२९ भाद्र २०८३, सोमबार
,
Latest
कन्काइ पुल अलपत्र पार्नेलाई जरिवाना देउवा पक्षद्वारा संस्थापनको महाधिवेशनसम्बन्धी निर्णय अस्वीकार नेवार समुदायमा चथा पर्व मनाइँदै ट्रम्प प्रशासनद्वारा विद्युत् केन्द्रका कार्बन उत्सर्जन सीमा खारेज गर्ने तयारी उत्तर कोरियाद्वारा सैन्य शक्ति प्रदर्शनको दाबी बाढीपीडितलाई सहयोग गर्ने सन्देशसहित सांस्कृतिक कार्यक्रम भानुआटुमा डुङ्गा दुर्घटनामा ३० भन्दा बढी बेपत्ता संगीत रत्न शम्भुजीत बासकोटा ‘एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड–२०२६’बाट सम्मानित भक्तपुरमा केदारनाथ मन्दिर खुलाः साँझ महाआरती गरिँदै संक्रामक पशुरोग नियन्त्रणका लागि नयाँ कोष बनाउने सरकारको नीति छैन : कृषिमन्त्री चौधरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोरङ ३: गठबन्धनको तर्फबाट उम्मेदवार डा. शर्मा सहितलाई जिताउन सयुक्त आब्हान



अ+ अ-

मोरङ । मोरङ क्षेत्र नं. ३ मा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार डा. सुनील शर्मालाई जिताउनका लागि संयुक्त विज्ञप्ति जारी गरिएको छ ।

संयुक्त लोकतान्त्रिक बाम गठबन्धनले एक विज्ञप्ति जारी गर्दै गठबन्धनका उम्मेदवार डा। शर्मासहितका उम्मेदवारलाई जिताउन संयुक्त विज्ञप्ति जारी गरेर अपिल गरिएको हो ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा डा. शर्माले प्रतिनिधिसभामा कांग्रेसबाट उम्मेदवार छन् ।

नेपाली कांग्रेसका क्षेत्रीय सभापति गणेशकुमार खड्का, नेकपा माओबादी केन्द्रका क्षेत्रीय संयोजक खेमराज भट्टराई ९दीपक० र नेकपा एकीकृत समाजवादीका केन्द्रीय परिषद् सदस्य चण्डीप्रसाद राईले संयुक्त विज्ञप्ति जारी गर्दै गठबन्धनका उम्मेदवारलाई जिताउन कार्यकर्ता सहित आम नागरिकमा अपिल गरेका हुन ।

जसका लागि नेकपा एकीकृत समाजवादीका केन्द्रीय पोलिटब्यूरो सदस्य हर्कमान तामाङको संयोजकत्वमा ११ सदस्यीय उच्चस्तरीय राजनीतिक संयन्त्र तथा अनुगमन समिति गठन गरिएको छ ।

‘संयुक्त लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारहरूलाई विजयी गराउनका निम्ति नेपाली कांग्रेस, नेकपा माओबादी केन्द्र र नेकपा एकीकृत समाजवादीका विभिन्न शीर्ष नेताहरूबीच आ–आफ्नो पक्षहरूबीच व्यापक जनपरिचालन गर्नेछौँ,’ विज्ञप्तिमा भनिएको छ ।