२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मकवानपुर-२ मा विरोध खतिवडा



अ+ अ-

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य एवं पूर्वस्वास्थ्यमन्त्री विरोध खतिवडा मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्ने भएका छन् ।

सत्तारूढ गठबन्धनको एक घटक नेकपा एकीकृत समाजवादीले पाएको मकवानपुर क्षेत्र नम्बर २ को उम्मेदवारमा खतिवडाको नाम टुंगो लगाएको हो । यस क्षेत्रमा खतिवडाको नाम सुरुवातदेखि नै चर्चामा थियो ।

मकवानपुरबाट यसअघि चारपटक ०४८, ०५१, ०५६ र ०७४ मा प्रतिनिधिसभा सदस्य निर्वाचित भएका खतिवडा ०७४ मा यसै क्षेत्रबाट निर्वाचित भएका थिए ।