । श्रेष्ठले बागलुङ नगरपालिकाभित्र विद्यालय धेरै भएको हुँदा विद्यालय तहबाटै यो अभियान सफल हुने बताउनुहुन्छ । अभियान तीव्ररुपमा चलिरहेको हुँदा एक वर्षभित्रै बालमैत्री नगर घोषणा गर्न सकिने उहाँको भनाइ छ ।

“बालमैत्री नगर बनाउन चाहिने सूचकमध्ये केही हामीले पूरा गरिसकेका छौँ भने केही पूरा गर्ने तयारीमा छौँ, हाम्रा अभियान तीव्ररुपमा छ, यहाँ विद्यालय धेरै भएको हुँदा विद्यालयस्तरबाटै अभियान सुरु गरेका छौँ”, नगर प्रमुख श्रेष्ठले भन्नुभयो, “आगामी वर्षसम्म नगरलाई बालमैत्री नगर घोषणा गर्ने गरी काम भएको छ ।” बागलुङ नगरपालिकाभित्र ८८ सामुदायिक र १५ निजी गरी एक सय तीन विद्यालय छन् ।

गलकोट नगरपालिकाले पनि अभियानलाई तीव्र पारेको नगर प्रमुख भरत शर्मा गैरेले जानकारी दिनुभयो । उहाँले आवश्यक केही पूर्वाधार र समुदायस्तरबाट पूरा गर्ने सूचक मात्रै बाँकी बताउनुभयो । नगर प्रमुख गैरे भन्नुहुन्छ, “यो अभियान गत वर्षदेख सुरु गरेका हौँ, धेरै काम भएका छन्, अब केही काम बाँकी छन्, त्यो पनि चाँडै सक्नेछौँ र मङ्सिरसम्ममा बालमैत्री नगर घोषणा गर्छौं ।”

विद्यालयमा पुस्तकालय, खेलमैदान, शौचालय, धारालगायतका आवश्यक पूर्वाधार बालबालिकाको पहुँच पुग्नेगरी निर्माण भएको गलकोट नगरपालिकाका प्रवक्ता तथा वडा नं २ का अध्यक्ष र भण्डारीले बताउनुभयो ।

उहाँले विद्यालयको अचल सम्पत्ति संरक्षण गर्ने, अनिवार्य सूचना अधिकारी तोक्ने, प्रअको स्वीकृतिविना शिक्षक बाहिर नजाने, बालबालिकाको स्वास्थ्य, पूर्ण खोप, सरसफाइ र शुद्ध खानेपानीको व्यवस्थापनमा विद्यालय तहमै व्यवस्था गर्ने काम भइरहेको बताउनुभयो ।

यहाँका कही विद्यालयमा छात्रा महिनावारी हुँदा नुहाउने, कपडा फेर्ने र पर्याप्त सेनिटरी प्याड लगाउन पाउने गरी पूर्वाधार निर्माण भएर प्रयोगमा आइसकेको भण्डारीको भनाइ छ । उहाँका अनुसार गलकोट बालमैत्री नगर घोषणा गर्न थोरै काम मात्रै बाँकी छ । भण्डारी भन्नुहुन्छ, “बालमैत्री नगर बनाउने हाम्रो अभियान अन्तिम चरणमा पुगेको छ, असोज मसान्तमै गर्ने भन्ने थियो चुनावले गर्दा गर्न सकिएन, चुनावपछि गलकोटलाई बालमैत्री नगर घोषणा गछौँ ।”