१० बैशाख २०८२, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राज्यमन्त्री पूर्णबहादुर तामाङले सोधे सचिव सुरेश आचार्यलाई २४ घण्टे स्पष्टीकरण



अ+ अ-

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयमा फेरि अर्को किचलो निम्तिएको छ । ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङले आफूमाथि सचिव सुरेश आचार्यले अपहलेना गरेको आरोप लगाएका छन् ।

राज्यमन्त्री तामाङले सचिव आचार्यलाई २४ घण्टे स्पष्टीकरण सोधेका छन् । आफू मातहतको विभागले गरेको कार्यक्रममा पदीय आचरण विपरीतको कार्य गरेको भन्दै राज्यमन्त्री तामाङले सचिव आचार्यलाई स्पष्टीकरण सोधेका हुन् ।

घटना भने यही चैत २५ गतेको हो । जलस्रोत तथा सिंचाइ विभागले गरेको सिँचाइ दिवस एवं ७२ औं वार्षिकोत्सव कार्यक्रममा भएका सामान्य घटनालाई लिएर राज्यमन्त्री र सचिवबीच दुरी बढेको हो । त्यस दिनको कार्यक्रममा मन्त्री दीपक खड्का अनुपस्थित भएकाले राज्यमन्त्री तामाङ प्रमुख अतिथिको रुपमा गएका थिए ।

तर कार्यक्रम सञ्चालकले आसनग्रहणको क्रममा बोलाउँदा सचिव आचार्य मञ्चमा सहभागी नभई बाहिरिएका थिए । विभागका महानिर्देशक सन्जिब बरालले पनि आसनग्रहणका लागि आग्रह गर्दा पनि सचिव आचार्यले मानेनन् ।

त्यसपछि राज्यमन्त्री तामाङले सचिवले आफ्नो अपहेलना गरेको र पदीय आचरण विपरीतको काम गरेको ठहरसहित स्पष्टीकरण सोधेका हुन् ।

राज्यमन्त्री तामाङले स्पष्टीकरण पत्रमा सोधेका छन्, ‘तपाईंले के कसको प्रभाव वा पूर्वाग्रही भावनाले विभागीय मन्त्रीको अपहेलना गर्ने उद्देश्यले कार्यक्रम बहिस्कार गर्नु भएको हो ?’