५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री हुन्छु भन्नेहरुमा काठमाण्डौ उपत्यकाबाट चुनाव लड्ने हिम्मत छ ?



अ+ अ-

प्रधानमन्त्री हुन्छु भन्ने राजनीतिकर्मीहरु धेरै जनाको नाम आइरहेको छ । चाकडीवाजहरुले एउटै व्यक्तिलाई महान देखाउन धेरै ठाउँबाट सांसदको उम्मेद्वारमा नाम सिफारिश गर्ने नाटकहरु पनि गरिरहेका छन् जवकि कानुन अनुसार एक व्यक्तिले एक निर्वाचन क्षेत्रबाट मात्र उम्मेद्वार हुन पाउँछ ।

पार्टी पद्धतिमा जुन पार्टीले बहुमत ल्याउँछ त्यस पार्टीको संसदीय दलको नेता प्रधानमन्त्री हुन्छ ।बहुमत नल्याएमा प्रतिनिधिसभामा बहुमतको समर्थन जसले पाउँछ उ प्रधानमन्त्री बन्ने हो ।

काठमाण्डौ उपत्यकाका तीनै जिल्लामा देशका सबै जिल्लाबाट आई बसोबास गर्ने मतदाता छन् ।देशको संघीय राजधानी रहेको यस उपत्यकामा राजनीतिक रुपमा सचेत र परिवर्तनकारी सोच भएका मतदाता रहेको मानिन्छ ।

आफु प्रधानमन्त्री भएमा यसो गर्छु र उसो गर्छु भन्ने सबै नेताहरु यही उपत्यकामा बसोबास गर्नुहुन्छ (मतदाता नामावली भने सबैको यहाँ छैन) ।
प्रधानमन्त्रीको आकांक्षी मध्ये नेपाली कांग्रेसका प्रकाश मान सिंह र गगन थापा यहींका उम्मेद्वार हुनुहुन्छ ।

गगन थापा आफ्नो निर्वाचन क्षेत्रमा जित्न सक्ने उम्मेद्वारको रुपमा मानिनु हुन्छ ।अन्य राजनीतिकर्मीहरु, जो आफुलाई प्रधानमन्त्रीका उत्कृष्ट आकांक्षी मान्नु हुन्छ, उहाँहरु सबै उपत्यकाबाट कुनै गठबन्धन वा तालमेल विना उम्मेद्वार भएर चुनावमा भाग लिन आँट गर्नु होला ?

सबै जिल्लाका नागरिकको प्रतनिधित्व हुने मतदाताले चुनेको व्यक्ति प्रधानमन्त्री भएमा बढी स्वीकार्य पनि मानिन्थ्यो ।के नेताज्यूहरुले हिम्मत गर्नु होला ?
मेरो निष्कर्ष – हालसम्म प्रधानमन्त्री भइसकेका ६ जना‚ उपप्रधानमन्त्री भइसकेका ४ जना र एक महिला जो आफुलाई प्रभावशाली मान्नुहुन्छ‚ उहाँसमेत एघारै जनाले गठबन्धन वा तालमेल नै गरेपनि काठमाण्डौबाट चुनाव जित्न सक्नु हुन्न ।

पूर्व सचिव शारदाप्रसाद त्रितालको फेसबुकबाट