११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने

केयुकेलका सिईओको कार्यकक्षमा तालाबन्दी, मागियो राजीनामा

केयुकेलका सिईओको कार्यकक्षमा तालाबन्दी, मागियो राजीनामा
अ अ+ अ-

काठमाडौँ । काठमाडौँ खानेपानी लिमिटेड (केयुकेएल) का प्रमुख कार्यकारी अधिकृत (सिईओ) मिलनकुमार शाक्यको राजीनामा माग्दै उनको कार्यकक्षमा तालाबन्दी गरिएको छ ।

सिईओ शाक्यको कार्यसम्पादन कमजोर भएको भन्दै काठमाडौँ उपत्यका खानेपानी लिमिटेड स्वतन्त्र कर्मचारी संघ र काठमाडौँ उपत्यका खानेपानी लिमिटेड लोकतान्त्रिक कर्मचारी संघले सिईओको कार्यकक्षमा तालाबन्दी गरेका हुन् । उनीहरुले सिईओ शाक्यको राजीनामासमेत माग गरेका छन् ।

यद्यपि अन्य कर्मचारी संगठनले तालाबन्दीप्रति असहमति प्रकट गरेका छन् । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड कर्मचारी संगठनले एक विज्ञप्ति जारी गरी परिस्थितिको गम्भीरतालाई खानेपानी जस्तो अत्यावश्यकीय सेवा प्रवाह गरिरहेको कम्पनीको प्रमुख कार्यकारी अधिकृतको कार्यकक्षमा भएको तालाबन्दीप्रति असहमति जनाएको हो ।

संगठनले तत्काल ताला खोलेर वार्ता संवादको विधि र प्रक्रिायबाट समस्याको समधान खोज्न माग गरेको छ । सरकार र राजनीतिक दलहरु आमनिर्वाचनको पूर्वतयारीमा होमिएको र दशैँ नजिकै आएको अवस्थामा खानेपानी उत्पादन, प्रशोधन र वितरण गर्नु सबै ट्रेड युनियनकर्मी र कर्मचारीको कर्तव्य र जिम्मेवारी भएको संगठनको भनाइ छ ।

उसले नेपाल सरकारले अत्यावश्यकीय वस्तु र सेवामा बन्द, हड्ताल, तालाबन्दी गर्न नपाउने भनी जारी गरेको आदेशपालना गर्दै आम उपभोक्ता वर्गलाई निर्वाधरुपमा खानेपानी सेवा प्रवाह गर्नु कम्पनीको घोषित लक्ष्य र उद्देश्य भएको स्मरण गराएको छ ।

मेलम्ची आयोजनाबाट दिगोरुपमा खानेपानी आपूर्ति हुन समय लाग्ने अवस्था देखिएको, २०७० सालदेखि खानेपानीको महसुल वृद्धि नभएको र तत्काल मूल्य समायोजन हुने अवस्था नरहेको, नेपाल सरकारले आव २०७९ साल साउन महिनादेखि वृद्धि गरेको कर्मचारीको तलब स्केलले थप दायित्व सिर्जना भएको र सरकारबाट सञ्चालन अनुदान प्राप्त नभएको अवस्था सबैमा अवगत नै छ भन्दै संगठनले भनेको छ, “आगामी दिनमा कम्पनीले आर्थिक संकटको कारणले खानेपानी सेवा प्रवाह सहजरुपमा गर्न नसक्ने जटिल अवस्था आउने देखिन्छ ।

भविष्यमा आउने विषम परिस्थितिको आकलन गर्दै काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको प्रशासनिक, आर्थिक, प्राविधिक र व्यवस्थापकीय क्षेत्रमा आमूल सुधारका लागि अधिकतम प्रयास गर्ने वा संरचनागत परिवर्तनका लागि काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डबाटै उपत्यकाको समग्र खानेपानी तथा सरसफाई व्यवस्थापन गर्ने विकल्प रोज्ने ?”