२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राज्यमन्त्री पूर्णबहादुर तामाङले सोधे सचिव सुरेश आचार्यलाई २४ घण्टे स्पष्टीकरण



अ+ अ-

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयमा फेरि अर्को किचलो निम्तिएको छ । ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङले आफूमाथि सचिव सुरेश आचार्यले अपहलेना गरेको आरोप लगाएका छन् ।

राज्यमन्त्री तामाङले सचिव आचार्यलाई २४ घण्टे स्पष्टीकरण सोधेका छन् । आफू मातहतको विभागले गरेको कार्यक्रममा पदीय आचरण विपरीतको कार्य गरेको भन्दै राज्यमन्त्री तामाङले सचिव आचार्यलाई स्पष्टीकरण सोधेका हुन् ।

घटना भने यही चैत २५ गतेको हो । जलस्रोत तथा सिंचाइ विभागले गरेको सिँचाइ दिवस एवं ७२ औं वार्षिकोत्सव कार्यक्रममा भएका सामान्य घटनालाई लिएर राज्यमन्त्री र सचिवबीच दुरी बढेको हो । त्यस दिनको कार्यक्रममा मन्त्री दीपक खड्का अनुपस्थित भएकाले राज्यमन्त्री तामाङ प्रमुख अतिथिको रुपमा गएका थिए ।

तर कार्यक्रम सञ्चालकले आसनग्रहणको क्रममा बोलाउँदा सचिव आचार्य मञ्चमा सहभागी नभई बाहिरिएका थिए । विभागका महानिर्देशक सन्जिब बरालले पनि आसनग्रहणका लागि आग्रह गर्दा पनि सचिव आचार्यले मानेनन् ।

त्यसपछि राज्यमन्त्री तामाङले सचिवले आफ्नो अपहेलना गरेको र पदीय आचरण विपरीतको काम गरेको ठहरसहित स्पष्टीकरण सोधेका हुन् ।

राज्यमन्त्री तामाङले स्पष्टीकरण पत्रमा सोधेका छन्, ‘तपाईंले के कसको प्रभाव वा पूर्वाग्रही भावनाले विभागीय मन्त्रीको अपहेलना गर्ने उद्देश्यले कार्यक्रम बहिस्कार गर्नु भएको हो ?’